ट्रेंडिंग:

>> प्रतिपक्षी दलले गरे अध्यादेश अस्वीकृत गरियोस् भन्ने प्रस्ताव >> भारतसँग हारेपछि स्मिथले लिए एकदिवसीय क्रिकेटबाट सन्यास >> आधुनिक युगमा सांसद किनबेच भन्ने कुरा लाजमर्दो : प्रभु साह >> महोत्तरीमा माओवादीको तराई मधेश जागरण अभियानको भब्य तयारी, २२ गते प्रचण्डले सम्बोधन गर्ने >> सांसदहरूले उठाएको प्रश्नमा सरकारलाई सभामुखको रुलिङ >> कुलमानको विषयमा संसदमा माओवादी आक्रामक >> प्रतिनिधिसभा बैठक सुरु >> जापान र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने तीनजना पक्राउ >> अनुशासित र यथार्थपरक बजेट आउने अर्थमन्त्री पौडेलको दाबी >> गाउँगाउँमा सहकारी शिक्षा >> शान्ति सुरक्षा दरिलो बनाउन व्यवसायीहरुको आग्रह >> सत्ता पक्षसँग संसदमा भिड्न रणनीति बनाउँदै विपक्षी दल, प्रचण्डले छाडे पार्टीको अभियान >> चितवनमा वन्यजन्तु आक्रमणबाट ६ महिनामा १० जनाको मृत्यु, १४ जना घाइते >> सेतीवेणीमा बोलेरो जीप दुर्घटना: २ जनाको मृत्यु, ६ जना घाइते >> फिल्म ‘जनै हराएको बाहुन’ को लाइनअप बलियो हुँदै >> गभर्नर अधिकारीलाई पुनः नियुक्तिको आश, तर भागबन्डामा परेको छ कांग्रेसलाई >> सुनको मुल्य ९०० ले बढ्यो, कति छ आज कारोबार मूल्य ? >> कांग्रेसले दियो देशभरका क्षेत्रीय सभापतिलाई प्रशिक्षण, प्रशिक्षणले नेतृत्वमा निखारता ल्याएको दाबी >> प्रधानमन्त्री ओलीलाई ‘हिटलर’ भन्ने प्रश्न सोध्ने पत्रकारको संसद प्रवेश पास निलम्बन >> अमेरिकाबाट चार्टर विमानमा ल्याइयो १० आप्रवासी नेपाली, प्रहरीले सोधपुछ गर्ने >> स्ववियु निर्वाचन शान्तिपुर्ण वातावरणमा गराउन प्रहरीलाई गृहमन्त्रीको निर्देशन >> भारतबाट कलैया लैजाँदै गरेको नेपाली २५ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> यस्ताे छ आजको विदेशी मुद्राको विनिमयदर >> सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै >> बुटवलमा फागुन २६ र २७ मा क्यान बीटुसी समिट हुने >> अल नेपाल ओपन स्नूकर : रेगन, सरोज, वाङचु र सोम सेमिफाइनल खेल्दै >> अम्बेडकरको नवयान, बौद्ध धर्मको क्रान्तिकारी पुर्नव्याख्या >> सैनामैना गोल्डकपः मोफसलकै ब्राण्ड बनोस् >> बालेनलाई मन्त्रालयको पत्र- छानबिन समितिको प्रतिवेदन के भयो? >> आशादेवीलाई पिडैपीडाः मृगौला समस्यामाथि क्यान्सर >> पर्यटन मार्गको असावधानीले औद्योगिक क्षेत्र डुब्ने डर! >> लमही बसपार्कः सकस ट-यो, चिटिक्क कहिले ? >> प्रतिनिधिसभा बैठक बस्दै, सरकारले ल्याएको पाँच अध्यादेश स्वीकृतिका लागि पेस हुने >> अक्सफोर्ड कलेजमा तेस्रो मेगा फुड फेस्टिवल >> सुर्खेत विमानस्थलको काम अघि बढ्ने >> डा रामजी चौधरीलाई सम्मान गर्दै मनाईयो ७५ औ नेपाली चिकित्सक दिवस >> हावाहुरीको कारण फेवातालमा फसेका तीन जनाको सकुशल उद्वार >> सरकार र उद्योगीबीच ग्यासको मुल्य बढाउने सहमति >> कोशी अस्पतालमा कार्यरत चौधरीविरुद्ध नक्कली प्रमाणपत्रको अभियोगमा मुद्धा दायर >> बाबर र रिजवानलाई पाकिस्तानको टी-२० टिमबाट हटाइयो >> संसद बैठकमा अनिवार्य उपस्थित हुन एमाले र कांग्रेसको ह्वीप >> कार्यव्यवस्था समितिको बैठक जारी >> सेयर बजारमा गिरावट, कारोबार रकम घट्दै >> संसद बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई कांग्रेसको ह्वीप >> सुनको भाउ आज एकैदिन १ हजार ४ सय रुपैयाँले वृद्धि >> नेपालमा नयाँ चरा प्रजातिको रेकर्ड: संख्या ८ सय ९८ पुग्यो >> श्रमिकलाई न्यूनतमभन्दा कम पारिश्रमिक दिइए दण्डनीय हुन्छ – प्रधानमन्त्री ओली >> सेमिफाइनलमा भारतविरुद्ध टस जितेर पहिला ब्याटिंग गर्दै अस्ट्रेलिया >> पाकिस्तानी फुटबलमाथिको प्रतिबन्ध फुकुवा >> सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्न छुट्टै ऐन आवश्यक- प्रचण्ड

वनस्पति विज्ञान र आध्यात्मको संयोजनः नवग्रह बाटिका निर्माण

१९ माघ २०८१, शनिबार
१९ माघ २०८१, शनिबार

सल्यान, १९ माघ ।
सल्यानमा नवग्रह बाटिका निर्माण गरिएको छ । धार्मीक रूपमा महत्वपूर्ण विरुवाको संरक्षण संगै पर्यावरण संरक्षण, वैज्ञानिक अध्ययन, औषधीय उपयोग र आध्यात्मिक चेतनाको प्रवद्र्धनका लागि वनस्पति अनुसन्धान केन्द्र सल्यानले नवग्रह बाटिका निर्माण गरेको हो । कपुरकोट गाउँपालिका वडा नं.३ स्थित मुलपानी वनस्पति उद्यानमा वनस्पति विज्ञान र आध्यात्मलाई जोड्ने उद्देश्य सहित बाटिका निर्माण गरिएको वनस्पति अनुसन्धान केन्द्र सल्यानका प्रमुख डाक्टर मित्र पाठकले जानकारी दिए । उनले बुटवल टुडेसँग भने, ‘धार्मिक हिसाबले महत्वपूर्ण मानिने बिरुवाको संरक्षण गर्दै वनस्पति विज्ञान र आध्यात्मलाई जोड्ने मुख्य उद्देश्यले हामीले उद्यानको धार्मीक बाटिकामा नवग्रह बाटिका निर्माण गरेका हौँ ।’
हिन्दू धर्म अनुसार, नवग्रहहरू सूर्य, चन्द्र, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतुले मानव जीवनमा सकारात्मक तथा नकारात्मक प्रभाव पार्छन् । यी ग्रहहरूको उचित पूजाआजा र समर्पणले शुभ प्रभाव बढाउने तथा अशुभ प्रभाव कम गर्ने विश्वास गरिन्छ । यो संगै धर्म र विज्ञानको समन्वयका लागि एवम् मानव र प्रकृतिबीचको सम्बन्धलाई बलियो बनाउनका लागि विरुवा रोपण गरिएको उनको भनाई छ । डा. पाठकले भने, ‘नवग्रह वाटिकामा नवग्रह मण्डल अनुसार विरुवाहरू रोपणका लागि स्थान छुट्ट्याएर फरक फरक स्थानमा धार्मिक नियम अनुसार बिरुवा रोपण गरिएको छ । हरेक ग्रह अनुसार यज्ञको लागि समिधाको प्रकार तय गरिएको हुन्छ र सोहि अनुसार प्रजातिहरू मिलान हुने गरी बिरुवाहरू रोप्ने गरिन्छ ।’
वनस्पति अनुसन्धान केन्द्र सल्यान स्थित नव ग्रह बाटिकामा पनि सूर्य ग्रहको स्थानमा आँक, चंद्रमामा पलाश, मंगलमा खयर, बुधमा अपमार्ग, बृहस्पतिमा पीपल, शुक्रमा डुम्री, शनिमा शमी, राहुमा दुबो र केतुमा कुश आ–आफ्नो दिशामा रोपिएको उनको भनाई छ । विशेष गरी ग्रह दोष निवारण, स्वास्थ्य लाभ, मानसिक शुद्धि र वातावरणीय शुद्धताका लागि यी प्रजातीहरूको समिधा प्रयोग गरिन्छ । समिधा भन्नाले यज्ञ, हवन वा होम कर्ममा जलाउनका लागि प्रयोग गरिने काठका साना टुक्रा (दाउरा) लाई जनाउँछ । धर्म शास्त्र अनुसार आँकको समिधाले रोगको नाश गर्दछ भने पलाशले सबै कार्य सिद्ध गर्दछ । यस्तै खयरले क्रोध र तनावबाट मुक्ति दिने, अपमार्गले बुद्धि विकास र निर्णय क्षमता वृद्धि गर्ने, पीपलले सन्तान सुखा प्रदान गर्दछ । यसैगरी डुम्रिले स्वर्गको अनुभूति दिलाउने, शमीले पाप नाश गर्ने, दूवोले दीर्घायु दिने र कुशले सबै मनोरथ सिद्ध गर्ने विश्वास गरिन्छ ।
सल्यान स्थित वनस्पति अनुसन्धान केन्द्र वन तथा वातारण मन्त्रालय अन्तर्गत वनस्पति विभागको सात मध्येको एउटा केन्द्र हो । वनस्पति विभागले आफ्ना सात वटै केन्द्रमा नक्षत्र बाटिका निर्माण कार्यलाई पनि अघि बढाइरहेको छ । यसले धार्मिक तथा ज्योतिषीय ज्ञानलाई प्रकृति तथा वैज्ञानिक अनुसन्धानसँग जोड्ने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?