ट्रेंडिंग:

>> बाँकेमा ३६ हजार ९ सय ५० किशोरीलाई एचपीभी खोप दिइँदै >> लुम्बिनी होटल संघ नेपालको छैठौं साधारण सभा सम्पन्न >> सबैले आत्मविश्वासका साथ काम गरेमा अब नेपाल पछाडि फर्कदैन्ः प्रधानमन्त्री >> तराइ-मधेस केन्द्रित ८ दलको बैठक सुरु >> कप्तान पूजा महतो टी–२० विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’ मा  >> रवि लामिछानेविरुद्ध चितवनमा आज मुद्दा दर्ता हुने >> अमेरिकी विदेशमन्त्री रुबियोले पनामा नहरमा चीनको प्रभाव नहुनेमा जोड >> कुलमान घिसिङविरुद्धको मुद्दा: इजलासमा पेसी तोकियो >> भोली गण्डकी प्रदेशमा सार्वजनिक बिदा >> चन्द्रपुरनिगाहपुरमा खैरो हेरोइनसहित १ जना पक्राउ >> नेताहरूको कार्यविभाजन गर्न माओवादी पदाधिकारी बैठक जारी >> महेश बस्नेतविरुद्ध रवि लामिछानेको समूह लागेको युवासंघ महासचिवको आरोप >> शिक्षाको गुणस्तर सुधारमा पालिकाको भूमिका महत्वपूर्ण : पूर्वमन्त्री गुप्ता >> अवधी संस्कृतिको आफ्नै छुट्टै पहिचान छ : पूर्व मन्त्री मिश्र >> सामाजिक सुरक्षा भत्ता वृद्धिको जस केपी ओलीलाई जान्छः अर्थमन्त्री पौडेल >> सुनको भाउ ४ दिन देखी स्थिर >> मन्त्रिपरिषद बैठक बस्दै >> जगदीशपुर तालमा विश्व सिमसार दिवस तथा चरा महोत्सव सम्पन्न >> सरस्वती पुजाको महत्व >> विद्यालयलाई खोप केन्द्र बनाएर ‘पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप’ >> पाथीभरा केबुलकार: विकास कि विनास ? >> स्कुलमा विद्यार्थीलाई टपरी सीप >> प्रदेश सरकारः विकासको गति बढाउ >> सद्धार्थनगरका कर्मचारीलाई मैत्रीपूर्ण क्रिकेटको उपाधि >> माघमै वन डढेलो नियन्त्रणमा जोखिम बढ्दै >> फेसबुकको सहयोगले छ जना किशोरी बेच्न भारत >> पाल्पाःकृषि पर्यटनको उर्वरभूमि >> स्थानीय तहमा लैङ्गिक हिंसा निवारण कोषको प्रभावकारिता शुन्य >> राज्यमन्त्री बिकद्वारा श्रृङ्गीघाट सामुदायिक वन अवलोकन >> लुम्बिनी प्रदेश नागरिकको दैनिक जीवन संग जोडिन सफलः मुख्यमन्त्री आचार्य >> विदेशमा पढ्नका लागि नेपालबाट ५६ अर्ब ८३ करोड रुपैयाँ बाहिरियो >> आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा >> अर्जुन ट्रफीः सिवाईसी अत्तरिया र डिसिए धनगढीको जित >> हराउदै एतिहासिक घरहरु >> २७ वर्षकी युवतीलाई पाँच मुद्दा >> घोषणामै सीमित हिल स्टेशनहरू >> नेपालको लगातार तेस्रो हार, नेदरल्यान्ड्ससँग १५ रनले पराजित >> बुटवलका दीलिपलाई युथ टिमको गोलकिपिङ प्रशिक्षकको जिम्मा >> १५ औ संस्करणको दुई दिने सामुहिक ईहि शुरु >> विश्व सिमसार दिवस: प्राकृतिक क्षेत्रको संरक्षणको आह्वान >> नेवारी संस्कृति नै नेपालको सभ्यता भएको दाबी >> स्वर्गद्वारी गुठीका मोही किसानले न्यायको लागि माइतीघरमा अनिश्चितकालीन धर्ना >> सेयर बजार  ७० अंकले बढ्यो, कारोबार रकममा वृद्धि >> ‘घुमौं लुम्बिनी, बसौं बुटवल’ >> चितवन राष्ट्रिय निकुञ्जले एक पोथी गैँडा स्थानान्तरण गर्यो >> नेपाललाई नेदरल्यान्ड्सविरुद्ध जितका लागि १४१ रनको लक्ष्य >> सम्बन्धको स्थापना दिवसमा गौ आहार हस्तान्तरण >> टाइगर कप भलिबल:पोखराले जित्यो ५औं संस्करणको महिला भलिबल उपाधि >> लुम्बिनी प्रदेशमा सोमवार सार्वजनिक बिदा >> न्यु होराईजनलाई फुटसलको उपाधि

८४ को निर्वाचनमा कसैसँग सहकार्य नगरी एक्लै लड्छौंः प्रचण्ड

१२ माघ २०८१, शनिबार
१२ माघ २०८१, शनिबार

दाङ, १२ माघ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा माओवादी आगामी २०८४ को निर्वाचनमा कसैसंग सहकार्य नगरी एक्लै लड्ने बताएका छन् । प्रेस सेन्टर नेपाल दाङले शनिवार दाङको घोराही आयोजना गरेको पत्रकार भेटघाटमा प्रचण्डले आगामी निर्वाचनमा अरु कसैको खुट्टामा नभई आफ्नै खुट्टामा उभिएर लड्ने बताएका हुन् ।

माओवादी सरकार बाहिर रहेर पार्टीलाई बलियो बनाउन लागेको बताए । उनले भने,हामी बलियो हुँदै छौ उनले भने । हामी आफ्नै खुट्टामा उभिनै सक्दैन भन्ने भाष्य बनाउन खोजिएको भन्दै प्रचण्डले भने, ‘हाम्रो अहिलेको बुझाई हाम्रो पार्टीको केन्द्रीय समितिको बैठक बस्यो र सर्वसम्मत रूपमा निर्णय गरेका छौं, आगामी निर्वाचन आफ्नै खुट्टामा उभिएर लड्ने हो, माओवादी आफै एउटा जनक्रान्तिको प्रतिकपनि हो यो परिवर्तनको प्रमुख बाहक पनि हो ।’

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले माओवादीको आफ्नै इतिहास भएको र अन्य राजनीतिक दलहरूभन्दा भिन्न पृष्ठभूमिबाट आएकाले अरुभन्दा केही फरक भएको दावी गरे । माओवादी देशका सबै उत्पीडित वर्गको लागि लड्दै आएको बताउदै उनले अहिलेसम्म भएका परिवर्तन सम्भव तुल्याउने उद्देश्यले शान्ति सम्झौतामार्फत अन्य दलहरूसँग सहमति गरेर आएको तर आगामी निर्वाचनमा एक्लै मैदानमा आउने बताए ।

अध्यक्ष प्रचण्डले प्रधाानमन्त्री केपी शर्मा वलीले सेटिङ्कमा काम गर्ने र त्यो सेटिङ्कमा सहमति नदिएका कारण सरकारबाट बाहिरिएको बताए । उनले आफूले सरकारको नेतृत्व गरेको बेला त्यहाँ हुने सबैखाले सेटिङ् भत्काउने प्रयास गरेको र भ्रष्टाचारको अन्त्य र सुशासनको पक्षमा काम गरेको बताए । ‘मैले गरेको सुशासनको अभियान, आर्थिक संकट समाधान गर्ने अभियान केही मान्छेहरूलाई मन परेन, त्यो अभियानले उनीहरूको स्वार्थमा धक्का लाग्न पुग्यो, एउटा दलालपूँजीपति वर्गको जसले कमिसनकै भरमा अरवौंको चलखेल गर्ने गर्छन् तिनीहरूलाई त्यति चित्त बुझेको थिएन’, उनले भने, ‘मैले उनीहरूले गर्ने सेटिङ भत्काउन खोजेकै हो, तर उनीहरूले अलोकतान्त्रिक र असंवैधानिक तरिकाले सांसदको संख्याको भरमा मलाई हटाउने काम भयो ।’

अहिले माओवादी सुशासन, सामाजिक न्याय र आर्थिक विकासको अभियानमा रहेको उनले बताए । कार्यक्रममा अब कम्युनिष्ट एकता सम्भव छ कि छैन भन्ने सञ्चारकर्मीको जिज्ञासाको जवाफमा अध्यक्ष प्रचण्डले आफूले विभिन्न समयमा कम्युनिष्ट एकताका लागि जोखिम मोलेको र सफल हुन नसकेको स्मरण गर्दै २०८४ सम्म एमालेसँगको सहमति सहकार्य सम्भवन नभएको बताए ।

भर्खरै भएको पालिकाको उपनिर्वाचनको परिणामले माओवादीलाई फेरि राष्ट्र र जनताप्रति बफादार भएको महसुस बनाएको उल्लेख गर्दै उनले माओवादीले विगतका गल्ती कमजोरी सच्याएर अघि बढेको र सच्चिएको माओवादीलाई जनताले २०८४ मा बहुमत दिने आशा व्यक्त गरे । अहिलेको सरकार ढले हुन्थ्यो भन्ने आशामा हुनुहुन्छ भन्ने प्रश्नमा अध्यक्ष प्रचण्डले अहिले माओवादी सरकार जाने पक्षमा नभएको बताए । ‘हामी अहिले सरकारको रूचिमा छैनौं, सरकार फालिहाल्ने हतारमा छौनौ’, उनले भने, ‘तर यो सरकार रहिरहन्छ भन्ने पनि होइन यो सरकार आफ्नो भार थाम्न नसकेर आफै ढल्छ, त्यति लामो समय टिक्दैन ।’ उनले आफू सरकारमा रहेको बेला दाङको समग्र विकासमा पहल गरेको र आगामी दिनमा पनि पहलकदमी रहिरहने बताएका थिए । बिहान उनी दाङको प्रसिद्ध धार्मिक स्थल घोराही –५ धारापानीमा रहेको पाण्डवेश्वर महादेव मन्दिरको अवलोकन गरेका थिए । बिहानै घोराही –१७ मा रहेको कृष्ण सेन इच्छुक वहुप्राविधिक विद्यालयको अनलोकन गरेर कृष्ण सेनको सालिकमा माल्यापर्ण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%