ट्रेंडिंग:

>> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास

पञ्चवर्षीय योजना बनाउँदै वीरेन्द्रनगर

९ माघ २०८१, बुधबार
९ माघ २०८१, बुधबार

सुर्खेत, ९ माघ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले पञ्चवर्षीय योजना निर्माण गर्न लागेको छ । पूर्वाधार विकास, स्वास्थ्य, कृषि, शिक्षा र ऊर्जालाई प्रमुख प्राथमिकतामा राखेर योजना निर्माण गर्न लागेको हो । पूर्वाधार विकासलाई एकीकृत गर्नेगरी योजना निर्माण गर्न लागेको नगरपालिकाले जनाएको छ ।

विकास साझेदार संघ संस्थासँग मिलेर पञ्चवर्षीय योजना निर्माण गर्न लागिएको नगरपालिकाका प्रमुख मोहनमाया ढकालले जानकारी दिइन् । योजनावद्ध विकास निर्माणका लागि पञ्चवर्षीय योजनाको आवश्यकता अनुभूति भएको ढकालले बताइन् । अब बन्ने योजनाका विषयमा विभिन्न क्षेत्रसँग छलफल गरिने उनको भनाई छ । योजना निर्माणका लागि विभिन्न चरणमा विभिन्न क्षेत्रका विज्ञहरूसँग छलफल गरिने ढकालले जनाइन् । नगरपालिकाका लागि बढ्दो जनसंख्या चुनौतीका रूपमा रहेको छ ।

त्यसकारण भविष्यमा उत्पन्न हुनसक्ने जोखिमलाई नियन्त्रण गर्नेगरी पञ्चवर्षीय योजना निर्माण गर्न लागिएको नगरप्रमुख ढकालको भनाई छ । उनले भनिन्, ‘अब बन्ने योजनाले पूर्वाधार विकास, कृषि, स्वास्थ्य, शिक्षा र जलस्रोतको क्षेत्रमा कसरी काम गर्न सकिन्छ भनेर मार्गदर्शन गर्नेछ, त्यसैका लागि योजना निर्माण थालेका छौँ ।’ पञ्चवर्षीय योजना निर्माणका लागि सुरुवाती चरणको छलफल भइरहेको उनको भनाइ छ ।

विभिन्न क्षेत्रमा अध्ययन गरेका विज्ञहरूबाट अध्ययन गराएर मात्र योजना निर्माण गरिनेछ । आगामी वर्षसम्म पञ्चवर्षीय योजना निर्माण गरिसक्ने गरी छलफल अघि बढाइएको नगरपालिकाले जनाएको छ । द एशिया फाउन्डेसनले नगरपालिकाको पञ्चवर्षीय योजना निर्माणमा सहयोग गर्नेछ । उक्त संस्थाले योजना निर्माणका लागि सुरुवाती चरणका काम गरिरहेको नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?