© २०२३
बुटवल, २५ माघ ।
लायन्स क्लब अफ बुटवल सयपत्रीद्वारा शुक्रबार आयोजित एक बृहत् आँखा र दन्त शिविर रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा ११ स्थित भुल्के माविमा सम्पन्न भएको छ । उक्त शिविर बुटवल लायन्स आँखा अस्पताल र सिद्धार्थ डेन्टल क्लिनिकको सहयोगमा सम्पन्न भएको हो ।
कार्यक्रम लायन्स क्लब अफ बुटवल सयपत्रीका अध्यक्ष कमला बस्नेत कुँवरको अध्यक्षतामा भएको कार्यक्रमको लायन्स डिस्ट्रिक ३२५ पी का गभर्नर पुरुषोत्तम भक्त प्राधानांगले उदघाटन गरेका थिए ।
तिलोत्तमा नगरपालिका वडा ११ का वडा अध्यक्ष विष्णु बहादुर बराल क्षेत्री र फष्ट डिस्ट्रिक गभर्नर लायन बालाराम भट्टराई साथै, भुल्के माविका अध्यक्ष प्रेम बहादुर कनौजे, प्रिन्सिपल दुर्गा सापकोटा, भुल्के माविका सल्लाहकार तेज बहादुर कुँवर क्षेत्री, सयपत्री क्लबका गाइडलाइन ज्ञानेन्द्र सिमानगैडा, एरिया ४ का एरिया चिफ दिपक श्रेष्ठ, रिजन ११ का रिजन चियर पर्सन बाबुराम खनाल र जोन चियर पर्सन महेश श्रेष्ठ, समाज सेवी टेक बहादुर क्षेत्री, रिता कुँवर, मञ्जु गाहा, क्लवका पूर्व अध्यक्ष रोशनी पाण्डे र सृजना श्रेष्ठ लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
शिविरमा झण्डै ५०० जना विद्यार्थी र स्थानीय बासिन्दाले आँखा र दन्त जाँच गराएका थिए । शिविरले विशेष गरी विद्यार्थीहरूको दृष्टि र दन्त स्वास्थ्य सुधार्न सहयोग पुर्याएको थियो भने स्वास्थ्य सचेतना अभिवृद्धि गर्दै विद्यार्थीहरू र तिलोत्तमा नगरपालिका वडा ११ का बासिन्दाहरूलाई निःशुल्क चिकित्सा सेवा प्रदान गरिएको थियो ।
कार्यक्रम संयोजक, क्लबका पूर्व अध्यक्ष सुनिता बजिमय र क्लबका डाइरेक्टर माया राईको नेतृत्वमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो । विद्यार्थीहरूको राम्रो दृष्टि र दन्त स्वास्थ्य प्राप्त गराएर उनीहरूको अध्ययन र आत्मविश्वास वृद्धि गर्ने, साथै स्थानीय बासिन्दाहरुलाई स्वस्थ जिवनशैली र सकारात्मक परिवर्तनको महत्व बताउने उद्देश्यले कार्यक्रम गरिएको संयोजक सुनिता बजमियले बताइन् ।
यस्तै लायन्स क्लब अफ बुटवल सयपत्रीका अध्यक्ष कमला बस्नेत कुँवरले कार्यक्रमको मुख्य उद्देश्य भनेको साना समस्याहरूलाई गम्भीर रोगमा परिणत हुनबाट रोक्नु, जनचेतना अभिवृद्धि गर्नु र सबैलाई समयमा नै उपचार र परामर्श प्राप्त गर्न सहयोग पुर्याउनु रहेको बताइन् ।