ट्रेंडिंग:

>> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत

‘सामाजिक सञ्जाल नियमन गरौं’

३० माघ २०८१, बुधबार
३० माघ २०८१, बुधबार

बुटवल, ३० माघ ।
सरकारले अध्यादेश मार्फत ल्याएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमन गर्न ल्याएको विधेयकले सामाजिक सञ्जालको नियमन भन्दा पनि नियन्त्रणमुखी भएको रूपन्देहीमा टिप्पणी गरिएको छ ।बुटवलमा मानवअधिकार तथा शान्ति समाज रूपन्देहीले बुटवलमा आयोजना गरेको सरोकारवालाहरूसँगको छलफलमा सहभागीहरूले विधेयकले आमा नागरिक, सञ्चार जगतको वाक स्वतन्त्रतालाई समेत कुन्ठीत गर्ने गरी आएको भन्दै यसको जनस्तरबाट विरोध गर्नुपर्नेमा जोड दिएका हुन ।

समाजका पूर्व सभापति तथा सल्लाहकार गोविन्द खनालले विधेयक हुबहु पारित गरिए समाज आन्दोलनमा जाने बताए । उनले विधेयकले संविधान प्रदत्त मौलिक हक, प्रेस र अभिव्यक्ति स्वतन्त्रताको मर्मविपरीत रहेको बताए ।
सामाजिक सञ्जालको आवश्यकता, महत्व र उपयोगिता चुलिँदै गएको अवस्थामा निरुत्साहित तुल्याउने गरी नियमनका नाममा नागरिकको मुख थुन्ने प्रावधान संशोधन हुनुपर्ने भनाइ खनालको छ । सामाजिक सञ्जालको प्रयोग मर्यादित, व्यवस्थित र सुरक्षित गर्न नियमन गर्नुपर्नेमा अन्तर्राष्ट्रिय मानवअधिकार एवम् मानवीय कानुनको प्रतिकूल हुने गरी प्रावधान राखिएकाले त्यो मान्य नहुने बताए ।

मानवअधिकार तथा शान्ति समाज रूपन्देही सभापति अर्जुन ज्ञवालीले समाजिक संजाल बिधयेक सम्बन्धि शान्ति समाजको अबधारणा पत्र प्रस्तुत गर्दै नियमनको भाषामा वाक स्वतन्त्रता बन्द हुने गरि बिधेयक आएकोले अविलम्ब फिर्ता गर्न आग्रह गरे । कार्यक्रममा कांग्रेसका नेता युवराज गिरी, नेपाली काग्रेस रूपन्देहीका कोषाध्यक्ष नेता हरि अर्याल, नेकपाका केन्द्रीय सदस्य नेता शरद वली, नेकपा माओवादी केन्द्र नगद अध्यक्ष महेन्द्र भुसाल, नेपाल मजदुर किसान पार्टीका हरिसुन्दर वासीले विधेयक सुधार गर्नुपर्ने बताएका थिए ।

राससका पूर्वअध्यक्ष डा. बालकृष्ण चापागाईं, नेपाल पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष दिनेश पाण्डे, विनोद परियार, अभियन्ता देवराज पोख्रेल, ऋषि आजाद, पत्रकारहरू विश्वास ढकाल, विष्णु भुसाल, टीआर शर्मा, कृष्ण खनाललगायतले विधेयक आमनागरिकको मुख थुन्ने नियतका साथ आएको बताए ।उनीहरूले विधेयकलाई सरोकारवालाहरूसँग व्यापक छलफलपछि मात्रै पारित गर्न सुझाव दिए । विधेयकबारे सरकारलाई ध्यानाकर्षण गराउन कार्यक्रम गरिएको जिल्ला अध्यक्ष अर्जुन ज्ञवालीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?