ट्रेंडिंग:

>> भारतसँग हारेपछि स्मिथले लिए एकदिवसीय क्रिकेटबाट सन्यास >> आधुनिक युगमा सांसद किनबेच भन्ने कुरा लाजमर्दो : प्रभु साह >> महोत्तरीमा माओवादीको तराई मधेश जागरण अभियानको भब्य तयारी, २२ गते प्रचण्डले सम्बोधन गर्ने >> सांसदहरूले उठाएको प्रश्नमा सरकारलाई सभामुखको रुलिङ >> कुलमानको विषयमा संसदमा माओवादी आक्रामक >> प्रतिनिधिसभा बैठक सुरु >> जापान र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने तीनजना पक्राउ >> अनुशासित र यथार्थपरक बजेट आउने अर्थमन्त्री पौडेलको दाबी >> गाउँगाउँमा सहकारी शिक्षा >> शान्ति सुरक्षा दरिलो बनाउन व्यवसायीहरुको आग्रह >> सत्ता पक्षसँग संसदमा भिड्न रणनीति बनाउँदै विपक्षी दल, प्रचण्डले छाडे पार्टीको अभियान >> चितवनमा वन्यजन्तु आक्रमणबाट ६ महिनामा १० जनाको मृत्यु, १४ जना घाइते >> सेतीवेणीमा बोलेरो जीप दुर्घटना: २ जनाको मृत्यु, ६ जना घाइते >> फिल्म ‘जनै हराएको बाहुन’ को लाइनअप बलियो हुँदै >> गभर्नर अधिकारीलाई पुनः नियुक्तिको आश, तर भागबन्डामा परेको छ कांग्रेसलाई >> सुनको मुल्य ९०० ले बढ्यो, कति छ आज कारोबार मूल्य ? >> कांग्रेसले दियो देशभरका क्षेत्रीय सभापतिलाई प्रशिक्षण, प्रशिक्षणले नेतृत्वमा निखारता ल्याएको दाबी >> प्रधानमन्त्री ओलीलाई ‘हिटलर’ भन्ने प्रश्न सोध्ने पत्रकारको संसद प्रवेश पास निलम्बन >> अमेरिकाबाट चार्टर विमानमा ल्याइयो १० आप्रवासी नेपाली, प्रहरीले सोधपुछ गर्ने >> स्ववियु निर्वाचन शान्तिपुर्ण वातावरणमा गराउन प्रहरीलाई गृहमन्त्रीको निर्देशन >> भारतबाट कलैया लैजाँदै गरेको नेपाली २५ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> यस्ताे छ आजको विदेशी मुद्राको विनिमयदर >> सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै >> बुटवलमा फागुन २६ र २७ मा क्यान बीटुसी समिट हुने >> अल नेपाल ओपन स्नूकर : रेगन, सरोज, वाङचु र सोम सेमिफाइनल खेल्दै >> अम्बेडकरको नवयान, बौद्ध धर्मको क्रान्तिकारी पुर्नव्याख्या >> सैनामैना गोल्डकपः मोफसलकै ब्राण्ड बनोस् >> बालेनलाई मन्त्रालयको पत्र- छानबिन समितिको प्रतिवेदन के भयो? >> आशादेवीलाई पिडैपीडाः मृगौला समस्यामाथि क्यान्सर >> पर्यटन मार्गको असावधानीले औद्योगिक क्षेत्र डुब्ने डर! >> लमही बसपार्कः सकस ट-यो, चिटिक्क कहिले ? >> प्रतिनिधिसभा बैठक बस्दै, सरकारले ल्याएको पाँच अध्यादेश स्वीकृतिका लागि पेस हुने >> अक्सफोर्ड कलेजमा तेस्रो मेगा फुड फेस्टिवल >> सुर्खेत विमानस्थलको काम अघि बढ्ने >> डा रामजी चौधरीलाई सम्मान गर्दै मनाईयो ७५ औ नेपाली चिकित्सक दिवस >> हावाहुरीको कारण फेवातालमा फसेका तीन जनाको सकुशल उद्वार >> सरकार र उद्योगीबीच ग्यासको मुल्य बढाउने सहमति >> कोशी अस्पतालमा कार्यरत चौधरीविरुद्ध नक्कली प्रमाणपत्रको अभियोगमा मुद्धा दायर >> बाबर र रिजवानलाई पाकिस्तानको टी-२० टिमबाट हटाइयो >> संसद बैठकमा अनिवार्य उपस्थित हुन एमाले र कांग्रेसको ह्वीप >> कार्यव्यवस्था समितिको बैठक जारी >> सेयर बजारमा गिरावट, कारोबार रकम घट्दै >> संसद बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई कांग्रेसको ह्वीप >> सुनको भाउ आज एकैदिन १ हजार ४ सय रुपैयाँले वृद्धि >> नेपालमा नयाँ चरा प्रजातिको रेकर्ड: संख्या ८ सय ९८ पुग्यो >> श्रमिकलाई न्यूनतमभन्दा कम पारिश्रमिक दिइए दण्डनीय हुन्छ – प्रधानमन्त्री ओली >> सेमिफाइनलमा भारतविरुद्ध टस जितेर पहिला ब्याटिंग गर्दै अस्ट्रेलिया >> पाकिस्तानी फुटबलमाथिको प्रतिबन्ध फुकुवा >> सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्न छुट्टै ऐन आवश्यक- प्रचण्ड >> अफगानिस्तानले ११ महिनामा १४ करोड ३० लाख डलरको ताजा फलफूल निर्यात गर्यो

कपिलवस्तुमा क्रिप्टो कारोबारी तीन भारतीय पक्राउ

१९ माघ २०८१, शनिबार
१९ माघ २०८१, शनिबार

चन्द्रौटा(कपिलवस्तु), १९ माघ ।

कपिलवस्तुमा तीन जना भारतीय पक्राउ परेका छन् । अनलाइन जुवा र क्रिप्टोकरेन्सीको कारोबार गरी ठगी गरेको आरोपमा शिवराज नगरपालिका–१, शिवपुर स्थित होटेल हाईवेबाट विशेष सुरकीको आधारमा वडा प्रहरी कार्यालय चन्द्रौटाको कमान्डमा खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरी कार्यालय चन्द्रौटाका अनुसार प्रहरीले चलाएको स्वीप अप्रेसनको क्रममा होटेल चेकजाँच गर्दा २४ थाना मोबाइल, ल्यापटप लगायतका सामग्री सहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत राजस्थान जयपुर ग्राम घर नम्बर २५ गोबरधनधाम लोनियाबासका ३० वर्षीय बिजेन्द्र कुमार सैनी, दोसावान्ता कुईग्रामका २२ वर्षीय मोनु सैनी र ३५ वर्षीय नन्दलाल सैनी रहेका छन् ।

उनीहरुले मेस्क अप्लीकेशनबाट बिटक्वाईन÷युएसडीटी को माध्यमबाट सट्टेबाजी र जुवा खेलाई ठगी गरिरहेको प्रहरीले जनाएको छ । होटलमा यही माघ ९ गतेदेखि भाडामा बस्दै आएको अनुसन्धानको क्रममा खुलेको छ । उनीहरूबाट विभिन्न कम्पनीका २४ थान मोबाइल डेल कम्पनीको ल्यापटप, मल्टिमिडिया २ थान, चार्जर ६ थान बरामद गरिएको जनाइएको छ ।

प्रहरी उपरीक्षक निरन्जनदत्त भट्टका अनुसार उनीहरूमाथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ को दफा २६२ को (क) बमोजिम अभौतिक मुद्रा प्रयोग गर्न नहुने कसुरमा अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%