© २०२३
दाङ, २८ माघ ।
दाङको घोराहीमा शुरु भएको जिल्लाकै सबैभन्दा ठूलो पुरस्कार राशीको फुटबल प्रतियोगिता लुम्बिनी च्याम्पियनसिप खुला नकआउट फुटबल प्रतियोगितामा एसएसएफए तुलसीपुरले विजयी शुरुवात गरेको छ । लुम्बिनी फुटबल एकेडेमीको आयोजनामा सोमबार एकडेमीको खेलमैदान घोराही –१७ गैरागाउँमा शुरु भएको उदघाटन खेलमा युएनबीसी घोराहीलाई ३–१ गोल अन्तरले हराउँदै एसएसएफए तुलसीपुरले विजयी शुरुवात गरेको हो । पहिलो हाफ १–० को अग्रता बनाएको युएनबीसीले अग्रता जोगाउन नसक्दा हार व्यहोर्न पुग्यो ।
पहिलो हाफमा पेनाल्टीमार्फत युएनबीसीका निशान घर्तीले प्रतियोगिताको पहिलो गोल गरेका थिए । दोस्रो हाफमा भने एसएसएफए तुलसीपुरले खेललाई आफ्नो नियन्त्रणमा लियो । दोस्रो हाफमा युएनबीसीका गोल किपर ले बल नियन्त्रणमा लिन नसक्दा एसएसएफएका किरण योगीले सहजै गोल गरेका थिए ।
त्यसपछि गोल पोष्टको करिव ४० यार्ड टाढाबाट विजयसिंह ठकुरीले प्रहार गरेको फ्रि किक सिधै जाली चुमेको थियो । खेलको अन्तिम समयमा एसएसएफका निशान डाँगीले गोल पोष्टबाट रिबाउन्ड भएर आएको बल प्रहार गर्दै जाली चुमाउँदै ३–१ को नतिजामा पुर्याय । एसएसएफएसँगको हारसँगै युएनबीसी प्रतियोगिताबाट बाहिरिएको छ ।
अब मंगलबार प्रतियोगिता अन्तरगत दुई खेल हुने लुम्बिनी फुटबल एकेडेमीका अध्यक्ष समीर वलीले जानकारी दिए ।
प्रतियोगितामा विभिन्न ८ टीमको सहभागीता रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
नीजि सरकार र निजि क्षेत्रको सहकार्यबाट खेल विकास ‘स्वस्थ युवा, अनुशासित नेतृत्व र आत्मविश्वास निर्माण, खेल संस्कार र खेलकुदलाई व्यावसायिक रुपान्तरण’ भन्ने नाराका साथ लुम्बिनी फुटबल एकेडेमी घोराहीको आयोजनामा एकेडेमीकै खेलमैदान घोराही १७ गैरागाउँमा प्रतियोगिता शुरु भएको छ ।
एकेडेमीका अध्यक्ष समीर वलीको अध्यक्षता तथा गौतमको प्रमुख आतिथ्य एवम् राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङको लुम्बिनी प्रदेश खेलकुदलुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरनदाज गौतमले सरकार र नीजि क्षेत्रको सहकार्यबाट खेलकुदको विकास सम्भव रहेको बताए । उनले दाङमा निजि स्तरबाट गरिएको लगानीबाट फुटबलको विकासमा ठूलो योगदान पुर्याउने काम लुम्बिनी फुटबल एकेडेमीले गरिरहेको भन्दै यसमा सबै क्षेत्रले सहयोग गर्नुपर्ने बताए ।
खेल क्षेत्रको समग्र विकासका लागि पूर्वाधारको विकास, प्रशिक्षण र प्रतियोगिता महत्वपूर्ण रहने भन्दै लुम्बिनी फुटबल एकेडेमीले तीन वटै विषयलाई समेटेर अघि बढ्नु निकै सराहनीय पक्ष रहेको बताए । यसैगरी, राष्ट्रिय फुटबल टोलीका कप्तान चेम्जोङले फुटबलको विकासका लागि लुम्बिनी फुटबल एकेडेमीले मोफसलमा नयाँ अभ्यासको थालनी गर्नु नेपालमा भोलिका लागि राम्रा खेलाडी उत्दान हुने आधार निर्माण गरेको बताए ।
एकेडेमीमा बस्दै आएका विभिन्न १४ जिल्ला ३० बढी खेलाडीको प्रशिक्षण र पढाई सहयोगार्थ आयोजना गरिएको प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । एकेडेमीले बसेर फुटबल प्रशिक्षण लिईरहेका खेलाडीहरुलाई विदेशी प्रशिक्षकहरुले प्रशिक्षण गराउने काम गर्दै आएका लुम्बिनी फुटबल एकेडेमीले जनाएको छ ।