© २०२३
काठमाण्डौ, ८ फागुन ।
आज शेयर बजार सामान्य रूपमा बढेको छ। नेप्से परिसूचक ३ दशमलव १४ अङ्कले बढेर २,७४३ दशमलव ७४ विन्दुमा पुगेको छ।आज व्यापार, बीमा र अन्य बाहेक सबै समूहको शेयर घटेको छ। व्यापार समूहको शेयर ३.५ प्रतिशतभन्दा धेरै र जीवन बीमा समूहको शेयर लगभग २.५ प्रतिशतले बढेको छ।
आज गार्डियन माइक्रो लाइफ इन्सुरेन्सको शेयर १० प्रतिशतले, विन नेपाल लघुवित्त र अपर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयर ९ प्रतिशतभन्दा बढी बढेको छ। यद्यपि, बाराही हाइड्रोपावर पब्लिक कम्पनीको शेयर ८ प्रतिशतभन्दा धेरै घटेको छ।
अर्को महत्त्वपूर्ण पक्ष भनेको शेयर बजारमा कारोबार रकमको गिरावट हो। अघिल्लो कारोबार दिन १० अर्ब ४३ करोडको कारोबार भएकोमा आज ३ सय ९ वटा कम्पनीका १ करोड ५६ लाख कित्ता शेयर ८ अर्ब ६२ करोड रुपैयाँको कारोबारमा लिएका छन्।