ट्रेंडिंग:

>> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न

संसदले बनाओस् सम्पत्ति छानबिन आयोग

२३ माघ २०८१, बुधबार
२३ माघ २०८१, बुधबार

संघीय संसदको चालू अधिवेशनमा २०४६ सालयता पटकपटक सत्तामा पुगेका पूर्व प्रधानमन्त्री एवं मन्त्रीहरूको सम्पत्ति छानविन गर्नुपर्ने कुरा उठेपछि फेरी एकपटक सम्पत्ति छानविनको कुरा बहसमा आएको छ । यसअघि पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले २०४६ सालयताका सबै नेता, कर्मचारीको सम्पत्ति छानबिन गर्नुपर्ने कुरा उठाउँदै आएका हुन् । उनको बोलीमा सही थप्दै माओवादी अध्यक्ष प्रचण्डले समेत सम्पत्ति छानविन भए आफू सहयोग गर्न तयार रहेको अभिव्यक्ति दिदै आएका छन् । भट्टराई र प्रचण्डले भनेजस्तै सम्पत्ति छानविन गर्नुपर्ने दवाव भएमा अरू पूर्व प्रधानमन्त्रीहरू समेत त्यसका लागि असहमत हुनुपर्ने कुनै कारण छैन् । यसले पूर्व प्रधानमन्त्रीहरूमात्रै होइन, बहालमा रहेका मन्त्री र पूर्व मन्त्रीहरूको समेत सम्पत्ति छानविन हुने परिस्थिति सिर्जना हुनेछ । दोषी देखिए कारवाहीको लागि तयार र निर्दोष भए उन्मुक्ति पाउने हुँदा धेरै पहिलेदेखि उठेको यो बिषयलाई अव किनारा लगाउनेतर्फ सरकारले पनि पहल गर्नुपर्दछ । संसदमा अहिले उठेको यो बिषयको कुरा मात्रै होइन, २०४६ सालयता सत्तामा पुगेकाहरूको सम्पत्ति छानविन गर्नुपर्ने माग नागरिकस्तरबाट पनि उत्तिकै जोडदार रूपमा भैरहेको छ । २०४६ सालयताको करिव ३५ बर्षमा जसरी नेताहरूको जीवनस्तर माथि उठ्ने तर नागरिक झनपछि झन गरिवीको रेखामुनी धकेलिने अवस्था सिर्जना भएको छ, यसले नेताहरूप्रति ठूलो बितृष्णा उत्पन्न गरेको छ । नागरिकहरूमा राजनैतिक दल र नेताहरूप्रति ठूलो गुनासो पनि छ । पछिल्लोसमय जनताले पुराना दलहरूको विकल्प खोजीरहेको कुरा केवल हल्लामात्रै होइन् । अहिलेपनि नेताहरूको बोली एकातिर र व्यवहार त्यसको ठिक उल्टो देखापर्दै आएको छ । भ्रष्टाचारमुक्त देश बनाउँछु भनेर बारम्बार भाषण गर्ने अनि भ्रष्टाचारीलाई संरक्षण गर्ने नेताको दोहोरो चरित्रको अव अन्त्य हुनुपर्छ । हिजो नेताहरूको जीवनस्तर कस्तो थियो र आज कस्तो छ ? भन्ने कुरा जगजाहेर छ । पहिले चप्पल लगाएर हिँडने नेताहरूको जीवनमा २०४६ सालयता ठूलो परिवर्तन देखापरेको छ । कुनै पैतृक सम्पत्ति नभएका, व्यापार व्यवसाय केही नभएका नेताहरू अकस्मात रोडबाट आलीसान महलमा विराजमान हुँदा जनताले प्रश्न गर्ने अवस्था आएको कुरामा दुई मत छैन् । त्यसैले नेताहरूको सम्पत्ति छानबिनको विषय अब आम चासो बन्नुपर्छ । जसरी सहकारी ठगीमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको समेत मुद्दा लागेको छ, उनको जस्तै अरू नेताहरूको समेत सम्पत्ति शुद्धीकरण हुनुपर्दछ । यद्यपि सहकारी ठगीमा रवि मात्र होइन धेरै नेता कार्यकर्ता जोडिएको कुरा सार्वजनिक भैसकेको छ र हुँदैपनि छ । सहकारी ठगीमा मुछिएका अन्य नेता, तिनका परिवारका साथै अन्य भ्रष्टाचार प्रकरणमा जोडिएका नेतामाथि अविलम्ब छानबिन अगाडि बढाउनुपर्दछ भन्ने माग जायज छ ।

राजनीतिक आग्रह पूर्वाग्रह नराखी भ्रष्टाचारी जो भए पनि कानुन अनुसार कारबाही गर्ने सवालमा सरकार पछि हट्नुहुँदैन । राजनीतिको आडमा जसले जे गर्दा हुने अवस्था आएकोले देशमा भ्रष्टाचार बढेको कुरा जगजाहेर छ । जेहोस पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले जसरी यो विषयको उठान गरेका छन, यो विषयको किनाराका लागि अव संसदमार्फत नेताहरूको सम्पत्ति छानविन गर्न एउटा स्वतन्त्र आयोग बनोस् । नेपाली जनता पनि यही चाहन्छन् । विगत ३५ बर्षको बीचमा नेपालमा जति सरकार बने ती कुनैपनि सरकारप्रति नेपाली जनता सन्तुष्ट हुन सकेनन् । प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र जुन तन्त्र आएपनि जनताको अवस्थामा परिवर्तन आउन नसक्दा नेताहरूप्रति आशंका उत्पन्न भएको कुरा स्वाभाविक हो । देशको अवस्थामा परिवर्तन नहुँदा युवाजति सवै विदेशिनुपर्ने अवस्था उत्पन्न भएको छ । अहिले पहाडी बस्तीमा मलामी नपाउने अवस्था छ । गाउँ रित्तो बन्दै गर्दा हाम्रा जनप्रतिनिधिले यो विषयमा सरकारको ध्यानाकर्षण गराउनु पर्दैन ? देश कहिलेसम्म रेमिट्यान्सले मात्र चलाउने ? रेमिट्यान्सकै लागि विदेशीसँग श्रम सम्झौता गरेर युवा बेच्ने काम सरकारले नै गरिरहेको छ, यो तत्काल रोकिनुपर्छ । यसका लागि राज्यले देशमै युवालाई स्वरोजगार बनाउने वातावरण बनाउनुपर्छ । उद्योग, कलकारखाना खोल्नुपर्छ । यस विषयमा संघीय संसदको ध्यान जाओस् । सम्पत्ति छानविन गर्ने नै हो भने एउटा शक्तिशाली आयोग वनाउनेतर्फ दलहरूबीच सहमति होस् । संघीय संसदमा अहिले उठेको सम्पत्ति छानविनको कुरा निष्कर्षमा पुगोस् । संसदले नै यो बिषयको छिनोफानो गरोस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?