ट्रेंडिंग:

>> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र
मुख्य खबर

सेमलारः होला त कृषि बजारले गुल्जार

२६ कार्तिक २०७९, शनिबार
२६ कार्तिक २०७९, शनिबार

बुटवल, २६ कात्तिक ।

बुटवलमा वि.सं. २०६७ सालमा स्थापना भएको ‘बुटवल कृषि उपज थोक बजार केन्द्र’ अहिले साँघुरो भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ६ को पुरानो बसपार्कमा रहेको यो उपज केन्द्रमा व्यवसायीले वैकल्पिक बजारको माग समेत गर्दै आएका छन् । फोर पि मोडलमा सञ्चालन रहेको यो उपज केन्द्रमा लुम्बिनी फलफुल तथा तरकारी थोक व्यवसायी समिति, बुटवल उपमहानगरपालिका, संघीय सरकारको कृषि मन्त्रालयको संयुक्त लगानीमा सञ्चालित हो ।

यसको विकल्पमा बुटवल उपमहानगरपालिका वडा नम्बर १५–१६ को सिमाना क्षेत्र सैनामैना १ नम्बर वडा लाई समेटेर कृषि उपज केन्द्र बनाउने योजना सुरु भएको ३ बर्ष भएको छ । यसले बल्ल सार्थकता पाउँदै छ ।

तत्कालीन अर्थमन्त्री विष्णु पौडेलको पहलमा कर्साघाट क्षेत्रमा स्थापना गरिने भनिएको कृषि बजार अहिले बुटवल १५ मा पहिलाको सोही स्थान नजिकै स्थापना गरिने भएको हो । वि.स. २०७६ सालमा सुरुवात भएको यो योजनाले अहिले सार्थकता पाउन लागेको हो ।

संघीय सरकारअन्तर्गतको कृषि पूर्वाधार विकास तथा कृषि यन्त्रीकरण प्रवद्र्धन केन्द्रले यसको डिपीआर समेत तयार पारेको थियो । मुलुककै ठुलो र व्यवस्थित कृषि उपज केन्द्र निर्माण हुने यो कृषि उपज केन्द्रमा अहिले २ अर्ब ३ करोड बढी लागत अनुमान गरिएको छ ।

नदी उकास क्षेत्रको ३० बिघा जमिनमा बन्ने यो कृषि उपज केन्द्रमा ५० हजार टन क्षमताको तरकारी, पशुपन्छी, फलफूलसम्बन्धी वैज्ञानिक प्रविधिसहित गोदाम घर बन्नेछ । यसबाहेक खाद्य, तरकारी, फलफूल राख्न शीतभण्डार गृह, तिनको गुणस्तर निर्धारण गर्ने प्रयोगशाला, बायोग्यास उत्पादन केन्द्र, फोहोर प्रशोधन केन्द्र र बिउ भण्डार गृह निर्माण गरिनेछ । पशुजन्य उत्पादन बिक्रीका लागि छुट्टै क्वारेन्टाइन भवन बन्नेछ । तीन वटा जिउँदो माछा बिक्री केन्द्र बन्नेछन् । १ सय मेट्रिक टन जोख्न सक्ने धर्मकाँटा राखिने डिपिआरमा उल्लेख छ ।

पछिल्लो समयमा बुटवलको सेमलारमा २ अर्बभन्दा बढी लगानीमा आधुनिक कृषि बजार बनाउने योजनामा नेदरल्याण्ड सरकारको लगातमा सेमलार क्षेत्रमा कृषि बजार निर्माण गर्ने गरी अगाडि बढाइएको छ ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले जग्गा प्राप्तीको लागि वनसंग आवश्यक छलफल तयारी भैरहेको भन्दै जग्गा प्राप्ती हुनासाथ दातृ निकायको सहयोगमा निर्माण गर्ने बताउँछन् ।

कृषि बजारको लागि आवश्यक जग्गा प्राप्त गर्न जिल्ला विपद् व्यवस्थापन समितिले सहमति जनाएको छ । विपद् व्यवस्थापन समितिको बैठकले सो जग्गा विपद्का लागि प्रयोग नहुने र जोखिमपूर्ण स्थानमा नरहेकाले सिफारिस समेत गरेको छ । यद्यपि जग्गाको केही भागमा वनको जग्गा पर्ने भन्दै नापी कार्यलयमा निवेदन देखिएको कारण यो विवाद सल्टाएर काम अगाडि बढ्ने उनको भनाई छ ।

बुटवल उपमहानगरपालिकाले भूमिसुधार मन्त्रालयमा जग्गा प्राप्तिको लागि प्रस्ताव लग्ने बाटो खुलेको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी बताउँछन् । नदी उकास क्षेत्रको ४२ बिघा जमिनमा बन्ने केन्द्रमा कृषि उपज संकलन, प्रशोधन, बिक्री वितरण र भण्डारण हुनेछ ।

नेपाल सरकारले नेदरल्याण्ड सरकारलाई आधुनिक प्रविधियुक्त थोक कृषि बजार निर्माणको लागि अनुरोध गरेको थियो । जसअनुसार सन् २०१९ डिसेम्बर १७ मा पहिलो र दोस्रो चरणको सम्भाव्यता अध्ययनको लागि अनुदान सम्झौता भएको थियो ।

सो बजारमा १ लाख मेट्रिक टन क्षमताको खाद्यान्न बालीको गोदाम राख्ने योजना छ  । ५० हजार टन क्षमताको तरकारी, पशुपन्छी, फलफूलसम्बन्धी वैज्ञानिक प्रविधिसहितको गोदाम घर, खाद्य, तरकारी, फलफूलको गुणस्तर निर्धारण गर्ने प्रयोगशाला, प्रशोधन कन्द्र र बीउ भण्डार गृह निर्माण गरिने प्रस्ताव छ ।
लुम्बिनी फलफुल तथा थोक तरकारी थोक व्यवसायी संघका अध्यक्ष बाबुराम भुषालले सेमलार क्षेत्रमा निर्माण हुने कृषि उपज केन्द्रले सेमलार सहित सिंगो बुटवल वडा नम्बर १५ का साथै १६ को क्षेत्र समेत गुल्जार हुने अपेक्षा लिएको बताउँछन् । उनले किसानको उत्पादन कृषि उपज केन्द्र मार्फत बिक्री गर्नको लागि यसले थप सहज हुने उनको भनाई रहेको छ । उनी भन्छन–‘अहिले ओझेलमा रहेको बुटवल १५, १६ क्षेत्र गुल्जार कायापलट हुने अपेक्षा हामीले गरेका छौ, हामी व्यवसायीहरु उत्साहित छौं ।’

जैविक कृषि उपज संकलन केन्द्रले समेत यसलाई थप सहयोग पु¥याउने छ । बुटवल जैविक तरकारी उत्पादन कृषक समूहद्वारा प्रबद्र्धित जैविक कृषि उपज संकलन केन्द्र स्थापना भएको छ । बुटवल १५ मा रहेको उक्त केन्द्रको बुटवल उपमहानगरपालिका लगानीमा कोल्ड चेम्बर समेत स्थापना गरिएको छ । उत्पादक पनि कृषक र सन्चालक पनि कृषक नै रहने गरी यो केन्द्र स्थापना गरिएको हो । प्रदेश, स्थानीय सरकार, कृषकको लागत सहभागिता हुने गरि कार्यक्रम अगाडि बढाइएको हो ।

यसको सदस्यता लिन बुटवल क्षेत्र भित्रका न्युनतम ३०० केजि तरकारी बर्षमा दिन पर्ने ब्यक्तिगतको हकमा समूहको हकमा भने दश हजार किलो दिने मात्रै शेयर लिन सक्ने प्रावधान छ । सामान्यतया स्थानीयस्तरमा उत्पादित तरकारी मसला र फलफुल वालीहरु स्थानीयस्तरमा संकलन गरी उचित वजार व्यवस्थापन गरी साना कृषकलाई प्रत्यक्ष राहत दिने गरी यो अगाडि बढाइने केन्द्रका अध्यक्ष रामनाथ माली बताउँछन् ।

बुटवल उपमहानगरपालिकाका वडा नम्बर १६ का निवर्तमान अध्यक्ष राम प्रसाद रेग्मीका अनुसार विष्णु पौडेल अर्थमन्त्री हुँदा विनियोजित बजेट अनुसार यसको डीपीआर भएको बताउँछन् । उनले डीपीआर अनुसार अहिले केही स्थान नजिकै नदी उकास जग्गामा यो बजार बन्ने छ । बुटवलमा उपेक्षित वडाको रुपमा रहेका साविक सेमलार गाविसका वडाहरुमा यो बजार स्थापना पछि कृषिको उर्वर क्षेत्र समेत रहेका बुटवल १३–१९ नम्बरका वडाबाट कृषि उपज सहज रुपमा विक्री हुनेछन् ।

बुटवल उपमहानगरपालिकाका वडा नम्बर १५ का अध्यक्ष तथा नगर प्रवक्ता शिव रानाले बजारले यो बर्ष नै सार्थकता पाउने दावी गर्दछ्न । जग्गा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको भन्दै उनले सोही अनुसारको काम अगाडि बढ्ने उनको भनाई छ । उनले जग्गा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको भन्दै अव छिट्टै काम सुरु हुने बताए । स्थानीय उत्पादनलाई विक्री वितरण गर्नको लागि समेत व्यवस्थापन गर्ने उनको भनाई रहेको छ । उनी भन्छन्–‘विकासोन्मुख सहरको एउटा नमुनाको रुपमा सेमलार विकास हुनेमा हामी विश्वस्त छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?