Butwal Today

छिल्लीकाेटका विद्यार्थीले पाए न्यानाे कपडा

८ माघ २०८१, मंगलवार
अ+
अ-
दाङ,८ ,माघ ।
तुलसीपुर उपमहानगरपालिका वडा न १९ वडा कार्यालयले  गणेश प्रावि तिनुखाेला छिल्लीकाेटका विद्यार्थीहरुलाई न्यानाे कपडा वितरण गरेकाे छ ।
तुलसीपुर उपमहानगरपालिका वडा न १९ का कार्यबाहक वडाध्यक्ष रामबहादुर पाैडेलका अनुसार  गणेश प्रावि तिनुखाेलाका ४६ जना विद्यार्थीलाई वितरण गरिएकाे हाे । वडा सदस्यहरु पूर्णबहादुर बुढाथाेकी,तारा खड्का वली, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर खड्काले  दूर्गम स्थानमा रहेकाे  विद्यालयमा न्यानाे कपडा  वितरणले विद्यार्थी आकर्षण बढेकाे बताए  ।
न्यानाे कपडा वितरण कार्यक्रममा कालिका मालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परवीर पुन, विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष पूर्णबहादुर पुन,विव्यस सदस्य टाेपबहादुर विक लगाएतले धारणा राखेका थिए ।।।