ट्रेंडिंग:

>> दाङकी उर्मिला : टायल-मार्बल मिस्त्री पेशामा महिला पहिचान बनाउने साहसी हस्ती >> जेनजी आन्दोलनको क्षति मूल्याङ्कन समितिले बुझायो प्रतिवेदन, ८४ अर्व ४५ करोडको भौतिक क्षति >> यामाहा ‘ब्लु स्क्वायर’ शोरूम बुटवलको कालिकानगरमा सञ्चालनमा >> विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा >> विराटनगरले टस जित्यो, लुम्बिनीले पहिले ब्याटिङ गर्दै >> प्रतिनिधि सभा सदस्यका लागि नेपाली काङ्ग्रेस दाङबाट ३ निर्वाचन क्षेत्रमा २० जना सिफारिस  >> पूर्व सीडीओ रिजालको लिखित जवाफ- घुँडा मुनिसम्म गोली हान्ने आदेश दिएको हुँ >> गोवा आगलागी : भागेका नाइटक्लब मालिक लुथरा दाजुभाइ थाइल्यान्डमा पक्राउ >> घुसपैठले बल प्रयोग भयो, मेरो भूमिका छैन : पूर्वगृहमन्त्री लेखक >> लामिछाने र जोशीको मुद्दा आज पनि हेर्न नमिल्ने >> आरजु देउवा भन्छिन् – मेरो घरमा नोट जलेको होइन >> जेनजी र सरकारबिच सम्झौता, ७ वटा आयोग र संयन्त्र गठन हुने >> स्वास्थ्यमन्त्री गौतम भन्छिन् : नेपालमा बीमाको व्यवस्था दिगो छैन >> सुनको मूल्य आज तोलामा १ हजार रुपैयाँले बढ्यो >> ट्रम्पद्वारा नयाँ ‘गोल्ड कार्ड’ आप्रवासन भिसा सार्वजनिक >> सम्झौता वार्तामा घुसपैठ भएको सुदन गुरुङको दाबी >> डडेलधुराबाट काठमाडौँ जादैँ गरेको बस दाङमा दुर्घटना हुँदा २२ जना घाइते  >> उम्मेदवार सिफारिसप्रति असहमति जनाउँदै काँग्रेस सल्यानको असन्तुष्ट पक्ष प्रदेश र केन्द्र जाने तयारीमा  >> रवि र छविको मुद्दा ४ नम्बर इजलासमा >> बालविवाह जस्ता कुप्रथा रोकथाममा शिक्षाको भूमिकाबारे अन्तरक्रिया  >> एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी र विराटनगर भिड्दै >> आउँदो निर्वाचनका उम्मेदवार कस्ता ? >> काला पहाड बन्दै पर्वत, संरक्षणमा चुनौती  >> केरामा आस मार्दै गहुँ खेतीमा फर्किए किसान >> जाँचबुझ आयोगले बोलायो पूर्वआईजीपी खापुङ र सचिव दुवाडी, आज बयान >> पर्वत समाज कतारको २३औँ वार्षिकोत्सव तथा साधारण सभाको तयारी पूरा >> एनएमबि बैंकद्वारा बुटवल कालिका क्याम्पसलाई आर्थिक सहयोग >> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द

विवाहको उमेरहद २० वर्ष यथावत राख्न माग

८ माघ २०८१, मंगलवार
८ माघ २०८१, मंगलवार

दाङ, ८ माघ ।

प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समिति अन्तर्गत गठित उपसमितिले विवाहको उमेरहद १८ वर्षमा झार्न दिएको सुझावको विभिन्न संघसंस्था तथा अधिकारकर्मीले विरोध जनाएका छन् ।

प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समिति अन्तर्गत गठन भएको उपसमितिको माघ २ गते बसेको बैठकले नेपालमा विवाहको कानूनी उमेरलाई २० वर्षबाट घटाएर १८ वर्ष बनाउने प्रस्ताव अघि सारेको विषयले लुम्बिनी प्रदेशभित्र बालविवाह न्यूनीकरणका लागि क्रियाशील संस्थाहरूले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

उपसमितिले विवाहको उमेर हद १८ वर्षमा झार्न सुझाव दिएको विषयमा विभिन्न पाँच वटा संघसंस्थाले ध्यानाकर्षण भएको जनाउँदै विवाहको उमेर हद २० वर्ष नै कायम राख्न पनि माग समेत गरेका छन् । विज्ञप्ति जारी गर्नेहरुमा मुक्त कमलरी विकास मञ्च दाङ, दलित महिला उत्थान संघ बर्दिया, फातिमा फाउन्डेसन बाँके, सोईया महिला स्वावलम्बी संस्था रुपन्देही र सिर्जनशील संस्था रुपन्देही रहेका छन् ।

ती संघसंस्थाहरुले विज्ञप्तिमार्फत नेपालको मुलुकी देवानी संहिता, २०७४ मा विवाहको न्यूनतम उमेर पुरुष र महिलाका लागि समान रूपमा २० वर्ष तोकेको हुँदा २० वर्षभन्दा कम उमेरमा विवाह गर्नेलाई कानुनले गैरकानूनी ठहर गरेको र त्यसलाई अपराध मान्दै कारबाहीको प्रावधान राखेको स्मरणसमेत गराएका छन् ।

यसैगरी, बाल विवाहसम्बन्धी कानुन तय गर्ने क्रममा भएका अध्ययन, अनुसन्धान र तथ्यांकहरूले किशोर–किशोरीको मानसिक, मनोसामाजिक, यौन तथा प्रजनन स्वास्थ्य, शारीरिक विकास र सामाजिक संरचनाको सन्तुलित विकासका लागि नेपालमा विवाहको उपयुक्त उमेर २० वर्ष नै रहेको तथ्य बारे पनि ती संघसंस्थाले उल्लेख गरेका छन् ।

बालविवाह न्युनीकरणका लागि सरकार स्वयंम र विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय संघ संस्थाहरूले आजसम्म गरेका योगदानहरू स्वरूप, किशोर किशोरीहरुको जीवनमा आएको आमुल परिवर्तनलाई मध्यनजर गर्दै, विवाहको कानूनी उमेर २० वर्ष नै कायम राख्न र विवाहको उमेर हद घटाउने प्रस्ताव खारेज गर्न उनीहरुले माग गरेका छन् ।

साथै, बालविवाह न्यूनीकरणका लागि समुदायदेखि सरोकारवालालाई किशोरकिशोरी लक्षित यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी व्यापक जागरण कार्यक्रम गर्न र प्रभावकारी नीति तथा कार्यक्रम सञ्चालन गर्न राज्यका सबै संरचनालाई समन्वयात्मक रूपमा काम गर्न विशेष आग्रह समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?