Butwal Today

चाैतारीको २७ औं  स्थापना दिवसमा रक्तदान

२२ माघ २०८१, मंगलवार
अ+
अ-
दाङ,२२ माघ ।

प्रेस चाैतारी नेपालकाे २७ ओेैं स्थापना दिवसका अवसरमा घाेराहीमा रक्तदान कार्यक्रम गरिएको छ । समृद्धिका लागि सञ्चार कर्म,प्रेस चाैतारीकाे मूल मर्म भन्ने नारा सहित प्रेस चाैतारी दाङ शाखाले आयाेजना गरेकाे रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेका थिए ।

चाैतारीका अध्यक्ष सुधासुमन ढकाल, प्रेस चाैतारीका केन्द्रीय उपाध्यक्ष सविन प्रियाशन, नेकपा एमाले दाङका उपाध्यक्ष मनाेहर बुढाथोकी, सुदर्शन रिजाल,दुर्गालाल केसी,एमाले प्रचार विभाग प्रमुख संगित वस्याल,चाैतारीका  जिल्ला उपाध्यक्ष  विमल याेगी,लक्ष्मी पोखरेल ,चाैतारीका निवर्तमान सचिव किरण गाैतम,एमाले नेताहरू विष्णु कालाथाेकी,हुम बहादुर विक हमाल,उमेश विक,लाले सुनार,कलश सहकारी घाेराहीका व्यवस्थापक प्रकाश अधिकारी,रामप्रसाद सुवेदी,प्रेम कुमारी बुढामगर,निमेश चाैधरीले रक्तदान गरेका थिए । यस्तै निकाश वली,सुजन विक,हुकुमा डिसी,समीप थापा मगर,प्रदिप पुन मगर,महेश रिजाल,निसा कुमारी चाैधरी,अनुप आचार्य,प्रकाश पुन,रामहरी शर्मा,शालिकराम चाैधरीले पनि रक्तदान गरेका थिए । नेपाल रेडक्रस साेसाइटी, व्लड बैंक दाङसंगकाे समन्वयमा रक्तदान गरिएकाे थियाे । साे अवसरमा रक्त सञ्चार केन्द्र घाेराहीका प्रमुख दिलिप न्याैपानेकाे नेतृत्वमा आएकाे टाेलीले प्राविधिक सहयाेग गरेकाे थियाे ।

 प्रेस चाैतारी दाङकाे बैठक आज सम्पन्न भएको छ । चाैतारीका अध्यक्ष सुधासुमन ढकालकाे अध्यक्षतामा बैठक सम्पन्न भएकाे हाे ।  गत शनिबार सम्पन्न जिल्ला अधिबेशनमा सहभागी हुने सल्लाहकार लगायत सवै सदस्य र सहयाेग गर्ने विभिन्न संघसंस्थालाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेकाे छ ।  आगामी फागुन ५ गते पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा वलिकाे उपस्थितिमा हुने जनसभाकाे प्रचारप्रसार तिव्र पार्ने निर्णय समेत गरेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?