ट्रेंडिंग:

>> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन

भ्रष्टाचार सूचकांकले बढाएको चिन्ता

३० माघ २०८१, बुधबार
३० माघ २०८१, बुधबार

ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलबार विश्वव्यापीरूपमा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांकमा नेपाल गत बर्षभन्दा यो बर्ष एक अंक कमसहित १०७ औं स्थानमा खस्किएको छ । गतवर्ष नेपाल ३५ अंक सहित १०८ औं स्थानमा थियो । ५० भन्दा कम अंक पाउनेहरू भ्रष्टाचारले व्याप्त मुलुककै सूचीमा पर्छन । त्यो हिसावले नेपाल अझैपनि भ्रष्टाचार बढी हुनु मुलुकको सूचिमा अग्रस्थानमै कायम छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपालको भ्रष्टाचार मापन गर्न विभिन्न ६ वटा क्षेत्रमा सर्वेक्षण गर्छ । सर्वेक्षण शुरु भएको १२ वर्षको अवधिमा नेपालको स्कोर र वरीयताक्रममा अहिलेको नतिजा हालसम्मकै उच्च हो । यसले के देखाउँछ भने नेपाल भ्रष्टाचारजन्य मुलुकको रूपमा विश्वमै कहलिएको छ । विगत धेरै बर्षदेखि नेपाल भ्रष्टाचार धेरै हुने सूचिबाट थोरै हुने सूचीमा झर्न सकेको छैन् । नेपाल सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा अघि सारेपनि नेपालमै धेरै भ्रष्टाचार भैरहेको विभिन्न रिपोर्टहरूले सार्वजनिक गरिरहेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगकै रिपोर्ट हेर्ने हो भनेपनि नेपालमा अहिले स्थानीय तहदेखि केन्द्रसम्म भ्रष्टाचारले शिखर चुम्ने क्रम चलिरहेको छ । भ्रष्टाचार नियन्त्रणका लागि नेपालमा खासै ठोस कदम नचाल्नुकै कारण अवस्था चिन्ताजनक बन्दै गएको छ । धेरै भ्रष्टाचार हुने मुलुकको सूचीमा अगाडि आउनु देशकै लागि बिडम्वना हो । यद्यपि नेपाल दक्षिण एसियामै भ्रष्टाचार नियन्त्रणको संस्थागत प्रयास थालनी गर्ने पहिलो राष्ट्र हो तर विडम्वना नै भन्नुपर्दछ– नेपालले आफ्नो साख जोगाउन सकेको छैन र भ्रष्टाचार हुने देशको सूचीमा नेपालले अग्रता कायम राखेको छ । सरकार आफै भ्रष्टाचारलाई प्रोत्साहन र बढावा दिईरहेको छ । नेपालमा विगतमा भन्दा भ्रष्टाचार नियन्त्रणका नारा जोडजोडले उरालिएपनि भ्रष्टाचार नियन्त्रणभन्दा पनि संस्कारका रूपमा गडेर वसेको प्रतीत भएको छ ।

भ्रष्टाचार नियन्त्रणका सवालमा पनि दलगत, समूहगत, व्यक्तिगत स्वार्थले प्रश्रय पाइरहेको छ । आगामी दिनमा भ्रष्टाचार नियन्त्रण गर्ने हो भने हरेक क्षेत्रमा पारदर्शीता एवं स्वच्छ प्रशासनको आवश्यकता छ । त्यसको लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आफ्नो कृयाशीलता बढाउनु जरुरी छ । अख्तियारप्रति पनि जनताको गुनासो बढेको छ । भ्रष्टाचारका ठूला फाईल नखोल्ने र साना साना भ्रष्टाचारका घटनालाई प्राथमिकता दिएर अख्तियारले सकृयता बढाएको देखाउन खोजेको छ । त्यसैगरी सम्पत्ति शुद्धीकरण विभागलाई समेत अव प्रभावकारी वनाउनु जरुरी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्ध सरकार आक्रामक रूपमा प्रस्तुत हुने घोषणा गर्नुभएको छ । सरकारको घोषणा केवल देखावटी नबनोस् । आर्थिक सामाजिक विकासको प्रमुख बाधकका रूपमा रहेको भ्रष्टाचार नेपालमा कम नभएको समाचारले सवैलाई चिन्तित वनाउनु स्वाभाविक हो । यही सन्दर्भमा भ्रष्टाचार नियन्त्रण गर्ने हो भने न्यूनिकरण गर्ने कार्यलाई राज्यले उच्च प्राथमिकता दिनु जरूरी छ । अनियमितता एवं भ्रष्टाचार नियन्त्रण हुनुको साटो मौलाउनुमा राज्यको वेवास्ता र राजनीतिक दलहरूको भ्रष्टाचार कार्यप्रतिको मौनता हो । भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण रहेको कुरा ट्रान्सपरेन्सीको पछिल्लो रिपोर्टले प्रमाणित गरेको छ । आगामी दिनमा भ्रष्टाचार नियन्त्रण गर्ने हो भने हरेक क्षेत्रमा पारदर्शीता एवं स्वच्छ प्रशासन जरुरी छ । त्यसका लागि फेरि पनि नेपालमा दीगो र स्थीर सरकार आवश्यक छ । जेहोस पछिल्लो सार्वजनिक भएको प्रतिवेदनले नेपालीलाई झनै निरास वनाएको छ । भाषणमा नेताहरूले नेपाललाई जति नै भ्रष्टाचारमुक्त देश बनाउने प्रतिवद्धता जनाएपनि शासकहरूको नशा नशामा भ्रष्टाचार गडेर बसेको यी रिपोर्टहरूले बोलिरहेका छन । मुलुकलाई भ्रष्टाचारमुक्त वनाउने जति नै कसम खाएपनि मुलुक भ्रष्टाचारमय भैरहेको ट्रान्सपरेन्सीको रिपोर्टले स्पष्ट गरेको छ । देशलाई सुशासनको दिशामा अघि बढाउने दलहरूको प्रतिवद्धता केवल देखावटी मात्रै रहेको नेपालमा पछिल्लोसमय सार्वजनिक हुने यस्तै रिपोर्टले सार्वजनिक गरिरहेका छन् । साँच्चै नेपाललाई भ्रष्टाचार मुक्त बनाउने अभियानको नेतृत्व गर्ने नायकको खाँचो अव महसुस भैरहेको छ । ट्रान्सपरेन्सीको पछिल्लो रिपोर्टले साँच्चै नेपालीजनलाई चिन्तित वनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?