ट्रेंडिंग:

>> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न

मृत्युको कारण बन्दै मधुमेह

२८ कार्तिक २०७९, सोमबार
२८ कार्तिक २०७९, सोमबार

बुटवल, २८ कात्तिक ।

बुटवल उपमहानगरपालिका वडा नं. २ जितगढीकी २८ वर्षीय अन्जु खड्का आफ्नो स्वस्थ्यका कारण चिन्तित थिईन् । १६ वर्षको उमेरमा शरीरको तौल बढ्ने, थकान लाग्ने र टाउको दुख्ने जस्ता समस्याले ग्रस्त बनायो । काठमाडौं नाम चलेका ठाउँमा उनी उपचारमा गइन् । स्वस्थ्य परीक्षणमा उनलाई थाईराईडसंँगै अन्य स्वस्थ्य समस्याहरु देखियो । नियमित औषधि उपचार सुरु गरिन् । लामो समय उपचार र खानपानमा ध्यान दिदा पनि उनको शरीरको तौल बढ्ने, थकान, अनावश्यक रिस जस्ता लक्षण झन बढ्यो । उनको स्वस्थ्य समस्या बिसको उन्नाईस भएन । ‘करिब ८० केजी बढी तौल थियो’–उनले भनिन । झन औषधि उपचारले तौलमा नियन्त्रण हुनुको साटो बढ्दै गयो । पटकपटक समस्या बल्झिन थाल्यो । उनको तौल अनियन्त्रित रुपमा बढ्दै १ सय ४० किलोसम्म पुग्यो ।

सुख्खानगरमा आवरण बुटिक संचालन गर्दै आएकी उनले सामाजिक संजालबाट केन डाईविटिज तथा थाईराईड सेन्टरको बारे जानकारी पाए । भदौको पहिलो हप्तामा तिलोत्तमा नगरपालिकास्थित केन सेन्टरमा पुगेर आफ्नो समस्या राखिन् । हिंड्डुल गर्न समेत कठिनाई भएकी उनलाई केन सेन्टरका अध्यक्ष तथा मधुमेह परामर्शदाता दिनेश कक्षपतिले परामर्शबाट सेवा सुरु गरे । उनको शारीरिक परीक्षण र केही औषधि चलाईयो । नियमित ६ महिनाको अवधिमा उनलाई धेरै फाईदा मिलेको छ । उनको स्वस्थ्य सुधारसंगै तौल नियन्त्रित भएको छ । पछिल्लो ९ महिनाको अवधिमा उनको तौल ८७ केजी पुगेको छ । केनमा उपचार पद्धतीसंगै परामर्शका कारण धेरै फाईदा मिलेको उनको दाबी छ ।

तिलोत्तमा नगरपालिका वडा नं. १, शंकरनगरकी ६१ वर्षीय उमादेवी खत्री पनि लामो समयदेखि अनिद्रा, मुटुको चाल घटबढ हुने, अनावश्यक तौल बढ्ने वा घट्ने जस्ता समस्याबाट पीडित थिईन । मधुमेहको हाई डोज औषधि सेवन गरेकी उनको स्वस्थ्य अनियन्त्रित भईरहेको थियो । भुपुसैनिकमा जागिरे उनको श्रीमानले भारत र नेपालका नाम चलेका धेरै ठाउँमा उपचार गराए । उनी उपचारबाट हार खाईसकेकी थिईन् । उनको छिमेकीबाट केन सेन्टरको बारेमा थाहा पाईन् । उनी त्यहाँ बुझन गईन् । लकडाउनकै बेला उनी उपचार सुरु गरिन । पहिलोदिन परामर्श लिएकी उनी नियमित फलोअपमा रहिन् ।
उनको आवश्यक रिपोर्ट जाँच भयो । थाईराईड र सुगरको समस्या बल्झिएको देखियो । ईन्सुलिन चलाउनुपर्ने अवस्थामा पुगेकी उनी औषधिमात्र सेवन गर्ने पहिले जिद्धि गरिन् । औषधि सेवनले थप समस्या देखियो र ईन्सुलिन चढाइयो । डेढ वर्षको अवधिमा उनको स्वस्थ्यमा धेरै सुधार भएको छ ।

उनीहरु जस्तै रुपन्देहीका ५४ वर्षीय धनमाया राना पनि मधुमेह, थाईराईडको समस्या नियन्त्रण गनै सफल भएकी छिन् । रानाको मधुमेह अनियन्त्रित भएर शरीरका हातखुट्टा सुन्निने, पिसाबको समस्या र हिंडन नसक्ने अवस्थामा उपचारमा केनमा आईन् । उनीजस्ता धेरै विरामीहरु अहिले नियमित उपचारपछि स्वस्थ्य सुधारमा छन् ।

केन सेन्टरका अध्यक्ष, मधुमेह परामर्शदाता तथा ब्यवस्थापक दिनेश कक्षपतिले रोग लाग्नुभन्दा अगाडि नै सचेत हुनु उपयुक्त हुने बताउँछन् । सावधानी अपनाउँदा अपनाउँदै पनि रोग लागिसकेपछि त्यसको उपचारसंगै रोकथामलाई जोड दिनुपर्ने उनको सुझाव छ । ‘दीर्घरोगमा सही ब्यवस्थापन जरुरी छ’–उनले भने । बिरामीलाई दिईने औषधि र उपचारमात्र नपुग्ने उनी बताउँछन् । बिरामीलाई परामर्श जरुरी हुने उनको दाबी छ ।

बुटवल उपमहानगरपालिकाभित्र ३ वर्षको अवधिमा गरिएको अध्ययनमा ३०÷४० प्रतिशत मधुमेह र ब्लड प्रेसरको समस्या देखिएको छ । त्यसपछिको समस्या मृगौलाको खराबीका बिरामी धेरै देखिएको उनी बताउँछन् । बिरामीहरुको संख्या बढिरहेको बेला यसको रोकथाममा जोड दिनुपर्ने उनको सुझाव छ । बीस वर्षदेखि नेपालमा मधुमेह व्यवस्थापनमा समर्पित अनुभवी र भरपर्दाे उपचार केन्द्रका रुपमा केन सेन्टर रहेको उनी बताउँछन् ।

सेन्टरबाट हजारौले सेवा लिइरहेका छन भने करिब ३ सय जना बिरामीहरु नियमित फलोअपमा छन् । केनमा हर्मन, डाईवेटिज र थाईराईडका विशेषज्ञ चिकित्सकहरुबाट जाँच गरिनेमात्र नभई सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समयमा निःशुल्क स्वस्थ्य शिविर, सचेतनाका कार्यक्रमहरु समेत संचालन गर्दै आएको उनले बताए । मधुमेह, थाईरोइड, हर्मोन, मुटु, मिर्गाैला, प्रयोगशाला, औषधि, खाद्य परामर्श, इको, सम्पूर्ण स्वास्थ परामर्श र व्यवस्थापन सेवा दिदै आएको उनले बताए ।

वरिष्ठ मधुमेह तथा थाईराईड रोग विशेषज्ञ डा. नरेश पराजुलीको सुझाव
वरिष्ठ मधुमेह तथा थाईराईड रोग विशेषज्ञ डा. नरेश पराजुली भने मधुमेह रोग डरलाग्दो रुपमा विश्वभर मृत्युको कारण बनिरहेको बताउँछन् । नसर्ने रोग मधुमेह चार प्रकारको हुनेगर्छ । ‘टाईप टु मधुमेहको रोगीको संख्या बढिरहेको छ’– उनले भने । अहिले ९५ प्रतिशत यो रोग रहेको उनले बताए । नसर्ने रोगमध्येकै सधैभन्दा मृत्यु गराउने रोग मधुमेह बनेको उनले बताए । विश्वमा प्रत्येक ११ जनामध्ये १ जनामा यो रोग हुने अध्ययनमा देखिएको उनले तर्क दिए । समाजमा रोग थाहा नभएका ब्यक्ति धेरै रहेको उनले बताए । सुरुवातमा लक्षण नदेखिने र देखिएपछि पनि मानिसहरुमा लक्षण र समस्या ढिलो देखिने कारण पनि खासै यो रोगको निदानमा चुनौती रहेको उनले बताए । ‘अस्पताल पुग्दासम्म धेरै ढिला हुन्छ’–उनले भने ।

विशेष गरी मधुमेहका कारण आँखा, मृगौला, मुटुका समस्याहरु देखिने उनले बताए । केवल उपचारबाटमात्र यो रोग निको हुने सम्भावना नरहेको उनले बताए । यसबाट कसरी बचाउने भन्ने बारेमा सबै वर्ग, उमेर समुहमा सुचना लैजान जरुरी रहेको उनले बताए ।

एक तथ्याकबाट प्रत्येक ३ जना मधुमेहको रोगीमध्ये १ जनामा मुटुको रोग देखिने र अधिकाशमा मृगौलाका रोग देखिने गरेको उनले बताए । मधुमेहकै अर्को गर्भकालीन मधुमेह पनि डरलाग्दो रुपमा देखिएको उनले बताए । यसको कारण ४ जना बच्चा जन्माउनेमध्ये १ जना आमालाई मधुमेह हुने गरेको छ । विश्वब्यापी रुपमा यो परीक्षणलाई जोड दिनुपर्ने उनको धारणा छ । प्रि डाईविटिजको चरणमा नै पहिचान गर्न सके ५८ प्रतिशत रोग लाग्न अघि नै रोक्न सकिने उनको दाबी छ । ‘विभिन्न तहमा सचेतना नै यसको रोकथाम हो’–उनले भने । जोखिममा रहेका समूहलाई सम्झाई बुझाई गर्नसके धेरै फाईदा मिल्ने उनले बताए । विश्व स्वस्थ्य संगठनले ४० वर्षमुनिको मृत्युलाई रोक्ने अभियान नै थालेको छ । मधुमेह हुदैमा लक्षण नआउने र ढिलो समस्या देखिने कारण मानिसहरु हेलचेक्राई गर्ने गरेको उनले दुखेसो गरे । अस्पतालमा जादा ढिलो भैसकेको हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?