© २०२३
बुटवल, ११ माघ ।
मानवसेवा आश्रमको रुपन्देही शाखा स्तरोन्नती र अक्षयकोष वृद्धिका लागि तिलोत्तमामा जारी श्रीमद्भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञमा लायन्स इन्टरनेसनल डिष्ट्रिक ३२५ पी नेपालको तर्फबाट २ करोड ७ लाख बढी सहयोग गर्ने प्रतवद्धता व्यक्त गरिएको छ ।
लायन्स ईन्टरनेशनलको हङ्गर रिलिफ प्रोग्राम अन्तर्गत किचन डाइनिङ प्रोजेक्टका लागि १ लाख ५० हजार डलर अर्थात नेपाली रुपियाँ २ करोड ७ लाख रकम सहयोग दिने प्रतिबद्धता भएको छ ।
लायन्स डिष्ट्रिक ३२५ पि का गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्गन, फस्र्ट भाइस डिष्ट्रिक गभर्नर बालाराम भट्टराई, सेकेन्ड भाइस डिष्ट्रिक गभर्नर सन्दीप कशौधनले प्रतिबद्धता व्यक्त गरेका हुन् ।
लायन्सले मानव सेवा आश्रम लाई दुई नम्बर क्षेत्र र ७ क्षेत्र पोखरमा यो किचन डायनिङ प्रोजेक्ट सुरु भैसकेको छ ।