© २०२३
मुलुकमा सबैभन्दा ठूलो राजनैतिक पार्टीका रूपमा नेपाली कांग्रेस नै छ । हुनपनि यो दलको स्थापना पुरानै छ । २००७ सालमा राणा शासनको अन्त्य पहिले नै यो दल जन्मीसकेको थियो । यसको इतिहास खोतल्दा राणा शासनको अन्त्यको लागि बलियो जत्था गठन गर्न भारतमा नेपाली कांग्रेसको २००३ सालमा जन्म भएको उल्लेख छ । निरंकुशवाद, तानाशाह राणाशासन हटाउनका निम्ति जतिसुकै राणा बिरोधी आन्दोलन गरेपनि सफल हुन नसकेपछि बलियो जत्था खडा गर्न यो पाटी गठन भएको थाहा पाउन सकिन्छ । राणा शासनको बिरुद्धमा उत्रिएका नेताहरूलाई देश निकाला गरेपछि भारतमा शरण लिन पुगेका वीपी कोइरालाको पहलमा यो पाटीको जन्म भएको इतिहास बताउँंछ । राणा बिरोधी आन्दोलनका क्रममा लखेटिएर छिमेकी देश भारतमा शरण लिन पुगेका कृष्णप्रसाद भट्टराई वीपी कोईराला, गणेशमान सिंह लगायतका नेताहरू एकजुट भै नेपालको राणा शासन अन्त्यका निम्ति बलियो जत्था निर्माण गर्न पाटी दर्ता गरेका थिए । भारतमा शरण लिन पुगेका यी नेताहरू महात्मा गान्धी, जवाहरलाल नेहरू लगायत भारतीय नेताहरूलाई अंग्रेज धपाउ आन्दोलनमा साथ दिंदै नेपालको राणा शासन हटाउनका निम्ति भारतमा शिक्षा लिन पुगेका नेपालीहरू जम्मा पारी २००३ सालमा पटनामा एउटा पार्टीको जन्म गराए ।
सर्चलाइट पत्रिकाको सम्पादकीयमा पाटी दर्ता गर्न लागेकौ सूचना वीपीले पठाउनु भएको थियो । पत्रिकामा सूचना गरे लगत्तै देवीप्रसाद सापकोटाको अध्यक्षतामा अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस पाटी भनेर तदर्थ समिति गठन भयो । केही नेताहरूलाई विधान तयार गर्न लगाई कृष्णप्रसाद भट्टराई र उनका दाई गोपालचन्द्र भट्टराई २००३ साल माघ १२ र १३ मा पहिलोपटक यो पार्टीको अधिवेशन कलकत्ताको भवानीपुरस्थित थास्सा स्कुलमा भएको नेपाली कांग्रेसको इतिहासमा पढ्न सकिन्छ । जेहोस नेपाली कांग्रेस इतिहास बोकेको पाटी हो भनेर सबैले चिन्ने नै गर्छन । यो पार्टीका संस्थापक नेताहरू वीपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, सुवर्ण समशेर लगायत त्यागी र असल नेतामै पर्छन । कृष्णप्रसाद भट्टराई जसले बैवाहिक जीवनमै रहेनन र लोभीपापी पनि भएनन् । मन्त्रालयको क्वाटरबाट डेरामा सर्दा एउटा सुरही र लौरो लिएर निस्केका सादगी नेताका रूपमा नैपाली जनताले उनलाई चिने । गणेशमान सिंह जसले प्रधानमन्त्री दिंदा पनि पदमा बसेनन । लौह पुरुष भनेर उनको नामाकरण गरियो । सधै उनी फलाम जस्तै खम्बाको रूपमा पार्टीप्रति बफादार रहे ।
मातृका कोइराला, सुवर्ण सम्शेर लगायतका नेताहरूलाई इतिहासलै कहिले बिर्सिनै छैन । नेपाली कांग्रेसले १४ औं महाधिवेशन गरिसकेको छ । प्रभासमा देवीप्रसाद सापकोटाबाट जग थापेको यो पाटीले मातृका कोइराला, वीपी कोइराला, गिरिजा प्रसाद कोइराला, शेरबहादुर देउवा लगायतले यो पार्टीको अध्यक्ष बनेर पाटी हाकिँसकेका छन् । बिधानमा उल्लेख भए अनुसार दोस्रो कार्यकाल खाइसकेका देउवा यो पटक अध्यक्षबाट बिदा हँुदैछन् । अबको बिरासत कसले लिने यतिखेर चर्चाको बिषय बनिरहेको छ । हुन तः नेपाली कांग्रेस पाटीलाई बुढाहरूको पार्टी भन्ने गरिन्छ । कारण बुढाहरू कांग्रेसमा, छोराछोरी नयाँ नयाँ पार्टीमा यसैले पनि बुढाहरूको पाटी भन्ने गरिएको हो जस्तो लाग्छ । समयमा अधिवेशन नहुने केन्द्रदेखि जिल्ला जिल्लामा नेतृत्व लिएकाले दोस्रोलाई दिन नखोज्ने जसका कारण पनि नेतृत्वको खोजीमा युवाहरू अन्यत्र लागेका हुन भन्न सकिन्छ । नेपाली कांग्रेस पाटी सांँच्चीकै प्रजातान्त्रिक पार्टी हो भन्न सकिन्छ । यो पार्टीमा जहाँं बसेर पनि आफ्ना नेतालाई गाली गर्न सकिन्छ ।
बाटो गल्ली चौक होटल जुन ठाउँं पनि चित्त नबुझेका कार्यकर्ता गाली गरेर कुर्लीरहेका हुन्छन र पनि आत्मालोचना वा पार्टीले कारवाही गर्ने भन्ने केही हुँदैन । यसैले त संगठन नै नगरीपनि चुनावमा बाजी मारीरहेको हुन्छ । अनुशासन केहो थाहा छैन यस्तै यस्तैमा यो पार्टी चलिरहेको छ । मान सम्मान दिने भन्दा खोज्ने धेरैछन् । पार्टीमा पद लिन दाम्लो छिनाल्ने अनि कार्यक्रम केही नगर्ने, बैठक नबस्ने यो चलन नै बनेको छ । हुन त तेस्रो बनेको माओवादीको कार्यकर्ताकै टुड्गौ छैन । कहिले बाम एकता, एमालेसंगको गठबन्धन, कहिले जुटने कहिले फुटने गर्दा पनि कार्यकर्ता अलमलमै यतान उताको अवस्था छ ।
यहांँ कुरा क्रियाशील नबिकरणको हो । १५ औं अधिवेशन नजिकिदै गर्दा नेका केन्द्रको बैठक र सुचना अनुसार यही चैत्रभित्र मुलुकभरका क्रियाशीलको विवरण केन्द्रमा पु¥याईसक्नु पर्ने भन्नेछ । राजनीतिक गतिविधि, नेताहरूका चालचलन यो सबै कारण देखाउदै धेरै कार्यकर्ता लेवी बुझाएर नविकरण गर्न आनाकान गरिरहेका छन् । यो रोग नेकामा मात्र होइन एमालेमा पनि देखिएको छ । सांच्चीकै भन्ने हो भने नेका र कम्युनिष्ट हरूको संगठन संचालनमा धेरै भिन्नता छ । कम्युनिष्टहरू कार्यकर्ताकौ आर्थिक अवस्था, ब्यक्तिकौ पदीय दायित्व अनुसार लेवीको दर रेट तोकेका हुन्छन् तर यो सबै नेकामा हँुदैन । सबै कार्यकर्ता समान लेवी बुझाएर नबिकरण गर्ने गर्छन । समानुपातिकमा सांसद बनेकाहरूलाई आफूले पाउनै सुविधाबाट यति प्रतिशत पाटी संचालनका निम्ति बुझाउनु पर्ने भन्ने तोकिएको हुन्छ । यो सबै कांग्रेसमा हुँदैन । केही कुरा कस्का राम्रा छन र केही कस्का । बास्तवमा भन्ने हो भने हरेक पार्टीका कार्यकर्ता नखाउँं भने दिनभरकौ शिकार खाउंँ भने कान्छा बाउको अनुहार भने जस्तो भएका छन् ।
प्रजातन्त्र वा गणतन्त्र भन्दै गर्दा हरेक मानिसलाई कुनै न कुनै पार्टीमा बाँधिन बाध्य पारियो । पाटी संचालन गर्ने कसैले पनि कार्यकर्ताको चित्त बुझाउन सकैका छैनन । पुराना पार्टीले गतिलो काम गरेनन्, नयाँ दर्ता पार्टीबाट केही हुन्छ कि भनेर चाख्ने काम मतदाताले गरेकै हुन । नयाँको पनि उही दुर्गती देख्दा मतदाता खिन्न अवस्थामा देखिन्छन् । मुलुक हांँक्ने वा पाटी हाँंक्ने नेता नै भ्रष्ट भैदिँंदा जनतामा निराशा छाएको छ । पार्टीमा बफादार भएर काम गरेका कार्यकर्ताको सहि मुल्यांकन नहुँदा नबिकरण गर्न मन मरेकौ गुनासो क्रियाशील सदस्य गर्दछन । पार्टी भनेको त परेको बेलामा काँध थापोस र पो हुन्छ । केही परेर गए भेट नदिने, नचिने जस्तो गर्ने, आफ्नो कार्यकर्ताकौ दुःख सुखमा साथ नदिनै भए किन पार्टी चाहियो ? यस्ता गुनासा धेरै सुन्नमा आउने गरेको छ ।
बर्षभरी पाटी थामेर बस्ने, समाजसेवामा आवद्ध हुने कार्यकर्ता भन्दा केही नगरी नेताका वरिपरी घुम्ने, चम्चागिरी गर्ने, गुट बनाएर भजन गाउने, चोरेर लुटेर जे गरेर पनि नेतालाई चुनावमा कैही पैसा फाल्दिनेलाई मात्र नेताले पद दिन्छन समानुपातिकमा हाल्छन । हाम्रो के खोजी छ र नबिकरण गरेर, पाटीमा गुटको भागबण्डामा भोट हालेर नेता माथि पु¥याएर के हुन्छ र नबिकरण गर्ने भन्ने जवाफ नबिकरणका लागि घरघरमा पुग्दा सुनेको भनाई हो । यो मात्रै होइन आफूलाई भोट हालोस अथवा गुटमा भोट देवस भनेर केही नेताले खल्तीबाट लेवी तिरेर नविकरण गर्दिने गर्दा पनि नविकरण गर्नेको संख्या घटेको भनाई वडास्तरका नेता बताउँछन । यतिबेला कुनै पार्टीका कार्यकर्तामा सन्तोष दैखिँदैन । सबै पार्टीका कार्यकर्ताको गुनासो यही छ कि नेताहरू आफुमा सुध्रिनु प¥र्यो अनी बल्ल नविकरण गर भन्न पनि पर्नैछैन ।