© २०२३
कपिलवस्तु, २४ माघ
मनकारी अग्रज समाजसेवी तथा वरिष्ठ साहित्यकार हरिराज अर्याल शर्मा (हराश) लाई ‘नेसनल सोसल वेलफेयर’ अवार्ड २०२४ बाट सम्मानित गरिएको छ ।
उपसभामुख इन्दिरा रानामगरले शर्मालाई सिजन मिडियाद्वारा काठमाडौं स्थित राष्ट्रिय नाचघरमा राष्ट्रिय समाजसेवा अवार्ड प्रदान गरेकी हुन् । सिजन मिडियाले सामाजिक क्षेत्रमा क्रियाशिल व्यक्ति र संस्थाहरुले सम्मानका लागि पाँचौं संस्करण अन्तर्गत आयोजना गरेको कार्यक्रममा शर्मालाई अवार्ड दिइएको हो ।
कपिलवस्तु जिल्लाकै अग्रज समाजसेवी तथा साहित्यकारका रुपमा शर्मा स्थापित छन् । ५ दशकदेखि नै सामाजिक काममा अग्रसर उनले समाज सेवाका साथै कपिलवस्तु जिल्लाको साहित्यिक गरिमा र ओज श्रीबृद्धी गर्न महत्वपूर्ण योगदान गरेकाले अबार्ड प्रदान गरिएको हो । सामाजिक सेवामा काम गरेका व्यक्तित्वको हौसला बृद्धि गर्न र समाजसेवामा अझै योगदान बृद्धि गराउने उद्देश्यका साथ अवार्ड आयोजना गरिदै आएको सिजन मिडियाका अध्यक्ष प्रदिपराज वन्तले जानकारी दिए । अनलाईन र बिभिन्न माध्यमबाट देशभरीका ३ सय जना समाजसेवामा क्रियाशिल व्यक्तित्वको बिवरण संकलन गरि सो मध्यबाट छनौटमा परेका १८ जना समाजसेवीलाई सम्मान गरिएको अध्यक्ष वन्तले स्पष्ट पारे ।
शर्मा सगै समाजसेवी तथा रक्तदाता संकलक अमृत नारायण मानन्धर, हिमालय वृद्धाश्रम केन्द्र गंगवुकी सरला पन्थी, समाजसेवी इसा गुरुङ लण्डन, गाउँले पर्यटनका पथ प्रदर्शक तथा घुमन्तेका सस्थापक कञ्चन राई, समाजसेवी फुपुल्हामो लामा, नयाँ परिवर्तन नेपाल महिला पुनःस्थापना केन्द्र धरानकी सस्थापक प्रतिभा थापा, मनमैजु माध्यमिक विद्यालयकी प्रधानाध्यापक रविना महर्जन, कानुन व्यवसायी राधिका खतिवडा, अक्सा नेपाली सस्थापक राइना व्यन्जनकार, अटिजम ‘विशेष स्कुल तथा पुनस्र्थापन केन्द्रकी सस्थापक सविता उप्रेती, सगरमाथा नेपालकी सस्थापक सावित्री कुमारी अधिकारी, नेपाल युथ काउन्सीलका अध्यक्ष सरोज बानिया, चुरे बन जंगल संरक्षण बारा अभियानका सस्थापक सुनिल यादव, वरिष्ठ पत्रकार जन्मदेव जैसी, पर्यटन प्रर्वद्धक तथा उपहासचिव एनआरएनए आइसिसि सोमनाथ सापकोटा र जय नेपाल एनजिओका सस्थापक अल्वटो लुजिइ रोम लाई अवार्ड प्रदान गरीएको थियो ।
उक्त कार्यक्तममा नेपाल दृष्टिविहीन कल्याण सङ्घ काठमाडौंका अध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटिमा समर्पित व्यक्तित्व समाजसेवी र साहित्यकार तीर्थराज वन्तलाई दिर्घसेवा सम्मान प्रदान गरिएको थियो । उक्त कार्यक्रममा अवार्ड व्यक्ति छनौट तथा कार्यक्रम सल्लाहाकारको भुमिकामा समावेशी मासिकका सम्पादक खिलबहादुर भण्डारी, ग्लोबल आइएमई बैंक लि पव्लिक रिलेशन अफिसर योगेश पोखरेल, न्यूजपोलार डट कम सम्पादक शुसील अर्याल, साउथवेस्टन स्टेट कलेज,बसुन्धरा सहायक क्याम्पस प्रमुख हरि सिंह के.सी वरिष्ठ फोटोपत्रकार तथा गीतकार हरि गोपाल प्रधान र व्यवसायी तथा समाजसेवी अमित शर्मा रहेका थिए ।
७२ वर्षे शर्माले नेपाल नेत्र ज्योति संघ कपिलवस्तु शाखालाई तौलिहवा आखा अस्पताल संचालन गर्न ३ कठ्ठा र नेपाल बार एशोसियसन कपिलवस्तु बार ईकाईलाई भवन बनाउन ११ धुर जग्गा निःशुल्क प्रदान गरेका थिए । त्यस्तै सामाजिक संस्था सेतो गुरास बाल बिकास संस्थालाई भवन बनाउन १० धुर र रेडियो परिवर्तनलाई भवन बनाउन ५ धुर जग्गा निःशुल्क दान गरेका थिए । नेपाली ईतिहासमा त्रिभुवन, मदन र साझ पुरस्कार पाउने एकमात्र साहित्कार स्व. भवानी भिक्षुको प्रतिमा स्थापना गरि कपिलवस्तुको सदरमुकाम तौलिहवामा एउटा चोकको नामाकरण पनि भवानी भिक्षु चौक गराएका थिए । उनका खण्डकाब्य, कबिता संग्रह, बाल कबिता, शोक काब्य र अवधि कबिता गरी १६ वटा कृति प्रकाशित छन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी