ट्रेंडिंग:

>> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते

कपिलवस्तुमा लागूऔषधसहित २ जना पक्राउ

३० माघ २०८१, बुधबार
३० माघ २०८१, बुधबार

चन्द्रौटा(कपिलवस्तु), ३० माघ ।

पछिल्लो समय इलाका प्रहरी कार्यालय कृष्णनगरले सीमा क्षेत्रमा तदारुकताका साथ निगरानी बढाएको छ । निगरानी बढाएसँगै अपराधी गतिविधि न्यूनीकरण भएको देखिन्छ । यस्तै कपिलवस्तु कृष्णनगरमा लागुऔसधसहित दुई जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय कृष्णनगर कपिलवस्तुबाट गत सोमबार खटिएको एक प्रहरी टोलीले करिब दिउसो ३ः३० बजेको समयमा जिल्ला कपिलवस्तु कृष्णनगर लिंकगेटबाट लागू औषध (ब्राउन सुगर) सहित तीन पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट एम ०२ सिडी १५२६ नम्बरको कार चेकजाँच गर्ने क्रममा गाडीमा सवार भारत उत्तर प्रदेश जिल्ला सिदार्थनगर पोष्ट बढ्नी ग्राम दुधवानिया बुजुर्ग बस्ने बर्ष अन्दाजी ३६ को इकरामुद्दीनको शरिर पूर्वक खानतलासी गर्दा निजबाट एक प्याकेट लागू औषध ब्राउन सुगर, १ सय मिलिग्राम बरामद भएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्रीले बताए । उनका अनुसार सोही कार खानतलासी गर्दा उक्त गाडीबाट ५ प्याकेट लागू औषध ब्राउन १ सय ६० मिलिग्राम गरि जम्मा २ सय ६० मिलिग्राम लागू औषध ब्राउन सुगर फेला पारेको हो ।

कार चालक भारत उत्तर प्रदेश जिल्ला सिदार्थनगर पोष्ट बढ्नी ग्राम दुधवानिया बुजुर्ग बस्ने बर्ष अन्दाजी १९ को नसिम खान र सोही गाडीमा सवार इकरामुद्दीनलाई पक्राउ गरि कपिलवस्तु जिल्ला अदालतबाट सात दिनका लागि म्याद थप गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । केही महिना अघि प्रहरी निरीक्षक खत्रीले गरेको योगदानको कदर गर्दै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले महिनाको उत्कृष्ट प्रहरीको रुपमा सम्मान समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?