ट्रेंडिंग:

>> चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बुद्ध आर्दश माविलाई >> रसायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न प्रधानमन्त्रीको निर्देशन >> चापागाईलाई अत्याधिक मतले पराजित गर्दै बाबुराम भट्टराई अध्यक्ष निर्वाचित >> मुस्लिम संघमा नेतृत्व चयनको विवादले मध्यरातमा भागाभाग, अनिश्चितकालका लागि स्थगित >> त्रिवि मैदानमा अन्तर्राष्ट्रिय मापदण्डको फ्लडलाइट र प्यारापिट बनाउन बोलपत्र स्वीकृत >> ट्रम्प र पुटिनबीच साउदी अरबमा युक्रेनको विषयमा शान्ति वार्ता हुने >> सुनसहित दुई भारतीय नागरिक पक्राउ >> सुरु भयो बबरमहलमा फुटेको मेलम्ची खानेपानीको पाइप मर्मतको काम >> निजी क्षेत्रको लगानी संरक्षण हुने गरी विद्युत् विधेयक पारित गर्न माग >> प्रचण्डद्वारा गुल्मीमा हेलिप्याड र पिस पार्कको उद्घाटन >> गैंडहवामा महिलाहरुका लागि होमस्टे सञ्चालन तालिम >> फागुन महिनाभर नसर्ने रोगविरुद्धको स्क्रिनिङ अभियान सञ्चालन गरिने >> `कर्मा´को फस्ट लुक सार्वजनिक >> भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भ्रमणका लागि अमेरिकामा >> काठमाडौँको साँखुमा स्कुल बस दुर्घटना: ३ जनाको मृत्युसमेत, २७ जना घाइते >> जिल्ला प्रहरी कार्यलय रुपन्देहीमा निशुल्क स्वास्थ्य परीक्षण, दुई सय प्रहरी लाभान्वित >> लायन्स क्लव अफ बुटवल सयपत्रीको एक दिने खाना महोत्सव सम्पन्न >> सुनको भाउ दिन प्रतिदिन आकासिदै, आज २३ सय रुपैयाँले बढ्यो >> जनयुद्दको प्रेरणा सयौं वर्षसम्म रहिरहनेछ: प्रचण्ड >> उद्यमी महिलाका उत्पादन प्रोत्साहन गरौँ : पूर्वमन्त्री केसी >> पश्चिमी वायुको आंशिक प्रभाव : एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना >> जनयुद्ध दिवसका नाममा बिदा नदिन सर्वोच्चको अर्को आदेश >> प्रविधिको बाढीमाथि रेडियो जोगाउने चिन्ता >> के बुटवल नुन व्यापारले बनेको शहर हो ? >> रानीमहलमा दुई मुख्यमन्त्रीको ‘समृद्धि प्रेम’ >> स्वर्गद्वारी गुठी आन्दोलनः मोही किसानको न्याय खोजी राजधानीसम्म >> तीन मिठाई पसललाई ६० हजार जरिवाना >> फेब्रुअरी महिनाः आयोडिन नुनको महिना >> मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकपः विदेशी टिमसहित आठ टोली भिड्ने >> मन्त्रीले गरे दूरसञ्चार प्राधिकरणका निर्देशक घिमिरेको प्रशंसा >> रानीमहलमा लुम्बिनी र गण्डकीको समन्वयात्मक बैंठक >> ग्रीस पठाइदिन्छु भन्दै ६ लाख ४० हजार ठगी, महिला पक्राउ >> मिलनको ह्याट्रिकमा आयोजक लखन विजयी >> क्याननको रजत महोत्सव >> यी हुन प्लेब्वाईमा एडल्ट फोटो सुट गर्ने पहिलो भारतीय नायिका >> अष्ट्रेलियाको सात शहरमा नेपथ्य >> चिकित्सा शिक्षा आयोगको बैठकः मेडिकल कलेजमा विदेशी विद्यार्थीको सङ्ख्या बढाउन जोड >> ‘नो केबलकार’ आन्दोलनकारीलाई फेरि वार्तामा आउन आह्वान >> पत्रकारिता र सञ्चारः उहिले र अहिले >> फागुनका लागि ग्लोबल आइएमईबाहेक अरु बैंकको ब्याजदर स्थिर >> सुनको भाउ तोलामा दुई हजार सात सय रुपैयाँले घट्यो >> ‘सनम तेरी कसम’काे पुनः रिलिजकाे ४ दिनमै दोब्बर कमाइ, सिक्वेल पनि बन्ने >> च्याम्पियन्स लिग: सिटीको मैदानमा रियलको रोमाञ्चक जित >> खसीको अण्डकोष टाँसेर बाख्राको मासु बेच्ने अन्सारी पक्राउ >> आगो ताप्ने क्रममा जलेर गुल्मीमा एक जनाको मृत्यु >> युरोप जान्छ झापाका सुपारीको पातका बटुका >> अचम्मको छ मेरो समाज ! >> बुद्धको मानवतावादी शिक्षा >> भ्रष्टाचार सूचकांकले बढाएको चिन्ता >> ‘सामाजिक सञ्जाल नियमन गरौं’

सरकारले दिएन वन्यजन्तु क्षतिको राहत

१० माघ २०८१, बिहीबार
१० माघ २०८१, बिहीबार

गुल्मी, १० माघ ।
गुल्मीमा वन्यजन्तुबाट क्षति भएका किसानहरूले एक वर्ष भन्दा बढी समय बित्दा समेत अझै क्षति बापतको राहत पाउन सकेका छैनन् । आर्थिक वर्ष २०८०/८१ को साउन महिनादेखि राहत सहयोगको लागि दिएका निवेदनहरू अझैसम्म पनि डिभिजन वन कार्यालय गुल्मीमा त्यत्तिकै थन्किएका छन् ।

वन्यजन्तुबाट भएको बालीनाली र पशु धन क्षतिका लागि प्रदेश सरकार वन तथा वातावरण मन्त्रालयबाट किसानहरूलाई क्षति वापतको राहत उपलब्ध गराउँदै आएको छ । तर बजेटको सुनिश्चितता नभएको भन्दै मन्त्रालयले डेढ वर्षसम्म पनि किसानलाई राहत रकम उपलब्ध नगराएका कारण किसानहरू राहतबाट बञ्चित भएका हुन् ।डिभिजन वन कार्यालय गुल्मीमा वन्यजन्तुबाट भएको बालीनाली र पशुधन क्षतिको लागि एक सय पाँच जना किसानले निवेदन दिएका छन । जस अन्तर्गत ४२ जना किसानको बालीनाली र ६३ जनाको पशुधन क्षति भएको छ ।

गुल्मीमा बन्यजन्तुबाट क्षति पुगेका एक सय पाँच जना मध्ये ४२ जना किसानको बालीनालीमा क्षति पुगेको छ भने अन्य ६३ जनाको पशुधन क्षति भएको छ । डिभजन वन कार्यालय गुल्मीका अनुसार पशुधन वापत बाख्रा, गाईगोरु, भैसी र कुखुरा गरी तीन सयकोे क्षतिको राहतका लागि निवेदन परेको डिभिजन वन कार्यालय गुल्मीका बरिष्ठ वन अधिकृत मदन सापकोटाले जानकारी दिएका छन । उनले प्रदेशमा बजेट सुनिश्चितता नभएको कारण किसानहरूलाई समयमा राहत उपलब्ध गराउन नसकिएकोे बताए ।

तर निवेदन दिएको डेढ वर्ष हुँदा पनि राहत नपाएपछि अब राहत पाउने आशा हराउँदै गएको मदाने गाउँपालिका–४ अन्तर्गत कुसुम बस्तीका किसान लालबाहदुर घर्तीले गुनासो गरेका छन् । चितुवाले खोरमा पसेर माउबाख्रा खाईदिएपछि राहतका लागि मुचुल्का बनाएर वन कार्यालयमा निवेदन दिएको उनले बताए । त्यसैगरी मदाने –४ कै किसान डोरबहादुर घर्तीको पनि चितुवाले खोरबाट तीन वटा बाख्रा मारेको थियो । उनी यतिबेला अझै पनि राहत आउँछकी भनेर त्यसैको आशामा बसिरहेका छन ।

किसानहरूले दिएको निवेदनका आधारमा जिल्लामा रहेको मूल्याङ्कन समितिले राहतका लागि प्रदेश मन्त्रालयमा सिफारिस गरी पठाउने गर्दछ । राहतको लागि माछा वा कुखुराको हकमा मूल्याङ्कनका आधारमा वर्षमा एक पटक बढीमा दश हजार रूपैंया, बाख्राको हकमा प्रति बाख्रा दश हजार र गाईभैंसी, रागो, उन्नत जातको गाई, घोडा, खच्चड, चौंरी लगायतको हकमा ६० हजार रूपैंयासम्म क्षतिपूर्ति दिने व्यवस्था रहेको छ ।

वन्यजन्तुबाट भएको क्षतिको राहत निर्देशिका २०८० अनुसार वन निर्देशनालय मार्फत प्रदेशको वन सम्बन्धी विषय हेर्ने मन्त्रालयबाट पीडित वा पीडितका हकवालाहरूलाई बढीमा एक महिनामा राहत उपलब्ध गराउनु पर्ने ब्यवस्था रहेको छ । तर निर्देशिकामा उक्त व्यवस्था भएपनि गुल्मी जिल्लामा भने एक सय भन्दा धेरै किसानहरूले लामो समयसम्म पनि राहत नपाउँदा थप समस्यामा परेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?