ट्रेंडिंग:

>> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी

पुर्व वडाअध्यक्षको बलमिच्याई, तालको बाँधमा टहरा बनाएर होटल निर्माण

१२ माघ २०८१, शनिबार
१२ माघ २०८१, शनिबार

बर्दिया, १२ माघ ।

यहाँका एक पुर्व वडा अध्यक्षले बलमिच्याई गरी तालको बाँधमा टहरा बनाएर होटेल निर्माण गर्न थालेका छन् । माघ १५ गते देखि २५ गते सम्म हुने महोत्सवलाई लक्षित गरेर उनले होटेल सञ्चालन गर्नका लागि निर्माण थालेका हुन् ।

बढैयाताल गाउँपालिका वडा नं ४ का पुर्व वडा अध्यक्ष तथा माओवादी केन्द्र बढैयाताल गाउँ कमिटीका कार्णबहादुर थापाले यसरी बल मिच्याई गरेर टहरो निर्माण थालेका हुन् ।

तर यसलाई उनले भने अस्वीकार गरेका छन् । “योमेरो होईन ,महोत्सव आयोजकले बसोबास गर्नका लागि टहरा बनाउन लागेको हो”–थापाले भने । उनले पहिले पनि तालमा रहेको पिकनिक स्पटको ठेक्का पाएर तालको बाँधमा टिकट काउन्टरको नामा होटेल सञ्चालन गरेका छन् । पिकनिक स्पटमा टिकट काउन्टर हुँदाहुँदै दादागिरी मानसायले होटेल सञ्चालनको लागि टहरा निर्माण गरेका छन् ।

यता बाँधमा कुनै पनि व्यक्ति वा संस्थाले ताल परिसर भित्र पारेर घर टहरा निर्माण गर्न नपाउने बढैयाताल गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष तुलाराम थारूले बताए । यदि पिकनिक स्पटका ठेकेदारले बनाउन लागेको हो भने तत्काल हटाउन लगाउने उनले बताए ।

महोत्सव सञ्चालनका लागि तालको बाँधमा महोत्सवले कुनै घर टहरा निर्माण नगरेको थारू काल्याणकारिणी सभाका केन्द्रीय पार्षद लल्लु राम थारूले बताए । यसरी व्यवसाय गर्नका लागि कुनै पनि मानिसले टहरा निर्माण गर्न नपाउने उनले बताए ।

यसरी आफ्नो मानोमानी हिसावले ताल परिसर भित्र टहरा निर्माणको काम पालिका र वडाले तत्काल नरोके स्थानीयले टहरा निर्माण गर्ने बढैया गाउँका युवा राकेश चौधरीले बताए । उनले भने “यसरी महोत्सलाई विफल पार्न र आफ्नो कमाईको लागि अस्थायी होटेल सञ्चालन गर्नका लागि पुरै गाउँ त्यसको अबरोधमा लाग्ने छौ ।”

यस्तै होटेल व्यवसायीले महोत्सव हुने ठाउँमा अस्थायी होटेल तालको बाँधमा निर्माण गर्न गए आफूहरु पनि त्यही गएर अस्थायी होटेल निर्माण गरेर होटेल सञ्चालन गर्न बाध्य हुने बढैयातालको छेउँमा होटेल सञ्चालन गर्दै आएका होटेल व्यवसायी कृष्ण कन्हैयाले बताए ।

ताल वरिपरि पहिला भएको संरचना बहेक ५ सय मिटर भित्र कुनै पनि संरचना निर्माण गर्न नपाउने लिखित सम्झौता भएको मेलाका ठेकेदार अर्जुन ओलीले बताए ।

पुर्व वडा अध्यक्ष कार्ण बहादुर थापाले सिमसारको नाममा होटेल सञ्चालन गर्न लागेका छन् । थारू कल्याणकारिणी सभा बढैयाताल गाँउकमिटीले महोत्सव आयोजना गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?