© २०२३
बुटवल , ०३ फागुन।
रूपन्देहीका विभिन्न स्थानमा हाटबजारमा व्यवसाय गर्दै आएका व्यवसायीहरूको साझा संस्था हाटबजार व्यवसायी संघ रूपन्देहीको १९ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ ।बुटवलमा आयोजना गरिएको कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डे ले हाटबजार व्यवसायिले स्वरोजगारको वातावरणमा सृजना गरेको बताएका थिए ।हाटबजार व्यवसायिहरूको साथमा स्थानीय सरकार जहिले पनि सकारात्मक रूपमा अगाडि पबढेको बताएमा थिए ।बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवि अर्यालले नगरपालिकाले श्रमजीवीको पक्षमा काम गर्ने प्रतिवद्दता समेत व्यक्त गरेकी थिईन् ।कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका पूर्व नगर प्रमुख पुनाराम पोखरेलले व्यवसायिहरू हितमा तीन तहको सरकारले योजना बनाएर अगाडि बढ्नुपर्ने बताएका थिए ।
बुटवल उद्योगव्यापार संघका बाणिज्य उपाध्यक्ष पदम जिसिले कार्यक्रममा बोल्दै व्यवसायीको हितमा स्थानीय सरकारले ध्यान दिनुपर्ने बताए ।
रूपन्देही व्यापार संघका कोषाध्यक्ष मणि खनालले राज्यबाट गरिने व्यवहार सकारात्मक आवश्यक रहेको बताए । उनले राज्यले सबै व्यवसायीको लागि पूर्वाधार निर्माण गर्नुपर्ने बताएका थिए ।कपिलवस्तु हाटबजार व्यवसायी समितिका अध्यक्ष यमलाल बेल्बासेले कार्यक्रममा बोल्दै विविध समस्याका बाबुजत पनि बैदेशिक रोजगारीको यात्रा केही हदसम्म रोकेको बताए । उनले साप्ताहिक हाटबजार धेरै सुधार गर्न आवश्यक भएको बताए ।हाटबजार व्यवसायी संघ रूपन्देही का पूर्व अध्यक्ष प्रकाश खनालले श्रमजीवीहरूको हितमा स्थानीय सरकारले अभिभावकत्व ग्रहण गर्न नसकेको बताए । हाटबजार व्यवसायी संघका संस्थापक महासचिव समेत रहेका खनालले हाटबार व्यवसायीका लागि भौतिक पूर्वाधार निर्माणमा कुनै पनि थप प्रगति गर्न नसकेको भन्दै कर लिने सरकारले आधारभूत आवश्यकताको लागि निर्माण गर्नुपर्ने बताएका थिए ।
हाटबजारमा खानेपानी, सौचालय, पार्किङ समेत व्यवस्थापन गर्नु पर्ने बताएका थिए । प्रत्येक बर्ष सरकारले बैठकिकरको रूपमा प्रत्येक बर्ष वृद्धि गर्दै जाँदा समस्या व्यवसायीले भोग्दै आएको बताए । उनले भने–“विकासको नाममा व्यवपारिको नामाा लात हान्न पाईदैन, न्यून मूल्यमा विक्रि गर्ने व्यवसायीले राहत कहाँ पाए ।“
कार्यक्रममा बोल्दै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले ब्यवसायिहरूको हितको लागि सबैले हातेमालो गरेर अगाडि बढ्नु पर्ने बताएका थिए ।कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसि लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।कार्यक्रम मा बोल्दै हाट बजार व्यवसायी संघका अध्यक्ष हुमाराम पोखरेलले स्थानीय सरकारले साना व्यवसायीहरूको हितको लागि सबैले बेलैमा ख्याल गर्नुपर्ने बताएका थिए ।
उनले पूर्वाधार विहिन बजारलामो समय देखि चल्दै आएको भन्दै यसमा ख्याल गर्नुपर्ने बताएका थिए ।