ट्रेंडिंग:

>> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न
लुम्बिनी नाडाको चौथो वार्षिक साधारण सभा

नेपालमा सडक संजाल नै प्रमुख यातायातको माध्यम भएको दाबी

३ फाल्गुन २०८१, शनिबार
३ फाल्गुन २०८१, शनिबार

बुटवल, ३ फागुन।
लुम्बिनी अटोमोबाईल्स एशोसिसयन अफ नेपालको चौथो वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । कार्यक्रमको एक समारोहका बिच नाडा अटोमोबाईल एशोसियसन अफ नेपालका अध्यक्ष करण कुमार चौधरीले उद्घाटन गर्दै अटो ब्यवसायीहरुको मागप्रति सरकार गम्भिर देखिएको बताए । देशभित्र युवा जनशक्तिलाई रोजगार दिदै आर्थिक समृद्धिमा टेवा दिएको अटो ब्यवसायीहरुको मागलाई सम्बोधन हुने सरकारबाट आश्वासन पाएको उनले बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका पुर्वमन्त्री बिष्णु पन्थीले सडक संजाल नेपालका लागि प्रमुख यातायातको माध्यम भएको बताए । जल यातायात नभएको र हवाईमा कमजोर भएको हुदा सडक संजाल प्रमुख माध्यम भएको उनले दाबी गरे । जनयुद्धको लामो प्रभाव, कोभिड संक्रमण, अन्तराष्ट्रिय राजनितिक र युद्ध लगायतको प्रभाव नेपालको राजनितिक र आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव पारेको उनले बताए । रेगुलेटर बैक राष्ट्र बैकको भुमिका सहि नभएको उनले बताए । नेपालमा कानुनमा धेरै जटिलता र समस्याहरु रहेको उनले स्विकारे । माकुराको जालोजस्तो एउटाले अर्को काट्ने कानुन हुदा समस्या रहेको उनले बताए । निजी क्षेत्र अघि बढेमात्र देशको आर्थिक विकास हुने उनले बताउदै नेपाल सम्भावना बोकेको क्षेत्र धेरे रहेको बताए । सरकारबाट निजि क्षेत्रलाई काम गर्ने सहज र सरल बाटो खुलाउन उनले आग्रह गरे ।
कार्यक्रममा लुम्बिनी अटोमोबाईल्स एशोसिसयन अफ नेपालका अध्यक्ष गणेश भट्टराईले अटो क्षेत्रलाई चलायमान बनाउने गरि सरकारबाट नीतिगत योजना ल्याउनुपर्ने बताए । कोभिड र आर्थिक मन्दीकै कारण पछिल्लोसमय बैकप्रतिको विश्वास घटेको ब्यवसायीहरुको मन जित्ने गरि बैकबित्तिय संस्थाहरु लाग्नुपर्ने उनले बताए ।

यसैबिच ट्राफिक ब्यवस्थापनमा उत्कृष्ट सेवा गरेका जिल्ला प्रहरी कार्यालय प्युठान सामुदायिक शाखाका प्रनानि सरोज केसी, प्रहरी चौकी मर्यादपुर कपिलबस्तुका प्रहरी हवल्दार प्रेम कार्की, इलाका प्रहरी कार्यालय राजापुर बर्दियाका प्रहरी हवल्दार देबेन्द्र बहादुर साउद, बिमानस्थल सुरक्षा गार्ड नेपालगंज बाकेका प्रहरी सहायक हवल्दार पुष्पा पुनलाई नगद, दोसल्ला र सम्मानपत्रबाट सम्मान गरिएको छ । यसैबिच अटो क्षेत्रलाई संचारमाध्यमबाट प्रचारप्रसारमा योगदान दिएका पत्रकार स्वस्तिक श्रेष्ठ र कपिल ज्ञवालीलाई नगद, दोसल्ला र सम्मानपत्रबाट सम्मान गरिएको संस्थाका महासचिव राम प्रसाद बेल्बासेले बताए ।
संस्थाका वरिष्ठ उपाध्यक्ष तथा मुल कार्यक्रम संयोजक रोशन पाण्डेले साधारण सभाको अवसरमा विविध रचनात्मक कार्यक्रमसंगै नाडा केन्द्र र प्रदेश बिच अन्तरक्रिया समेत गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?