ट्रेंडिंग:

>> मौसम प्रतिकुलका कारण पहिलो दिनको खेल प्रभावित, रोकिएको खेल आईतबार बिहान हुने >> २३ औ तिलोत्तमा गोल्डकप शुरु, पहिलो हाफमा एपीएफको अग्रता >> सामाजिक कार्यमा जुट्न नगरप्रमुख पाण्डेयको आग्रह >> प्रकाशन तथा प्रशारण संघ लुम्बिनीमा कुवँर >> मानसिक स्वास्थ्यको समाचार संप्रेषणमा संवेदनशिलता आवश्यक    >> प्रेस चौतारीको महाधिवेसनको तयारी पुरा, अध्यक्षमा पाण्डे र राई भिडदैँ >> आजवाट सुरु हुदैँ आइपीएल, कोलकोत्तामा उदघाटन खेल >> जेआर क्रिकेट क्लबलाई ईलिटको साथ >> विश्वकर्मा युवा समाजद्वारा स्वर्णकार सुपर सिक्स क्रीकेट प्रतियोगिता हुंदै  >> राष्ट्रिय दल बन्न चार सर्त पूरा गर्नुपर्ने, एउटै चिन्हमा चुनाव लड्न नपाइने >> स्थानीय सरकार सञ्चालन ऐनमा विद्यालय शिक्षाका अधिकार >> सीमा तस्करको गोदामबाट नै सामान जफत >> गणेशको लोभिलो ‘कृषि उद्यम’ >> जनकपुरमा आज राप्रपाको खबरदारी सभा >> आजको मौसमः पाँच प्रदेशमा प्रदेशमा बर्षा हुन सक्ने >> आजवाट प्रथम पानी सम्मेलन हुदैँ >> रुपन्देहीमा अब डेक्सा स्क्यान मेशिन >> ६८ औं सहकारी दिवसः बाँकेमा सप्ताहव्यापी कार्यक्रम गरेर मनाइने >> लुम्बिनी प्रदेश लिग फुटबलको उपाधि बर्दियाले हात पार्यो >> नेपालगन्जमा सुख्खा बन्दरगाहको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापन पत्र >> एन्फा देविनगरमा सुविधा सम्पन्न शौचालय >> धनुषामा प्रहरीको हवाई फायर >> काठमाडौं महानगरले चैत १२ गतेबाट स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण गराउने >> जबरजस्ती करणी आरोपमा राइस मिल व्यवसायी पक्राउ >> प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान >> बबईमा सवारी साधनका नम्बर प्लेट पहिचान गर्ने डिजिटल प्रविधिको जडान >> पिएम कपमा आर्मी ६ विकेटले विजयी >> प्रचण्डको स्वागतमा बिरगञ्जका मेयर राजेशमान सिंह >> क्रान्तिका लागि तयार रहन रविको अपिल >> बुटवलमा सुरु भयो मिडिया सम्मेलन >> लन्डनको एअरपोर्टमा आगलागी हुदाँ २४ घन्टा बन्द, १३५१ उडान प्रभावित >> इन्डोनेसियामा ज्वालामुखी बिष्फोट, आसपासका सबै उडान रद्द >> स्वदेशी वस्तुको प्रयोग वृद्धि गर्न प्रधानमन्त्रीको आग्रह >> युद्धविराम भंग भएको तीन दिनमा मारिए ५९० प्यालेस्टाइनी >> प्रहारीको मौनता लुम्बिनीको कक्ररहवा-कालिदह नाकामा तस्करी मौलाउँदै >> रविले दर्ता गरे पाटन अदालतमा निवेदन, सोमबार तोकियो पेशी >> सिराहाका सिडियो हटाएर कपिलबस्तुबाट पठाइयो >> नागरिक उन्मुक्तिको केन्द्रीय समिति बैठक जारी >> युसिएमएस भैरहवामा निःशुल्क दन्त परीक्षण समपन्न >> लगातार नयाँ रेकर्ड कायम गरेको सुनको भाउ आज तल झर्यो, कतिमा हुँदैछ किनबेच ? >> निशुल्क स्वास्थ्य शिविरले महिलाहरुमा सचेतना बढायो >> वेपत्ता भएका भारतीय पर्यटक भटिएनन् >> चीनले ४ जनालाई फाँसी दिएपछि क्यानडा आक्रोशित >> ‘व्यवसायी टिकाउनको लागि सहकार्य गरौं’ >> सरकारसँग समस्या समाधान हुँदैनः अध्यक्ष शेर्पा >> अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको ६० बर्ष पूरा >> चैतमा चमत्कार, साउनमा सन्नाटा ! >> बुटवलको पहिचान ‘रात्रीकालीन बजार’ >> महेशपुरमा लक्ष्य भन्दा माथि पुग्यो राजस्व >> डढेलो रोक्न सावधानी फैलाउँदै वनका अधिकारी

‘दिल्ली दरबार’मा संचिताको सिर्जना

दुई हजार बढि चित्रकारले बनाएको क्यानभास पेन्टिङ्गमध्ये १५ जना महिला चित्रकारको पेन्टिङ्ग उत्कृष्टमा छनौट भएका थिए । ती पेन्टिङ्गहरूलाई भारतको राष्ट्रपति भवन परिसरमा कला प्रदर्शनीको आयोजना गरि प्रदर्शन गरिएको छ ।
३ फाल्गुन २०८१, शनिबार
३ फाल्गुन २०८१, शनिबार

कपिलवस्तु, ०३ फागुन ।
चित्रकार संचिता अग्रहरीले बनाएको पेन्टिङ्ग भारतको राष्ट्रपति भवनमा प्रदर्शनीमा राखिएको छ । कपिलवस्तु नगरपालिका वडा नं. २ जमुवारटोलकी चित्रकार संचिताको पेन्टिङ्ग भारतका उत्कृष्ट १५ पेन्टिङ्गमा छनौट भएपछि प्रदर्शनीमा राखिएको हो । उनी भारतको दिल्ली स्थित कलेज अफ आर्टमा फाईन आर्ट बिषयमा स्नातक तहमा अध्ययनरत छिन् ।
गत बर्ष भारतको नेशनल ग्यालरी अफ मोर्डन आर्टको आयोजनामा “विजन २०४७ः विकशित भारत” शिर्षकमा दिल्ली स्थित पुरानो किलामा आर्ट क्याम्प आयोजना गरिएको थियो । क्याम्पमा संचिता सहित २ हजार बढि चित्रकार कलाकारले दिईएको शिर्षकमा केनभास पेन्टिङ्ग बनाएका थिए । संचिताले ४ घण्टाको अवधीमा आर्ट क्याम्पमा क्यानभास पेन्टिङ्ग तयार पारेकी थिईन । तयार पारिएको पेन्टिङ्ग नेशनल ग्यालरी अफ मोर्डन आर्टमा दर्ता गराईएको थियो । २ हजार बढि चित्रकारले बनाएको क्यानभास पेन्टिङ्ग मध्य १५ जना महिला चित्रकारको पेन्टिङ्ग उत्कृष्टमा छनौट भएका थिए । छनौटमा परेका पेन्टिङ्ग हरूलाई भारतको राष्ट्रपति भवन परिसरमा कला प्रदर्शनीको आयोजना गरि प्रदर्शन गरिएको थियो ।
संचिताले बनाएको चित्र उत्कृष्ट १५ मा पर्न सफल भएको जानकारी सहित भारत सरकारको संस्कृती मन्त्रालय अन्तर्गतको राष्ट्रिय आधुनिक कला संग्राहलयका महानिर्देशक डाक्टर संजिव किशोर गौतमले प्रदर्शनीमा उनलाई आमन्त्रण गर्नका लागि निमन्त्रणा पत्र पठाएका थिए । राष्ट्रपति कार्यालय भवन परिसरमा आयोजित प्रदर्शनीको अवलोकन माननिय राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुद्वारा २०२५ फेब्रवरी १ (२०८१ माघ १९) गते गर्ने उल्लेख गरेरै छनौटमा परेका १५ जना चित्रकार कलाकारलाई मात्रै आमन्त्रण पत्र पठाएर निमन्त्रणा गरिएको थियो । तोकिएको समयमा भएको प्रदर्शनीमा भारतिय राष्ट्रपति मुर्मुले सबै पेन्टिङ्गको अवलोकन गरेकी थिईन ।

चित्रकार संचिताले अवलोकनमा आएकी राष्ट्रपति मुर्मुलाई आफ्नो चित्रको बारेमा जानकारीमुलक बर्णन गरेकी थिइन । उनले चित्र मार्फत आफूले भारतको आर्थिक बिकासको पक्षलाई प्रष्ट्याएको जानकारी दिएकी थिइन । उनले बनाएको क्यानभास चित्रमा रूपैयाँको प्रतीकले भारतको बढ्दो वित्तीय शक्तिलाई महŒव दिने तथा बुलले बलियो अर्थतन्त्रलाई प्रतिनिधित्व गर्ने र अशोक चक्रले भारतको मूल्यहरू, लोकतन्त्र र स्थिर प्रगतिको व्याख्या गर्ने उनले बताएकी थिईन । त्यसै गरि सेतो छिटाहरूले छरिएका बनावटहरूले गति र ऊर्जा थप्नुका साथै द्रुत प्रगति र आर्थिक गतिशीलताको प्रतीकको रूपमा लिने सकिने संचिताको प्रष्टोक्ति थियो । चित्रले भारतको विश्वव्यापी आर्थिक शक्ति घर बन्ने यात्रालाई चित्रण गर्नुका साथै शक्तिशाली रङहरू र बोल्ड रचनाले महत्वाकांक्षा, आत्मविश्वास र प्रगतिलाई प्रदर्शन गर्ने उनले बताएकी थिईन । क्यानभासमा निलो रंग र झण्डालाई साङ्केतिक रूपमा प्रस्तुत गरिएको उनले जनाएकी थिइन । राष्ट्रपति मुर्मुले अवलोकनका क्रममा तस्बिरको भावले भारतको आर्थिक बिकासलाई प्रदर्शन गर्ने बुझाईका साथ चासो दिएर अवलोकन गरेकी थिईन । राष्ट्रपति मुर्मुले अवलोकन गरेपछि १५ वटै पेन्टिङ्गलाई राष्ट्रिय आधुनिक कला संग्राहलयले दुई महिना सम्म राष्ट्रपति कार्यालयको ग्यालरीमा प्रदर्शनको लागि राखेको छ । संचिताले बनाएको सहितका १५ वटै पेन्टिङ्ग प्रदर्शनी अवलोकनका लागि सर्व साधारणलाई समेत खुला गरिएको छ ।
२५ बर्षिय संचितालाई पेन्टिङ्गमा सानैदेखि रुची थियो । बुवा लवकुश, आमा मिथिलेश नन्दनी र ठूलो दाजु डाक्टर आनन्द कुमार अग्रहरीले उनको कला प्रष्फुटन गराउन सधै आत्मबल दिँदै आए । परिवारमा एक दाजु, दुई दिदी, दुई भाई र एक बहिनीले समेत उनको कलालाई सधै सम्मान गर्थे ।
उनले तौलिहवाको बुद्ध पद्य माबि, १२ कक्षा सम्मको शिक्षा सिद्धार्थ बिद्या मन्दिर तौलिहवा र बिबिएसको शिक्षा भैरहवाको भैरहवा बहुमुखी क्याम्पसबाट लिएकी थिईन । संचितालाई पेन्टिङ्गमा सानै देखि नै रुची थियो । “मलाई पेन्टिङ्ग सिक्न र बनाउन सानै बाट रुची थियो । बिद्यालयस्तरमा आयोजना हुने चित्रकलामा सहभागी भएर पुरस्कार जित्ने गरेकी थिए,” संचिताले बिगत स्मरण गर्दै भनिन ।
पेन्टिङ्गमा रुची भएकी उनले व्यवस्थापन संकायमा स्नातक तहको अध्ययन पुरा गरेर तौलिहवामै अबधी लोककलाका चित्र बनाउन थालिन । उनले पोट्रेट, लेण्डस्केप, हिस्टोरिकल र अयल पेन्टमा बिभिन्न पेन्टिङ्ग बनाएकी छन । उनले क्यानभासमा बनाईएको ५० बढि अयल पेन्ट आफु सँग सुरक्षित राखेकी छन भने कतिपय साथी र व्यक्तिहरूका लागी पोट्रेट पेन्टिङ्ग समेत बनाएकी छन । उनको चित्रकलाको अध्ययनको रुची पुरा गर्न परिवारका सल्लाहमा चित्रकला अध्यापन हुने नेपालको ललितकला क्याम्पसमा समेत बिभिन्न जानकारीहरू संकलन पछि उनलाई भारतको दिल्ली स्थित कलेज अफ आर्टमा चित्रकलाको अध्ययनका लागी पठाउने निर्णय ग¥यो । जस्मा संचिताका दाजु डाक्टर आनन्द कुमार अग्रहरीले बिशेष प्रोत्साहन गरें ।

परिवारको साथ सहयोग पाएकी संचिता चित्रकला अध्ययनका लागि भारतको दिल्ली पुगिन । त्यहाँ अध्ययनको क्रममा उनी पहिलो बर्षको परिक्षामै कलेजमा उत्कृष्ट बिद्यार्थी बनिन । त्यस पछि कलेजका सबै जस्तो प्राध्यापक र बिद्यार्थीले उनलाई अझै महत्व र सम्मान दिन थाले । “म नेपाली हु भन्ने सबैलाई थाहा छ । मलाई नेपाली भनेर सम्बोधन गर्नु हुन्छ, सबैले महत्व दिनुहुन्छ र मेरो कलालाई प्रमोशन गर्नु हुन्छ ।” उनले खुसी हुदै भनिन । “भारतकी राष्ट्रपतिलाई आफ्नो पेन्टिङ्ग देखाएर बर्णन गरेको बिषय परिवार र साथीभाईलाई जानकारी गराए । सबैले यो बिषय सामान्य नभई एकदमै महत्वपुर्ण बिषय भएको भनेर मलाई बधाई दिए । मलाई अहिले आफू आफ्नो कलाका कारण यो अवसर पाउन सकेकोमा साहैं खुसी र गर्वको महसुस भएको छ ।” उनले थपिन । सन्तानले प्रगती गर्दा आफूलाई साहैं खुसी लागेको संचिताका बुवा लवकुश प्रसाद अग्रहरीले बताए । “बिद्यालय तह पढ्दै खेरी छोरीले राम्रो पेन्टिङ्गहरू बनाउथिन । उनको प्रतिभालाई स्थान मिलोस भनेरै भारतमा उनको रुचीको बिषय पढ्न पठाएका थियौं । छोरीले गरेको प्रगतीले हाम्रो परिवारलाई नै खुसी बनाएको छ ।” उनले हर्षित मुद्रामा भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?