© २०२३
सुर्खेत, ४ फागुन ।
सुर्खेतको वीरेन्द्रनगरमा सोमवारदेखि कर्णाली उत्सव सुरू हुँदैछ । २०७६ सालदेखि सुरू भएको कर्णाली उत्सवको यो छैटौं संस्करण हो । ऋति फाउण्डेशनले आयोजना गर्ने उत्सवको छैटौं संस्करण भने सिटी हलको प्राङ्गणमा हुनेछ ।
‘कर्णाली उत्सव…कुँडा कर्नालीका’ नाम दिइएको उत्सवको छैटौं संस्करणको तयारी पूरा भएको आयोजक ऋति फाउण्डेशनले जनाएको छ ।
उत्सवको पहिलो दिन उद्घाटन सत्रमा केवलप्रसाद भण्डारीले उत्सवको बारेमा जानकारी दिने छन् भने वैदेशिक रोजगारी र सुरक्षित आप्रवासनका विषयमा बोर्डको सचिवालयका कार्यकारी निर्देशक डा.द्वारिका उप्रेतीले मन्तव्य राख्नेछन् ।
कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले नीति उत्सवको औचित्यका विषयमा मन्तव्य राख्ने कार्यक्रम तय गरिएको छ ।
उद्घाटन सत्रकै क्रममा ‘मान्ठ र मइडो’ शीर्षकको एउटा विद्वत प्रवचन रहने आयोजकले जनाएको छ । उद्घाटन सत्रकै बीचमा मुख्यमन्त्री यमलाल कँडेलले संघीयताका विषयमा मन्तव्य राख्ने कार्यक्रम रहेको छ ।
छैटौं संस्करणमा उच्च शिक्षा, अनुसन्धान र विकास, कर्णालीमा महिला आन्दोलन, खस भाषामा युवाहरुको सक्रियता, नारी नेतृत्व, स्याउ खेती, अर्थतन्त्र, संघीयता, मधेश र कर्णाली प्रदेशको सम्बन्ध, जिल्ला सदरमुकामका इतिहास, वीरेन्द्रनगर उपत्यकाको इतिहास र वर्तमान अवस्था, राजनीतिमा सक्रियता, खेलकुद जस्ता विषयमा समूह छलफल गरिने आयोजक ऋति फाउण्डेशनले जनाएको छ । उत्सवका क्रममा प्रत्येक दिन विद्वत प्रवचन, पैकेलो, सांगितिक साँझ रहने आयोजकले जनाएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी