© २०२३
काठमाडौं, ९ माघ ।
आज शेयर बजार उच्च अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५२.३६ अंकले वृद्धि भएर २,६६५.४५ विन्दुमा पुगेको छ।
आज सबै समूहको शेयरमा वृद्धि देखिएको छ। विशेषगरी अन्य समूहको शेयर ४ प्रतिशतभन्दा बढी बढेको छ। यस्तै, लगानी समूहको शेयर ३.५ प्रतिशतभन्दा बढी, र विकास बैंक, होटल, जलविद्युत्, र व्यापार समूहका शेयर २ प्रतिशतभन्दा बढी बढेका छन्।
आज कर्पोरेट विकास बैंक र दोल्ती पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ। समग्र बजारमा वृद्धि भएको दिन बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको शेयर भने ८ प्रतिशतभन्दा बढी घटेको छ।
आज कारोबार रकम पनि उल्लेख्य वृद्धि भएको छ। ३२२ वटा कम्पनीका १ करोड ७६ लाख कित्ता शेयर ९ अर्ब २० करोड रुपैयाँमा कारोबार भएको छ, जुन लगभग २ महिनायता भएको उच्चतम कारोबार रकम हो। यसअघि, गएको मंसिर १७ गते १० अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको थियो।