ट्रेंडिंग:

>> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न

प्रदेश सरकारः विकासको गति बढाउ

२१ माघ २०८१, सोमबार
२१ माघ २०८१, सोमबार

चालू आर्थिक बर्ष २०८१/०८२ सुरु भएको ६ महिना पूरा भैसक्दा लुम्बिनी प्रदेश सरकारको विकास खर्च अत्यन्त सुस्त देखिएको छ । विकास खर्चमा भैरहेको ढिलाईले प्रदेश सरकारले बाँकी ६ महिनामा गर्ने कामको रेखाचित्र छर्लङ्ग हुन्छ । देशमा परिवर्तन आएको भनिएपनि काम गराईको शैली, उही ढिलासुस्तीको प्रकृया र नेता अनि कर्मचारीको व्यवहारमा परिवर्तन आउन सकेको छैन् । प्रदेश सरकारको ६ महिनाको काम हेर्दा कार्य सम्पादनमा सबैभन्दा कमजोर प्रदेशको रूपमा लुम्बिनी प्रदेश फेरी पनि पर्ने संभावना छ । गत बर्ष नेपाल नीति अनुसन्धान संस्थानले सार्वजनिक गरेको सातै प्रदेशको नेपाल प्रतिस्पर्धा सूचकांक २०२४ का अनुसार प्रदेशभित्र भौतिक पूर्वाधार, सूचना प्रविधि, उद्योग व्यापार व्यवसाय लगायतका क्षेत्रमा सबैभन्दा धेरै आर्थिक गतिविधि सवैभन्दा कम गर्नेमा लुम्बिनी प्रदेश थियो । यो बर्ष पनि प्रदेश सरकारले उही गति दोहो¥याउने भएको छ । नेपालमा प्रदेश संरचना बनेको करिव आठ वर्ष हुँदापनि प्रदेशको आर्थिक गतिविधिमा खासै सुधार देखिएको छैन । यो चिन्ताजनक कुरा हो । मुलुक संघीयतामा गएपछि देशको कायापलट हुने नेताहरूले दावी गर्दै आएका थिए तर प्रदेश सरकारले सोचे अनुसार काम गर्न नसक्दा संघीयतामाथि नै प्रश्नचिन्ह लाग्ने अवस्था आएको छ । नीति अनुसन्धानका अनुसार स्थानीय तहहरूले आर्थिक गतिविधिहरू बढाउन नसक्दा प्रदेशहरूको आर्थिक क्रियाकलाप वृद्धि हुन सकेको छैन् । गत बर्षको प्रतिवेदनले लुम्बिनी प्रदेश कार्यसम्पादनमा अत्यन्त कमजोर देखाएको थियो । यो बर्षको सार्वजनिक हुने क्रममा छ । तथ्याँकको यही अवस्थाले भन्छ– यो बर्ष पनि प्रदेश सरकारले खासै गति बढाउने छैन । प्रदेश सरकारले यो बर्ष विकास बजेट खर्च गर्न नसक्नुको पछि धेरै कारण छन् । प्रदेश सरकारलाई विकासको चिन्ता भन्दापनि अरू नै चिन्ता बढी देखिएको छ ।

हरेक सरकारको बजेटको मूख्य उद्देश्य विकास पहिलो प्राथमिकतामा पर्ने गरेको छ । अहिलेसम्मको अभ्यासले के देखाउँछ भने विकासलाई प्राथमिकता दिएपनि कार्यान्वयन पक्ष भने निकै फितलो रहँदै आएको स्पष्ट छ । लुम्विनी प्रदेश सरकारको त्यसमा बढी लापरवाही देखियो । बजेटमा चालू खर्चभन्दा विकास खर्चलाई प्राथमिकतामा राखिन्छ तर विडम्वना अहिले चालू खर्च लगातार बढिरहेको छ तर पुँजीगत खर्चको अवस्था हेर्दा कहालीलाग्दो छ । प्रदेश सरकार जस्तै अवस्था संघीय सरकारको पनि छ । संघीय सरकारले बजेटको प्राथमिकता निर्धारण गर्न राष्ट्रिय योजना आयोगलाई जिम्मेवारी र अख्तियारी दिएको छ तर व्यावहारिक रूपमा आयोगको सुझाव बजेटमा कमै मात्र समावेश हुने गरेको छ । बजेटमा देशको मूल समस्या समाधान गर्न केन्द्रित हुनुपर्नेमा सरकारमा सहभागी मन्त्रीमुखी बजेटले प्राथमिकता पाउँदै आएको छ । अर्कोतर्फ असारे विकास प्रवृत्तिको कारण पनि चालू आर्थिक बर्षको आधाआधी समय त्यसै खेर फाल्ने गरिएको छ । ११ महिना चुप लागेर बस्ने र अन्तिम महिनामा हतारमा काम गरेर लतपत पार्ने विगतदेखिकै प्रवृत्ति हो । हतारमा गर्दा गुणस्तरको परवाह नगर्ने यही अवस्थाले हाम्रा विकासका काम ध्वस्त हुँदैछन् । एक पटक गरिएको पिच मुस्किलले एक बर्षपनि नटिक्नु यस्तै असारे विकासकै कारण हो भन्दा अत्युक्ति हुँदैन । असारमा बजेट ल्याउँदा बजेट कार्यान्वयनमा समस्या सिर्जना भएको भन्दै जेठमै बजेट ल्याउने व्यवस्था लागू भएपनि कुनै सुधार हुन सकेको छैन् । सरकारसँग बजेट नहुनु एउटा कुरा हो तर बजेट भएर पनि कार्यान्वयन गर्न नसक्नु चाहिं विडम्बना नै हो । यही अवस्था अझै कायमै रहने हो भने हाम्रा विकासको संरचना ध्वस्त हुनेछ । तसर्थ प्रदेश सरकार विकासप्रति जिम्मेवार र जवाफदेही छ भने असारे विकास प्रवृत्तिलाई निरुत्साहित गरियोस् । समयमै सम्झौता गर्ने र निर्धारित मितिभित्रै काम सक्ने वातावरणको विकास गर्नेतर्फ ध्यान जाओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?