Butwal Today

कमलपोखरी ग्याँस विष्फोटः  घाईते ११ मध्ये दुई जनाको अवस्था गम्भीर

२४ माघ २०८१, बिहीबार
अ+
अ-

काठमाडौं ।

काठमाडौंको कमलपोखरीस्थित शानदार मःमः पसलमा ग्याँस सिलिण्डर विष्फोट हुँदा ११ जना घाइते भएका छन् ।

बिहीबार बिहान करिव ९ वजेतिर शानदार मःमः पसलमा ग्याँस सिलिण्डर विष्फोट भएको हो । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

ग्याँस सिलिण्डर विष्फोट भएपछि पसलमा आगलागी भएको थियो । घाइतेमध्ये ९ जनाको हिमाल अस्पताल र दुई जनाको कीर्तिपुरस्थीत बर्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ग्याँस सिलिण्डर विष्फोटको कारण र क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?