© २०२३
गुल्मी, ०२ फागुन ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले आफुहरू संविधान कार्यान्वयनमा केन्द्रित रहेको बताएका छन् ।बिहीबार मालिका गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको उद्घाटन गर्दै दाहालले संविधान बनाउने बेलादेखि नै विभिन्न बहस जारी रहेको भन्दै संविधानले निर्दिष्ट गरे अनुसारका ऐन कानुन बनाएर प्रदेश र स्थानीय तहलाई अझ बलियो बनाउनुपर्ने आवश्यकता औल्याएका थिए । उनले गाउँगाउँमा सिंहदरबार आइपुग्यो भनेर मात्रै नहुने भन्दै जनताले पनि जागरुकता बढाउन जरुरी रहेको बताए ।
स्थानीय तहले सुशासन र न्यायको क्षेत्रमा काम गर्नुपर्ने भन्दै कृषकहरूको उन्नती र प्रगतिका रचनात्मक काम गर्न स्थानीयतहलाई आग्रह गरेका छन । पूर्व प्रधानमन्त्री दाहालले सरकार उल्टो बाटोमा हिँडेको टिप्पणी समेत गरेका छन् । उनले सरकारले प्रदेश र स्थानीय तहलाई दिदैँ आएको समानीकरणको बजेट कटौती गर्न लागेको बताए । सरकारले समानीकरणको बजेट बढाउनुपर्नेमा उल्ल्टो घटाउन लागेको भन्दै सरकार उल्टो बाटोमा हिँडेको टिप्पणी गरेका छन ।
गुल्मीमा आउँदा आफूलाई पहिलेको गठबन्धन कायमै रहेको जस्तो अनुभूति भएको उनको भनाइ छ । प्रशासकीय भवन उद्घाटन कार्यक्रममा सर्वदलीय राजनीतिक दलहरूको उपस्थिति रहेकाले आफूलाई खुसी लागेको उनले बताए । सिंहदरबारको अधिकार गाउँटोलमा भन्ने माओवादीको एजेन्डाले अहिले सार्थकता पाएको बताउँदै उनले जनतालाई सेवा पनि सहज र सरल रूपमा प्रवाह गर्नुपर्नेमा जोड दिए ।
सिंहदरबारको अधिकार गाउँटोलमा भन्ने माओवादीको एजेन्डाले अहिले सार्थकता पाएको बताउँदै उनले जनतालाई सेवा पनि सहज र सरल रूपमा प्रवाह गर्नुपर्नेमा जोड दिए । गुल्मीमा आउँदा आफूलाई पहिलेको गठबन्धन कायमै रहेको जस्तो अनुभूति भएको उनको भनाइ छ । प्रशासकीय भवन उद्घाटन कार्यक्रममा सर्वदलीय राजनीतिक दलहरूको उपस्थिति रहेकाले आफूलाई खुसी लागेको बताए । गाउँपालिकाका अध्यक्ष देविराम अर्यालका अनुसार नवनिर्मित प्रशासकीय भवन सात करोड ६७ लाख लागतमा तयार भएको हो । सोही अवशरमा बिहिबार बिहान प्रचण्डले मालिका गाउँपालिकामा निर्माण गरिएको मालिका शान्ति पार्क र हेलिप्याडको पनि उद्घाटन गरेका थिए ।
यस्तै पूर्वप्रधानमन्त्री दाहालले आजै धुर्कोट गाउँपालिकामा निर्माण गरिएको शहिद पार्कको समेत उद्घाटन गरेका छन । मालिका गाउँपालिकाले सो अवसरमा बरिष्ठ कलाकार बम बहादुर कार्की, प्रशासकीय भवन निर्माण गर्ने निर्माण व्यवसायी हरिकुमार श्रेष्ठ र गाउँपालिकाको प्रतिक चिन्ह (लोगो) डिजाइनर घनश्याम पराजुलीलाई सम्मान गरिएको थियो । कार्यक्रममा पूर्वमन्त्रीहरू चक्रपाणी खनाल, रामकुमारी झार्की, नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले शुभकामना मन्तव्य राखेको गाउँपालिका उपाध्यक्ष उपेन्द्र अर्यालले बताए ।