© २०२३
दाङ, २३ माघ।
घोराही उपमहानगरपालिका वडा नं. ८ का अध्यक्ष जितेन्द्र शाहलाई एमालेले कारबाही गरेको छ । एमाले जिल्ला कमिटीको बुधबार घोराहीमा बसेको बैठकले शाहलाई साधारण सदस्य पनि नरहने गरी कारबाही गरेको हो । पार्टी हितविपरीत काम गरेका कारण शाहलाई कारबाही गरिएको एमाले दाङका प्रचार विभाग प्रमुख संगित बस्यालले बताए ।
शाहले सार्वजनिकरुपमा र सामाजिक सञ्जालमा पार्टी र नेताविरुद्ध अभिव्यक्ति दिने गरेको र पटकपटक सचेत गराउँदा पनि सुधार नभएपछि कारबाही गरिएको उनले बताए । शाह २०७९ को निर्वाचनमा एमालेबाट वडाध्यक्ष निर्वाचित भएका थिए ।
बैठकले यही फागुन ५ गते एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने गरी घोराहीमा आयोजित सभालाई सफल पार्न जिल्ला अध्यक्ष शिवकुमार आचार्यको संयोजकत्वमा १ सय ७६ सदस्यीय मूल व्यवस्थापन समिति र विभिन्न उपसमिति गठन गरेको बस्यालले जानकारी दिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी