ट्रेंडिंग:

>> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी

सिद्धार्थनगरको स्थापना दिवसः औद्योगिक र पर्यटकीय विकासमा जोड

२३ माघ २०८१, बुधबार
२३ माघ २०८१, बुधबार

भैरहवा, २३ माघ ।
रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाले स्थापना भएको ५७ वर्ष पुगेको छ । ५७औं स्थापना दिवसका अवसरमा मंगलबार नगरपालिकाले भैरहवास्थित महेन्द्र सभागृहमा विशेष समारोह आयोजना गरी दिवस मनाएको छ । स्थापना दिवसको मूल समारोहमा बोल्ने वक्ताहरूले नगरपालिकालाई औद्योगिक एवं पर्यटकीय हवका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । पछिल्लो समय शिक्षा, स्वास्थ्यको क्षेत्रमा पनि नगरपालिका अब्बल बन्दै गएकोे भन्दै वक्ताहरूले पर्यटनलाई विशेष प्राथमिकता दिएर अघि बढ्नुपर्ने धारणा राखे ।जिल्ला समन्वय समिति सभापति उमाकान्त चपाईंले आर्थिक, सामाजिक र पर्यटकीय विकासमा नगरपालिकाले गरेका काम प्रशंसायोग्य रहेको जनाए । मानव संसाधानको विकास गरी नगरलाई पर्यटनको हब बनाउनुपर्ने उनको सुझाव छ । ‘भारतसँग सीमा जोडिएका कारण पनि नगरमा पर्यटनको सबैभन्दा राम्रो सम्भावना छ’, उनले भने, ‘यसका लागि सबै जनप्रतिनिधि एकढिक्का भएर काम गरे नगरले पर्यटनका माध्यमबाट आफ्नो पहिचान स्थापित गर्नसक्छ ।’ चपाईंले जनप्रतिनिधिहरू जनताका कामप्रति कटिबद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।

बुटवल उपमहानगरपालिकाका प्रमुम खेलराज पाण्डेले आमनागरिकमा स्थानीय सरकारप्रति थप विश्वास बढीरहेकाले कार्यसम्पदान चुस्त हुनुपर्नेमा जोड दिए । नगरले पछिल्ला वर्षहरूमा गरेको भौतिक, मानवीय र अन्य विकास सह्रानीय रहेको जनाउँदै औद्योगिक र पर्यटन क्षेत्रलाई केन्द्रमा राखेर विकासका काम अघि बढाउन उनले सुझाए ।
सिद्धार्थनगर प्रमुख इश्तियाक अहम्मद खाँले स्वास्थ्य, शिक्षा, पर्यटन, उद्योग–व्यापार, वातावरण लगायतलाई आफूहरूले प्राथमिकतामा राखेको जनाए । ‘नगरलाई सुन्दरीकरण गरी अधिक पर्यटक यहाँ आउने वातावरण सिर्जना गर्न हामी लागि परेका छौं’, उनले भने, ‘निजी क्षेत्र र आमनगरबासीको साथ लिएर काम गरिरहेका छौं । आउँदा दिनमा पनि यहाँहरूको सहयोगको अपेक्षा राखेका छौं ।’ उनले बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार समेत भएकाले यहाँ पर्यटनको अधिक सम्भावना रहेको उल्लेख गरे । भारतीय पर्यटकले सीमा क्षेत्रमा पाउँदै आएको दुःखलाई अन्त्य गर्न सबै सरकारी निकायसँग समन्वय गरेर काम गरिरहेको उनको भनाई छ ।

शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद ढकालले सिद्धार्थनगर पर्यटनका लागि नै बनेको भन्दै यसतर्फ ध्यान दिन आग्रह गरे । पालिकाले गरेको कार्यसम्पदान उत्कृष्ट रहेको उल्लेख उनले गरे । बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रीदेवी अर्याल र कपिलवस्तुको बाणगंगा नगरपालिका उपप्रमुख रीताकुमारी चौधरीले सिद्धार्थनगरको विकास मुलुकमै हेर्न लायक भएको जनाए । सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारीले नगरपालिकाले पर्यटन, कृषि, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेको जनाइन् । उनले महिलाहरूलाई हरेक क्षेत्रमा नेतृत्व लिएर अघि बढ्न आग्रह गरिन् । नगरपालिकाको टिमवर्कका कारण धेरै राम्रा र सकारात्मक कामले गति लिएको उनको भनाई छ । प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, नेपाल पत्रकार महासंघ, रूपन्देही शाखका अध्यक्ष दिनेश पाण्डे, प्राध्यापक डा.गितु गिरी, पूर्वनगर प्रमुखहरू हरिप्रसाद अधिकारी, सागरप्रताप राणा, नेकपा एमाले सिद्धार्थनगर अध्यक्ष चक्रबहादुर थापा, वडा नं. ६ का वडाध्यक्ष वीरेन्द्रनाथ श्रीवास्तव, ४ का वडाध्यक्ष मुक्तिनाथ यादव, २ का छेदीलाल श्रीवास्तवले बोल्दै नगरको विकासमा सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । उनीहरूले सिद्धार्थनगर पश्चिम नेपालकै बाणिज्य द्वार रहेको जनाए । कार्यक्रममा सिद्धार्थ उद्योग बाणिज्य संघका कार्यबाहक अध्यक्ष नेत्रप्रसाद आचार्य, नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कुलप्रसाद न्यौपाने, सिद्धार्थ संजाल, रूपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवालीले बोल्दै निजी क्षेत्र सधैं नगरपालिकासँग हातेमालो गरेर अगाडि बढ्न तयार रहेको जनाए । उनीहरूले यहाँको सम्भावना औद्योगिक र पर्यटन क्षेत्र रहेको चर्चा गर्दै यसका लागि दीर्घकालीन योजना बनाएर काम गर्नुपर्ने सुझाव दिए । निजी क्षेत्रले नगरका हरेक काममा सहकार्य गर्ने उनीहरूको भनाई छ ।कार्यक्रममा तीन पटक वा सो भन्दा बढीपटक वडाध्यक्षमा निर्वाचित पूर्व तथा वर्तमान वडाध्यक्षहरू भीमसेन कर्माचार्य, शेषकान्त भण्डारी, दीलिपकुमार यादव तथा पूर्वनगर प्रमुख, उपप्रमुखहरूलाई सम्मान गरिएको थियो । यस्तै, प्रमुख प्रशसकीय अधिकृत जनक थापा, विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने संघसंस्थाका प्रमुख तथा समाजसेवीहरूलाई समेत सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?