ट्रेंडिंग:

>> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप

लनटेनिस सीप बाँड्दै विकास

काठमाडौं केन्द्रित र सम्भ्रान्त खेल्ने पहिचान बनाएको टेनिस अहिले नेपालका मुख्य शहरहरू पोखरा, बुटवल, भैरहवा, बर्दियामा बिस्तारै हुँदै गएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय उमेर समूहका खेलाडी उत्पादनमा समेत अघि बढेको छ ।
२५ माघ २०८१, शुक्रबार
२५ माघ २०८१, शुक्रबार

बुटवल, २४ माघ ।
गुलेरियाकी आकृति ढकाल लनटेनिस कोर्टमा भेटिन्छिन । ¥याकेट समाउने, बललाई मिलाएर हान्ने तरिकाहरू उनले सिक्दैछिन । सनराईज ईगलिस बोर्डिङ स्कुल कक्षा ६ मा अध्ययरत उनी खेलमा सानैदेखि रुचि राख्ने गरेको बताईन । टिभीमा लनटेनिस हेरेकी उनलाई खेल्न अझ रमाईलो लागेको बताईन । ‘खुबै मजा आयो,’ उनले भनिन । उनी एक हप्ते लनटेनिस कोर्ष लिदैछिन ।

समरज्योती स्कुल, कक्षा ५ मा अध्ययनरत प्रियान्सी खत्री पनि अहिले टेनिसमा आकर्षित भईन । सानैदेखि खेलमा रुचि भएकी उनी टेनिसमा रमाएकी छिन । टेनिसमा कसरी ¥याकेट समाउने, कसरी भलि हान्नेमात्र नभई खेल अनुसासन पनि सिक्न पाएको उनी बताउँछिन । ‘टेनिस खेलमा रुचि जागेको छ ।’–उनले भनिन । विद्यालय सकेपछि उनी साँझ समयमा नै मैदानमा पुग्छिन ।

लिटिल बोर्डिङ स्कुल कक्षा ४ मा अध्ययनरत ९ वर्षका उपार्थ पौडेल पनि अहिले लनटेनिसको कखरा सिक्दैछन । बुबाआमाको खेलाडी बनाउने ईच्छा पुरा गर्न उनी मैदानमा मेहनत गरिरहेका छन । छोराको सिकाईबाट बुबाआमा धेरै खुशी छन । कोर्टमा उनले सर्भिस गर्दा बल समाउने, हातमा ¥याकेट समाउने जस्ता सामान्य ज्ञानसँगै धेरै अतिरिक्त अनुसासनका ज्ञान भएको बताए ।

बर्दिया जिल्लाको गुलेरियामा खेलप्रेमीहरूको अगुवाईमा स्थानीय सरकारबाट समेत सहयोग हँुदा ९ महिनाअघि लनटेनिस कोर्ट निमार्ण गरिएको हो । गुलेरिया कबर्ड हलमा रहेको आठ कठ्ठा क्षेत्रफलमा २ वटा कोर्ट निर्माण भएसँगै खेल गतिविधि समेत बढ्दै गएको छ । बर्दिया लन टेनिस संघका अध्यक्ष दिपक शर्माले कोर्ट निर्माण भएको एक वर्षमा धेरै खेलकुदका गतिविधिहरू गरेको बताउँछन । काठमाडौं केन्द्रित टेनिस अहिले नेपालको पश्चिम कुनातिर समेत आफूहरूले खेल्न र सिकाउने माहौल तयार गरेको उनले बताए । गुलेरिया यसअघि नै फुटबल, क्रिकेट, खोखो खेलमा राष्ट्रिय खेलाडी उत्पादन गर्ने क्षेत्रको रूपमा पहिचान बनाएको भन्दै अब टेनिसमा पनि राम्रो भविष्य देखेको उनले बताए । यसैबीच प्रशिक्षक भित्राएर नै पहिलोपटक गुलेरियामा टेनिस तालिम समेत आयोजना गरिदा यसले थप हौसला बढेको उनले बताए । ‘युवा खेलाडी उत्पादन गर्ने गरि काम गर्दैछौं’–उनले भने । बर्दियामा पनि लनटेनिस कोर्ट निमार्णसंगै प्रशिक्षणमा समेत विशेष चासो बढेको छ । ‘पहिले हामी टेनिस खेल्नेमात्र गथ्यौ भने अहिले धेरै सिक्न सफल भएका छौं’–उनले भने । गुलेरियामा संचालन भएको बेसिक टेनिस तालिममा अहिले बिहान २० जना सिनियर र बेलुका ३५ जना बालबालिकाहरूले खेल सिक्दैछन । प्रशिक्षक विकास खड्काले गुलेरियामा टेनिस सिकाएका छन । उनि परिचित पूर्व खेलाडी तथा रूपन्देही लनटेनिसमा स्थापनाकालदेखी नै टेनिस प्रशिक्षक हुन । टेनिसको बेसिकमा ग्रिप, फोर हेन, ब्याक हेन, रेडि पोजिसन, बच्चाहरूलाई मोटिभेसन दिने जस्ता महत्वपूर्ण भूमिका हुने उनले बताए । ‘बेसिक सिकाईको छोटो समयावधिमा लनटेनिस खेल, कोर्ट, यसमा प्रयोग हुने शब्दावलीहरू समेत सिकाईन्छ,’–उनले भने । खेलप्रति माया जगाउन सके खेलाडी उत्पादन आफै हुने उनको तर्क छ ।

हाल श्री सैनिक आवासिय महाविद्यालय बुटवलका लनटेनिसका हेडकोच समेत रहेका खड्का न्यु होराईजन बोर्डिङ स्कुलका समेत प्रशिक्षक हुन । जहाबाट राष्ट्रिय र अन्तराष्ट्रिय (जुनियर) एशियन प्रतियोगितामा भाग लिएका खेलाडीहरू उत्पादन गरेका छन् । जसमा निश्चल ज्ञवाली, सहनवाज आलम, वृजेश अर्याल, रोहित रानाभाट, प्रिति गौतम, सलिना गौचन, विकास पाण्डे, आयुष गुरुङ लगायत हुन ।
यसका साथै उनी त्रिभुवन आर्मी अफिसर क्लबका समेत प्रशिक्षक हुन जहाँ उनले ५ हजार बढी अफिसरहरूलाई लनटेनिस सिकाएका छन् ।
कुनै बेला काठमाडौं केन्द्रित रहेको लनटेनिस खेल अहिले नेपालका धेरै शहरहरूमा बिस्तार हुँदै गएको लनटेनिस संघ लुम्बिनी प्रदेशका सचिव गोपाल ज्ञवाली बताउँछन । नेपालका मुख्य शहर पोखरा, बुटवल, नारायणगढ, बर्दियामा यो खेलको आकर्षण छ । पोखरा र बुटवलमा राष्ट्रियस्तरको प्रतियोगिता नै आयोजना हुँदै आएको उनले बताए । यसका साथै बालबालिकाहरूलाई लक्षित गरि विभिन्न लेभलका प्रशिक्षण समेत हुदै आएको उनी बताउँछन् । भर्खरमात्र नेपाल अन्तर्राष्ट्रिय बरियतामा समेत एक खुड्किला जिभिना फोरमा उक्लिन सफल भएको छ । नेपालको टेनिस विकासमा महत्वपूर्ण योगदान दिदै आएका नेपाल टेनिस संघका अध्यक्ष ज्योती राणा र पूर्वअध्यक्ष मनोज राणा दम्पतीबाट समेत युवा खेलाडी उत्पादनको क्षेत्रमा महत्वपूर्ण योगदान हुदै आएको छ । प्रत्येक वर्ष मन्जेयकार जुनियर प्रतियोगिता आयोजना, जिल्लाहरूमा हुने प्रतियोगितामा आर्थिक तथा भौतिक सहयोग गर्दै आएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?