ट्रेंडिंग:

>> २३ औ तिलोत्तमा गोल्डकप शुरु, पहिलो हाफमा एपीएफको अग्रता >> सामाजिक कार्यमा जुट्न नगरप्रमुख पाण्डेयको आग्रह >> प्रकाशन तथा प्रशारण संघ लुम्बिनीमा कुवँर >> मानसिक स्वास्थ्यको समाचार संप्रेषणमा संवेदनशिलता आवश्यक    >> प्रेस चौतारीको महाधिवेसनको तयारी पुरा, अध्यक्षमा पाण्डे र राई भिडदैँ >> आजवाट सुरु हुदैँ आइपीएल, कोलकोत्तामा उदघाटन खेल >> जेआर क्रिकेट क्लबलाई ईलिटको साथ >> विश्वकर्मा युवा समाजद्वारा स्वर्णकार सुपर सिक्स क्रीकेट प्रतियोगिता हुंदै  >> राष्ट्रिय दल बन्न चार सर्त पूरा गर्नुपर्ने, एउटै चिन्हमा चुनाव लड्न नपाइने >> स्थानीय सरकार सञ्चालन ऐनमा विद्यालय शिक्षाका अधिकार >> सीमा तस्करको गोदामबाट नै सामान जफत >> गणेशको लोभिलो ‘कृषि उद्यम’ >> जनकपुरमा आज राप्रपाको खबरदारी सभा >> आजको मौसमः पाँच प्रदेशमा प्रदेशमा बर्षा हुन सक्ने >> आजवाट प्रथम पानी सम्मेलन हुदैँ >> रुपन्देहीमा अब डेक्सा स्क्यान मेशिन >> ६८ औं सहकारी दिवसः बाँकेमा सप्ताहव्यापी कार्यक्रम गरेर मनाइने >> लुम्बिनी प्रदेश लिग फुटबलको उपाधि बर्दियाले हात पार्यो >> नेपालगन्जमा सुख्खा बन्दरगाहको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापन पत्र >> एन्फा देविनगरमा सुविधा सम्पन्न शौचालय >> धनुषामा प्रहरीको हवाई फायर >> काठमाडौं महानगरले चैत १२ गतेबाट स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण गराउने >> जबरजस्ती करणी आरोपमा राइस मिल व्यवसायी पक्राउ >> प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान >> बबईमा सवारी साधनका नम्बर प्लेट पहिचान गर्ने डिजिटल प्रविधिको जडान >> पिएम कपमा आर्मी ६ विकेटले विजयी >> प्रचण्डको स्वागतमा बिरगञ्जका मेयर राजेशमान सिंह >> क्रान्तिका लागि तयार रहन रविको अपिल >> बुटवलमा सुरु भयो मिडिया सम्मेलन >> लन्डनको एअरपोर्टमा आगलागी हुदाँ २४ घन्टा बन्द, १३५१ उडान प्रभावित >> इन्डोनेसियामा ज्वालामुखी बिष्फोट, आसपासका सबै उडान रद्द >> स्वदेशी वस्तुको प्रयोग वृद्धि गर्न प्रधानमन्त्रीको आग्रह >> युद्धविराम भंग भएको तीन दिनमा मारिए ५९० प्यालेस्टाइनी >> प्रहारीको मौनता लुम्बिनीको कक्ररहवा-कालिदह नाकामा तस्करी मौलाउँदै >> रविले दर्ता गरे पाटन अदालतमा निवेदन, सोमबार तोकियो पेशी >> सिराहाका सिडियो हटाएर कपिलबस्तुबाट पठाइयो >> नागरिक उन्मुक्तिको केन्द्रीय समिति बैठक जारी >> युसिएमएस भैरहवामा निःशुल्क दन्त परीक्षण समपन्न >> लगातार नयाँ रेकर्ड कायम गरेको सुनको भाउ आज तल झर्यो, कतिमा हुँदैछ किनबेच ? >> निशुल्क स्वास्थ्य शिविरले महिलाहरुमा सचेतना बढायो >> वेपत्ता भएका भारतीय पर्यटक भटिएनन् >> चीनले ४ जनालाई फाँसी दिएपछि क्यानडा आक्रोशित >> ‘व्यवसायी टिकाउनको लागि सहकार्य गरौं’ >> सरकारसँग समस्या समाधान हुँदैनः अध्यक्ष शेर्पा >> अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको ६० बर्ष पूरा >> चैतमा चमत्कार, साउनमा सन्नाटा ! >> बुटवलको पहिचान ‘रात्रीकालीन बजार’ >> महेशपुरमा लक्ष्य भन्दा माथि पुग्यो राजस्व >> डढेलो रोक्न सावधानी फैलाउँदै वनका अधिकारी >> नेपाल बैंक लिमिटेड खस्यौलीद्वारा वित्तीय साक्षरता
तिलोत्तमा व्यापार संघको साधारण सभा

निजी क्षेत्रको मनोवल उकास्न सरकारसँग आग्रह

३ फाल्गुन २०८१, शनिबार
३ फाल्गुन २०८१, शनिबार

तिलोत्तमा, ३ फागुन ।

लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री लिला गिरीले उद्योगी व्यवसायी सफल भए मात्रै मुलुकको अर्थतन्त्र माथि उठ्ने बताएका छन् । मुलुकको आर्थिक विकासको एउटा पाटो निजी क्षेत्र भएकाले सरकारले निजी क्षेत्रको मनोवल उकास्ने गरी काम गर्नुपर्ने उनले बताए ।

शनिबार रुपन्देहीको तिलोत्तमा व्यापार संघको एघारौं वार्षिकं साधारण सभालाई सम्बोधन गर्दै एमाले पोलिटब्यूरो सदस्य समेत रहेक ागिरीले उद्योगी व्यवसायीका समस्याहरु समाधान गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । वर्तमान सरकार उद्योगीहरुको हितको पक्षमा रहेको, लगानीको वातावरण निर्माण गरी आर्थिक विकासको गतिलाई तीव्रता दिन चाहिरहेको उल्लेख गर्दै यसका लागि निजी क्षेत्रले पनि साथ दिनुपर्ने उहाँले बताउनुभयो ।

त्यस अवसरमा घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय सदस्य वसन्त रोका, औषधी व्यवसायी संघका शिव ज्ञवाली लगायतले तिलोत्तमा लगानीको हिसावले उपयुक्त र सुरक्षित नगर रहेकोले उद्योगी व्यवसायीका लागि लगानी योग्य वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।

साधारण सभामा प्रतिवेदन प्रस्तुत गर्दै संघका अध्यक्ष नेत्रप्रसाद न्यौपानेले खुला सीमा तथा भन्सारको व्यवस्थापन गर्नुपर्ने, एकद्वार कर प्रणाली लागू गर्नुपर्ने, ट्याक्स पे को आधारमा ६० वर्ष उमेरपछि व्यवसाय छोड्दा वा विपद आइपर्दाको अवस्थामा रिवेट पाउने व्यवस्था गर्नुपर्ने माग गरे । उनले नगरपालिकामा बसपार्क, औद्योगिक क्षेत्र निर्माण गर्नुपर्नेरोहिणी नदीको भलुहीदेखि भैरहवासम्म र तिनाउ नदीको बुटवलदेखि भैरहवासम्म पानीको व्यवस्थापन मिलाई डुंगामार्फत परिक्रम ागर्न सकिने गरी व्यवस्था मिलाउनुपर्ने माग गरे ।

त्यस अवसरमा तिलोत्तमा–१० का वडाध्यक्ष गोपालप्रसाद घिमिरे, नगर कार्यपालिका सदस्य रवि सेन्चुरी, देवदह व्यापार संघका अध्यक्ष कोशबहादुर गुरुङ, एमाले तिलोत्तमा नगर अध्यक्ष मीनप्रसाद पोखरेल, तिलोत्तमा उद्योग व्यापार संगठनका अध्यक्ष प्रेम घर्तीमगर, तिलोत्तमा व्यापार संघका निवर्तमान अध्यक्ष बाबुलाल भुसाल, वरिष्ठ उपाध्यक्ष विष्णुबहादुर बराल क्षेत्री, महासचिव चेतबहादुर बिश्वकर्मा लगायतले उद्योग ब्यवसाय मैत्री नीति नहुँदा समस्या भएको भन्दै सरकारका नीति कार्यक्रम उद्योग ब्यवसायमैत्री हुनुपर्नेमा जोड दिएका थिए ।

पत्रकार बिन्दु भट्टराई पुरस्कृत

तिलोत्तमा व्यापार संघले साधारण सभाको अवसरमा सञ्चारको क्षेत्रबाट महत्वपूर्ण योगदान पु¥याएको भन्दै रेडियो लुम्बिनीकी स्टेशन म्यानेजर बिन्दु भट्टराईलाई पुरसकृत गरेको छ ।

संघले सञ्चालन गरेका गतिविधि र आर्थिक क्षेत्रको विषयमा कलम चलाएको भन्दै पत्रकार भट्टराईलाई पुरस्कृत गरिएको हो ।

पुर्व मुख्यमन्त्री लिला गिरी एवं संघका अध्यक्ष नेत्रप्रसाद न्यौपानेले नगद र प्रशंसा पत्रसहित पत्रकार भट्टराईलाई सम्मान गरेका हुन् ।

त्यस्तै संघले सञ्चालन गरेको महोत्सवमा सहभागी जनचेतना ¥याली, उत्कृष्ट स्टल मूल्यांकन समितिमा रहेर योगदान पु¥याएको भन्दै संयोजक रोहितराज क्षेत्री, सदस्य डा. गणेश पाठक र प्रा क्रृषिराम भुसाललाई समेत सम्मान गरेको छ । साधारण सभाले अध्यक्ष, महासचिव र कोषाध्यक्षको प्रतिवेदन पारित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?