© २०२३
बुटवल, ७ माघ । सिजी मोटर्सले बुटवलमा एक्स्ट्रिम सिरिजका दुई नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ । नेपालमै एसेम्बली गरिएको हिरोका एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर मोटरसाइकलहरु मंगलबार बुटवलमा लन्च गरिएको हो ।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, बुटवल–९ का वडाअध्यक्ष प्रदिपकुमार श्रेष्ठ, बुटवलस्थित सिजी मोटर्सको आधिकारिक बिक्रेता हिमालयन अटो ट्रेडिङ्ग प्रालिका म्यानेजिङ डाइरेक्टर भेषराज गैरे, संघका पूर्वअध्यक्ष महेशमान सिह, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले नयाँ मोटरसाइकल सार्वजनिक गरेका हुन् ।
सिजी मोटर्सका लुम्बिनी प्रदेश एरिया सेल्स म्यानेजर नेत्र कुँवरले हिरोको एक्स्ट्रिम १६० आर फोरभीको बजार मूल्य ३ लाख ८४ हजार ९ सय र एक्स्ट्रिम १२५ आरको बजार मूल्य सीबीएस भेरियन्टका लागि २ लाख ८९ हजार ९ सय र एबीएस भेरियन्टको लागि ३ लाख ११ हजार ९ सय रहेको बताए । सार्वजनिक भएका दुवै मोडेलहरू नवलपरासीस्थित सिजी इन्डस्ट्रियल पार्कमा रहेको अत्याधुनिक असेम्बली प्लान्टमा एसेम्बल गरिएको हो ।
कम्पनीका अनुसार एक्स्ट्रिम १६० आर फोरभीमा १६० सिसी सेगमेन्ट रहेकोमा सार्वजनिक गरिएको बाइकमा १६३ सिसी ४–भल्भबीएस–भीआई इन्जिन रहेको छ । यसले ८ हजार ५ सय आरपीएममा १६.९ पीएस पावर र ६ हजार ५ सय आरपीएममा १४।६ एनएम टर्क उत्पादन गर्छ । १४५ किलो तौल भएको यो मोटरसाइकल सजिलै मोड्न र चलाउन सकिने कम्पनीले जनाएको छ ।
एक्स्ट्रिम १२५ आर १२५ सिसीको इन्जिन रहेको छ । यसमा ईबीटी प्रणाली उपलब्ध छ । एक्स्ट्रिम १२५ आरको मस्कुलर र सार्प डिजाइनअन्तर्गत सेगमेन्टमै पहिलो प्रोजेक्टर एलइडी हेडल्याम्प, एलइडी टर्न सिग्नल, र सिग्नेचर एलइडी टेल लाइट समावेश रहेको सिजी मोटर्सका रिजनल सेल्स म्यानेजर विभेक सिंघालले जानकारी दिए ।
हिरोले आकर्षक डिजाइनसहितको नयाँ मोटरसाइकलहरू सार्वजनिक गर्दै कलाकारमार्फत सांगीतिक प्रस्तुतिसमेत दिएको थियो । कार्यक्रममा गायक निशान भट्टराई, गायिक सुजाता पाण्डे लगायतले सागितिक प्रस्तुति दिएका थिए ।