Butwal Today

वडाले बाँड्यो वडाबासीलाई प्रेसर कुकर र कम्बल

२८ माघ २०८१, सोमबार
अ+
अ-

कपिलवस्तु, २८ माघ

जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर ४ पिपरामा वडाका बिधवा र एकल महिला लाई प्रेसर कुकर तथा जेष्ठ नागरिक र अति बिपन्न नागरिकलाई कम्मल बितरण गरिएको छ ।

वडा कार्यालयको आयोजनामा वडाको सामाजिक बिकास कार्यक्रम अन्र्तगत वडाका ८५ जना नागरिकलाई प्रेसर कुकर तथा ३ सय १० जना नागरिकलाई कम्मल बितरण गरिएको हो । वडा अध्यक्ष अस्फाक अहमद मुसलमान, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामकृष्ण तेली, वडा सदस्यहरु हृदयराम यादव, ईनरमती लोध र सर्बवति पासीले लक्षित वडाबासीलाई सामाग्री हस्तान्तरण गरेका थिए ।

पालिका र वडाले सामाजिक बिकासका कार्यक्रमलाई प्राथमिकतामा राखेर नागरिकलाई सामाजिक बिकासका कार्यक्रम अन्र्तगत आवश्यकताका आधारमा यस्ता सहयोग गर्दै आएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामकृष्ण तेलीले बताए ।

वडाका बिद्यवा एकल महिला, जेष्ठ नागरिक र अति बिपन्नलाई सामाजिक बिकास कार्यक्रम अन्र्तगत प्रेसर कुकर र कम्मल हस्तान्तरण गरिएको वडा अध्यक्ष अस्फाक अहमद मुसलमानले जानकारी दिए । वडाले बिकास निर्माणका कार्य सगै शिक्षा, स्वास्थ्य र सामाजिक बिकासका कार्यलाई प्राथमिकता दिदै आएको उनले बताए ।