ट्रेंडिंग:

>> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न

जन्मदिनमा रक्तदानको संस्कार बस्दै

२७ माघ २०८१, आइतबार
२७ माघ २०८१, आइतबार

बुटवल, २६ माघ । अर्जुन ज्ञवालीले शनिबार आफनो जन्मदिन रक्तदान गरि मनाए । नेपाल स्वयंसेवी रक्तदाता समाज रूपन्देही शाखाको अभियानलाई साथ दिँदै आफ्नो जन्मदिनमा रक्तदान गरेका हुन् । “सामाजिक कार्यमध्ये कै उत्कृष्ट रक्तदान गर्दा धेरै खुशी लागेको छ” उनले भने । ‘ओ’ पोजिटिभ रक्त समुह रहेका उनले जन्मदिनमा मात्र नभई ३–३ महिनामा नियमित रक्तदान गर्दै आएका छन । “मेरो शरिरमा खेर जाने रगतलाई दान गरेर कुनै एउटा बिरामीको ज्यान जोगाउन पाउनु सौभाग्य ठान्छु” उनले भने । सपरिवार उनी नेपाल रेडक्रस सोसाईटी रक्त सेवा संचार केन्द्र बुटवलमा जन्मदिन मनाए ।

नेपाल स्वयंसेवी रक्तदाता समाजका आजिवन सदस्य माधव पराजुलीले पनि शनिबार आफ्नो जन्मदिनमा रक्तदान गरे । २८औं पटक रक्तदान गर्दै गरेका उनी जन्मदिनमा रक्तदान अभियानलाई मद्दत मिल्ने गरि रक्तदान गरेको बताए । “हामीले गरेको कामले अरूलाई पनि रक्तदान गर्न प्रोत्साहन हुने आशा छ” उनले भने ।

शनिबार नै जन्मदिन परेका नबिन श्रेष्ठले पनि रक्तदान गरे । जन्मदिनमा अरूभन्दा फरक र रक्तदानजस्तो पुण्य काम गर्दा निक्कै आनन्द लागेको उनले बताए । ओ पोजिटिभ रक्त समूह रहेका उनले सातौं पटक रक्तदान गरेका हुन् । “नियमित रक्तदान गर्दै आएको छु” ज्ञवालीले भने । ओ पोजिटिभ ब्लड ग्रुप भएका उनी आफ्नो गाउँठाउँमा पनि रक्तदान गर्न प्रोत्साहन गर्दै आएका छन । नेपाल स्वयंसेवी रक्तदाता समाज रूपन्देही शाखाका अध्यक्ष कृष्ण चौहानले जन्मदिनमा रक्तदान गर्ने अभियानले बुटवलको रगत अभाव रोक्न मद्दत मिलेको बताए । “रगत नपाए बुटवल जाऔं !” भन्ने नारामार्फत बुटवललाई हबका रूपमा चिनाउने काम भएको उनले बताए ।

समाजबाट विकट गाउँका टोलहरूमा सचेतनामूलक रक्तदान कार्यक्रम, १७ वर्ष पुरासंगै रक्तदान, जन्मदिनमा रक्तदान, वैवाहिक वर्षगाठमा रक्तदान लगायत धेरै अभियानहरू सार्थक भएको उनले बताए । ब्लड बैंकमा विभिन्न रक्तसमूहको रगत अभाव हुने गरेको भन्दै यसका लागि अभियानसँगै आकस्मिक रक्तदान गर्दै आएको उनले बताए ।

यसैबीच नेपाल स्वयंसेवी रक्तदाता समाज रूपन्देही शाखाको आयोजनामा शनिबार १४३ औ नियमित रक्तदान कार्यक्रमको एक समारोहका बिच नेपाल पत्रकार महासंघका अध्यक्ष दिनेश पाण्डेय, नेपाल स्वयंसेवी रक्तदाता समाज रूपन्देही शाखाका अध्यक्ष कृष्ण चौहान, मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय विभागिय सदस्य कृष्ण भट्टराई, कार्यक्रम संयोजक उदय भट्टराईले जन्मदिन परेको मानव अधिकार तथा मानव अधिकार तथा शान्ति समाजका सभापति अर्जुन ज्ञवालीलाई ब्लड ब्याग हस्तान्तरण गरि उद्घाटन गरेका छन ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष दिनेश पाण्डेयले रगत अभियानलाई सार्थक बनाउन समाजका सबै समुदायको अपनत्व हुन जरुरी रहेको बताए । समुदायमा रक्तदानको महŒव बुझाउन बारेमा कार्यक्रम चलाउन जरुरी रहेको उनले बताए । कुनै समयमा रक्तदानको अभियानको नाममा आयोजक संस्थाको रक्तदान संख्या बढाउन सेना, प्रहरीलाई प्रयोग गर्ने गलत प्रवृत्ति तोड्न समाज सफल भएको उनले बताए । मानव अधिकारको हिसाबमा केहि संस्थाहरू गलत काम गरेको उनले दाबी गरे । नेपालका सबै अस्पतालमा उपचार गर्ने बिरामीहरूलाई रगत निःशुल्क गर्नुपर्ने तर्क दिँदै उनले सरकार रगतको ब्यापारी बनेको आरोप लगाए । ‘सरकारी अस्पतालमा निःशुल्क घोषणा गरिरहँदा त्यसको दोब्बर बढि बिरामी भने निजी अस्पतालमा सेवा लिन बाध्य छन,’–उनले भने । डायलोसिस देखि अन्य धेरै समस्या भएका बिरामीलाई सरकारी अस्पतालमा उपचार दिनसक्ने क्षमता नभएको उनले दाबी गरे ।

कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज रूपन्देही शाखाका अध्यक्ष कृष्ण चौहानले रक्तदान कार्यक्रमबाट रगत अभावलाई रोक्न अभियान सफल रहेको भन्दै यसलाई नियमित गर्दै आएको बताए । ब्लड बैकमा ओ पोजिटिभ बाहेकको रगत अभाव रहेको वर्तमान अवस्थामा शनिबारबाहेक दैनिक आकस्मिक रक्तदान गरिरहेको उनले बताए । नेपाल सरकारबाट सरकारी अस्पतालमा उपचार गर्ने बिरामीहरूलाई निशुल्क रगत ब्यवस्थापन गर्दै आएको भएपनि त्यो पर्याप्त नभएको उनले बताए । निःशुल्क रगतबारे गण्डकी प्रदेश सरकारको निर्णय उपयुक्त भएको भन्दै उनले सबै प्रदेश सरकार गण्डकी मोडालिटी अपनाउन सके आम नागरिकलाई फाईदा मिल्ने बताए ।

कार्यक्रममा मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय विभागिय सदस्य कृष्ण भट्टराई, समाजका सदस्य हरि ज्ञवालीले रक्तदान जस्तो पुण्य कामलाई सबै संघसंस्थाहरूको साथ सहयोग जरुरी हुने बताए । कार्यक्रमका संयोजक उदय भट्टराईले बुटवल वरिपरि आठ स्थानमा रक्तदान भैरहेको भन्दै रगतको अभियानलाई निरन्तर लाग्नुपर्ने ३५ युनिट रगत संकलन भएको बताए । यसैबिच कार्यक्रममा समाजको आजिवन सदस्यता लिएका सदस्यहरूलाई समेत प्रमाणपत्र वितरण गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?