ट्रेंडिंग:

>> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न

ग्याँस सिलिण्डरको जोखिम र सचेतना

२८ माघ २०८१, सोमबार
२८ माघ २०८१, सोमबार

खाना पकाउने ग्याँस सिलिण्डरको जोखिम पछिल्लोसमय बढ्दै गएपछि सुरक्षालाई लिएर अनेक चिन्ता उत्पन्न भएको छ । लगातार भैरहने सिलिण्ड विष्फोटले त्यसको आयु कति भन्ने बिषयमा समेत वहस हुनु जरुरी छ । संघीय राजधानी काठमाण्डौंमा पाँच दिन अघि सिलिण्डर ग्याँस विष्फोट हुँदा आधा दर्जन व्यक्ति घाईते भएपछि एकपटक पुनः यो बिषयले चर्चा पाएको छ । निश्चितरूपमा सिलिण्डर ग्याँसको बिषयमा सचेत नहुने हो भने यसको जोखिमले मानिसको मृत्युसम्म हुने भएकोले पूर्व सचेतना आवश्यक छ । दुई बर्षअघिमात्रै पनि सांसद चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारी ग्याँस सिलिण्डर दुर्घटनामा पर्दा सांसद भण्डारीकी आमाको मृत्यु भएको घटना अझै ताजै छ । पछिल्लोपटक मुस्कान मम सेन्टरमा भएको सिलिण्डर ग्याँस बिष्फोटले पनि त्यही चिन्ता थपिएको छ । सिलिण्डर ग्याँसको जोखिम कम गर्न सरकारले अनुगमन गर्नु जरुरी छ । अर्कोतर्फ खाना पकाउनेहरूले समेत ग्याँस सिलिण्डर प्रयोग गर्दा सावधानी अपनाउनु आवश्यक छ । कतिपय घटना उपभोक्ताले सचेतना अपनाउन नसक्दा भएका छन् । यसतर्फ सम्बन्धित निकायको ध्यान जाओस् । नेपालमा हरेक बर्ष सिलिण्डर ग्याँस विष्फोट भएको वा आगलागी भएको घटना बाहिर आउने गर्दछ । त्यसबाट कैयौं मानिस जोखिममा परेका छन् । अवको दिनमा सिलिण्डर ग्याँस उद्योगले समेत जोखिमलाई मध्यनजर गर्दै सुरक्षित सिलिण्डर विक्रीमा ध्यान पु¥याउनु आवश्यक छ । लाखौं नागरिकको जीवन सुरक्षासंग जोडिएको यो बिषयमा उद्योगले खेलचारी गर्नु हुँदैन । अर्कोतर्फ उपभोक्ताले समेत यसको जोखिमबाट बच्न सुरक्षित प्रयोगमा ध्यान दिनु आवश्यक छ । बेला बेलामा भैरहने यस प्रकारका ग्याँस सिलिण्डर दुर्घटनाबाट ठूलो मानवीय क्षति हुँदै आएको छ । यस प्रकारको दुर्घटना रोक्न आम नेपाली उपभोक्ता सचेत हुनु जरुरी छ । पूर्व सावधानी र सचेतनाले ग्याँस दुर्घटनाको जोखिमबाट बच्न सकिन्छ । त्यसका लागि फेरीपनि आम उपभोक्ता ग्याँस सिलिण्डरको प्रयोग र यसको जोखिमका विषयमा सचेत हुन जरुरी छ । सिलिण्डर कहिले बनेको हो र त्यसको म्याद कति छ भन्ने विषयपनि उपभोक्ताले जान्नैपर्ने कुरा हो । ग्याँस विक्रेताहरूका अनुसार जोखिमबाट बच्न सिलिण्डरको घाँटीमा भएका तीनवटा लाम्चा डण्डीमध्ये एउटामा भित्रपट्टी सिलिण्डरको म्यादलाई जनाउनेगरी कोड राखिएको हुन्छ । सो कोडकै आधारमा सर्वसाधारणले सिलिण्डरको म्याद पत्ता लगाउन सक्छन् । त्यसैगरी यस्ता ग्याँसको सुरुमा ए, बी, सी र डी मध्ये एउटा अक्षर लेखिएको हुन्छ । त्यसपछि १६, १७, २०, २२, २५ आदि अंकहरू लेखिएको हुन्छ । यसकै आधारमा सर्वसाधारणले सिलिण्डरको म्याद थाहा पाउन सकिन्छ । अव उपभोक्ताले ग्याँस किन्न जाँदा त्यस विषयमा चनाखो भएर हेर्ने र बुझ्ने गर्न सकिएको अवस्थामा मात्रै पनि जोखिमको पूर्व अवस्थाबाट जोगिन सकिन्छ । त्यसैगरी ए, बी, सी र डीले अंग्रेजीका क्रमशः ३–३ महिना जनाउँछ । एले जनवरी, फेब्रुअरी र मार्च महिना जनाउँछ भने बीले अप्रिल, मे, जुन महिनालाई जनाउँछ । सीले जुलाई, अगष्ट र सेप्टेम्बर तथा डीले अक्टोबर, नोभेम्बर र डिसेम्बर महिनालाई जनाउँछ । आम उपभोक्ताले यी कुरामा सजिलै ध्यान पु¥याउन सकेको अवस्थामा पनि जोखिम कम गर्न सकिन्छ र संभावित दुर्घटना रोकिन्छ । एउटा सिलिण्डरको म्याद १० वर्षसम्म हुन्छ । १० वर्षपछि हाइड्रोलिक टेष्ट गर्नुपर्ने र ५ वर्ष म्याद थप्न सकिन्छ । तर ग्याँस उद्योगहरूले भने हाइड्रोलिक टेष्टको मापदण्ड अवलम्वन नगरेको पाईएको छ । जुन दुर्घटनाका लागि घातक सिद्ध हुन सक्छन् । तसर्थ अवको दिनमा उद्योग र उपभोक्ता सवैले जोखिमबाट बच्ने र बचाउने विषयमा सतर्कता अपनाउनु समयको माग हो । सानो सावधानीले ठूलो घटनाबाट जोगिने भएकोले उपभोक्ता सचेतता अत्यावश्यक छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?