ट्रेंडिंग:

>> बुटबलको बुदनगरमा गोली चल्यो >> तातोमा ‘लोहार दाई’ >> सातवटै वडामा उज्यालो समाजका लागि सार्वजनिक प्रतिबद्धता >> पर्यावरण मैत्री लघुकथा वाचनको एक दिन…… >> श्रीनगर घुमघाम र बिचरणको रोमाञ्चकता >> अराजकता नरोकिए शिक्षा प्रणाली ध्वस्तः मन्त्री तिमल्सिना >> रातीमा मणिमुकुन्द भलिबल >> ‘पैसा चुहिने’ भन्सारमा संसदीय समितिको निरीक्षण >> मध्यरातिसम्म प्रधानमन्त्री र सभामुखसँग शिक्षक महासंघको छलफल >> पानी पार्ने प्रणाली पश्चिमबाट पूर्वतिर सर्दै >> लुम्बिनी कप महिला फुटबलमा आर्मीको विजयी सुरुवात >> रुपन्देहीमा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसिप सुरु >> नगरभित्र ट्राफिक व्यवस्थापनमा लचकता अपनाउन ट्राफिक प्रहरीलाई आग्रह >> दाङमा बस दुर्घटना: दुईजनाको मृत्यु >> मणिमुकुन्द भलिवल कप इन्डो नेपाल प्रतियोगिताको तयारी पूरा, उदघाटन खेलमा आयोजक र भारतीय टिम भिड्दै >> देश विकासमा पूर्वाग्रह र मतभेद राख्न आवश्यक छैन : प्रधानमन्त्री >> देवदह र आयोजक वेष्ट्रन विजयी >> गभर्नरमा गुणाकरलाई रोक्न सर्वोच्चमा रिट, आइतबार पेसी >> लुम्बिनीको मासिना बाबा नरेन्द्रपूरी माध्यमिक विद्यालयमा नक्कलको भिडियो लिक >> १०२ ग्राम ब्राउन सुगर सहित दुई युवा पक्राउ >> टिपर र कार ठोक्किँदा दुईजनाको मृत्यु >> अमेरिकाले फालेका कागज पढेर चीनले निकाल्यो नुनबाट आणविक शक्ति >> सेयर बजार १.९४ प्रतिशतले बढ्यो >> कक्षा १२ को परीक्षा सारिएको छैन, भ्रममा नपर्न बोर्डको अनुरोध >> प्रचण्ड पुगे गौतम बुद्धले बाल्यकाल बिताएको तिलौराकोट क्षेत्र >> यमनको बन्दरगाहमा अमेरिकाको भिषण हवाई हमला, ३८ सर्वसाधारणको मृत्यु >> इभि गाडीको चार्जिङ स्टेशनसंगै ‘द डेली ग्राइण्ड क्याफे’ सन्चालनमा  >> क्यान्सर पीडित धवलशमशेर राणा हाजिर जमानीमा रिहा हुने तयारी >> ६ महिनापछि पुनः चलायमान भयो हेटौँडा सिमेन्ट उद्योग >> चेपाङ समुदायका लागि आवास निर्माणका कार्यक्रम ल्याउँछौंः प्रधानमन्त्री >> शिलन्यास बहिष्कार गरेकी रेणु अन्ततः भरतपुर सडकको उदघाटनमा >> दाउन्ने सडकखण्डमा एकतर्फी रूपमा मात्र गाडी चल्न थाले >> लुम्बिनी प्रदेश सरकारले ल्याउने बजेट घाटाविहीन, टुक्रे योजनाको अन्त्यतर्फ सरकार >> सुनको भाउ तोलामा आठ सय रुपैयाँले घट्यो >> सशस्त्रको ब्यारेकमा मध्यरातमा गोली चले पछि… >> राष्ट्र बैंकका निर्देशक गुणाकर भट्टले दिए राजिनामा >> भीमाको उपचारमा अस्तालको लापरवाही ठहर, १५ लाख क्षतिपुर्ति भराउन अदालतको आदेश >> लमही–कोइलावास सडकखण्डमा बस दुर्घटना, २१ जना घाइते >> दाल धेरै भयो वा बाँकी रहयो, उसो भए सजिलो तरिकाले पराठा बनाएर खानुहोस् >> आज राष्ट्रिय टोलीका तीन सदस्य सहित त्रिभुवन आर्मी क्लब मैदानमा उत्रिदै  >> बिराटनगर एमालेमा ओली पक्षधर क्लिन स्विप, ढकाल समुह बिजयी >> बारामा साढे तीन क्विन्टल बढी गाँजा सहीत ५ जना पक्राउ >> वीरगन्जमा निषेधाज्ञा हट्यो >> बरूण धवन यो बर्ष बुवा डेभिडसहित थप ३ फिल्ममा देखिदै >> धाक धम्की दिई रकम उठाएको आरोपमा पत्रकार पक्राउ >> आजको विदेशी मुद्रको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ? >> मेलमिलाप सम्बन्धी आधारभूत तालिम >> स्वेच्छाले अमेरिका छाडनेलाई पैसा देखी हवाई टिकटसम्म निःशुल्क >> आइपिएलमा मुम्बई इन्डियन्सको तेस्रो जित >> सिरहामा चट्याङ लागेर कृषकको मृत्यु

तस्करीको आशंकामा ठूलो परिमाणमा लसुन र मकै प्रहरी नियन्त्रणमा

८ माघ २०८१, मंगलवार
८ माघ २०८१, मंगलवार

सुनवल, ८ माघ ।

पश्चिम नवलपरासीको सिमावर्ती नाका हँुदै भारततर्फ तस्करीका लागि ल्याइएको आशंकामा प्रहरीले सुनवलबाट समानसहितको एक ट्रक नियन्त्रणमा लिएको छ । सुनवल चोकबाट प्रहरीले आइतबार लु २ ख ८९३ नम्बरको लसुन र मकै लोड गरिएको ट्रक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

बुटवलबाट नवलपरासीको प्रतापपुरमा भण्डारणका लागि ल्याउँदै गरेको अवस्थामा प्रहरीले पुर्व पश्चिम राजमार्गको सुनवल बजार क्षेत्रबाट नियन्त्रणमा लिएको हो । सो ट्रकमा १ सय ३२ बोरा (३९८० किलो) लसुन र ६ सय ८० बोरा (१७ हजार किलो) मकै रहेको थियो । उक्त समानको विषयमा थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ । प्रहरीले उक्त सामग्री भारततर्फ तस्करी गर्न सिमावर्ती क्षेत्रमा भण्डारणका लागि ल्याएको आशंकामा नियन्त्रणमा लिएको हो ।

सिधै भारततर्फ तस्करीका लागि सेटिङ नमिल्दा तस्करहरुले विभिन्न स्थानमा गोदाममा भण्डारण गरेर चाईनिज लसुन, मकै लगायतका सामग्री भारततर्फ तस्करी गर्दै आएका छन् । तर पछिल्लो समय प्रहरीले केही कडाई गरेपछि भने तस्करहरु सेटिङ मिलाउन शक्तिकेन्द्र धाउन थालेको स्रोतले जनाएको छ । अहिले कागजपत्र भएपनि सिमावर्ती क्षेत्रमा भण्डार गर्न लागिएको लसुन, मकै लगायतका सामग्री फेला परेपछि प्रहरीले सिधै राजश्व अनुसन्धान कार्यालय बुटवल पठाउने गरेको छ । राजश्व अनुसन्धान कार्यालय बुटवलका सूचना अधिकारी मनोज कुमार शैनीले सामान र पक्राउ परेका समानको बिलविजक सहित फर्मको विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।

पछिल्लो समय तस्करको गिरोहले कागजपत्र भएको समान किन नियन्त्रणमा लिएको भन्दै प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायलाई दबाब दिन थालेका छन् । प्रहरीले भिसिटिएस सहितका सवारी नियन्त्रणमा लिएर राजश्व अनुसन्धानमा पठाउन थालेपछि तस्करको समूह तनावमा परेको छ । सिमा क्षेत्रमा फर्म खोलेर भण्डारण गर्ने र क्रमैसंग सानो परिमाणमा भारततर्फ रातको समयमा पठाउने काम विगत देखि हुँदै आएको थियो ।

अहिले पनि भारतबाट विभिन्न सामान अवैध रुपमा आयात हुने क्रम छिटफुट् जारी नै छ । भने यस क्षेत्रबाट पनि भारततर्फ सानो परिमाण बनाएर सामान तस्करी हुने गरेको छ । लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआईजी दानबहादुर कार्कीले कडाई गरेपछि अहिले प्रहरीले समान नियन्त्रणमा लिएर राजश्व अनुसन्धान कार्यालय पठाउने गरेको छ । यसअघि मिलेमतो र चोरीनिकासी गरेर विभिन्न समानको तस्करी हुँदै आएको थियो । भारतमा धेरै माग भैरहेको लसुन नेपालमा चीनबाट आइरहेको छ । त्यस्तै अर्जेन्टिना, टर्की, ब्राजिल, दक्षिण अफ्रिकाबाट मकै धेरै आयात भैरहेको छ । यसरी आयात भएको लसुन र मकै थोरै मात्रामा नेपालमा पनि खपत हुन्छ भने अधिक मात्रामा भारतमा पुर्याइने गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?