ट्रेंडिंग:

>> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने

बाँकेको राप्ती सोनारीमा पहिलो पटक कृषि, व्यापार एवं पर्यटन महोत्सव हुँदै

२६ माघ २०८१, शनिबार
२६ माघ २०८१, शनिबार

नेपालगञ्ज, २६ माघ ।

बाँकेको राप्ती सोनारीमा ‘प्रथम राप्ती सोनारी कृषि व्यापार एवं पर्यटन महोत्सव–२०८१’ सञ्चालन हुने भएको छ । राप्ती सोनारी उद्योग वाणिज्य संघको मुख्य आयोजनामा आगामी फागुन १ गतेदेखि ११ गतेसम्म राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ बिनौनामास्थित रंगशालामा महोत्सव हुने भएको हो । महोत्सवबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा राप्ती सोनारी उद्योग वाणिज्य संघका अध्यक्ष टिकाराम ढुंगानाले कृषि पर्यटन व्यापार व्यवसाय प्रवर्धनका लागि महोत्सव गर्न लागिएको बताए ।

महोत्सवमा नविनतम प्रविधिजन्य उत्पादनहरु, महिलाद्वारा तथा स्थानीय स्तरमा उत्पादित बस्तुहरु प्रमुख आकर्षण रहनेछन्,’ उनले भने । अध्यक्ष ढुंगानाका अनुसार महोत्सवमा विभिन्न ब्यापारिक, कृषि, सहकारी, राप्ती सोनारी र नरैनापुरको पर्यटकीय क्षेत्रको प्रचार–प्रसार लगायत सम्बन्धी स्टलहरु रहनेछन् ।

महोत्सवमा व्यापार व्यवसायका साथै राष्ट्रिय तथा स्थानीय कलाकारबाट मनोरञ्जन प्रदान गरिने संघका महासचिव मोहन गौतमले जानकारी दिए । ‘महोत्सवमा हरेक दिन स्थानीय एवम् राष्ट्रिय स्तरका साँस्कृतिक कार्यक्रम हुनेछन्,’ उनले भने ‘हामी राप्ती सोनारीका स्थानीय कलाकारलाई पनि कार्यक्रममा सम्झिनेछौं ।’ महोत्सव सञ्चालनका लागि राप्ती सोनारी गाउँपालिकासहित विभिन्न सरकारी तथा गैरसरकारी निकायको सहकार्य हुने उनले बताए ।

महोत्सव अवधिभर एक लाख ५० हजार देखि २ लाख दर्शक भित्र्याउने लक्ष्य लिइएको छ । स्थानीय अर्गानिक, रैथाने कृषि उत्पादन, स्थानीय सिपबाट उत्पादित बस्तु, स्वदेशी उद्योगबाट उत्पादित बस्तुको संरक्षण, प्रवद्र्धन तथा बजारीकरणका लागि उद्योगी तथा ब्यवसायीहरुलाई सहयोग पुर्याउँदै स्थानीय उत्पादनको प्रवद्र्धन तथा बजारीकरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । बाँकेको राप्ती सोनारी तथा नरैनापुर क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण, प्रवद्र्धन तथा प्रचार प्रसारका लागि पहल गर्न पनि महोत्सव सफल हुने विश्वास लिइएको छ । बाँके राष्ट्रिय निकुञ्जलाई पर्यटकीय हबका रुपमा विकास गर्नुका साथै पर्यापर्यटनका क्षेत्रमा समन्वयकारी भूमिका निर्वाह गर्न महोत्सवले मद्धत पुर्याउने आयोजकको अपेक्षा छ । महोत्सवबाट संकलित रकमले राप्ती सोनारी उद्योग वाणिज्य संघको संस्थागत विकासका लागि अत्याधुनिक भवन निर्माण गरिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?