© २०२३
गुल्मी, ०७ माघ ।
छ दिनसम्म सञ्चालन भएको रिडी मेलामा यस पटक घरेलु उत्पादनका सामग्रीहरूको राम्रो व्यापार भएको छ । गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगम स्थल रुरुक्षेत्रको रिडीमा माघे संङ्क्रान्तिको अवसरमा यहाँ घरेलु उत्पादनका सामग्रीहरू किनमेल गर्न आउने मानिसहरूको यसपटक पनि उत्तिकै घुइँचो लागेको थियो ।
कतिपय ठाउँहरूबाट रिडी मेलामा पैदलै हिँडेर पनि टाढाटाढाबाट व्यापारीहरू यहाँ आइपुगेका देखिन्थे । हजारौं मानिसहरूको उपस्थिति हुने मेलामा राडीपाखी, डोको, डालो, सुपा, काम्ला लगायतका वस्तुहरूको राम्रो व्यापार हुने गर्दछ । त्यसका अतिरिक्त काठबाट कुँदेर बनाएका ठेका, आरी, ओखरका घाँजी, गुड र चाकु किन्नेहरूको पनि उत्तिकै भीड लागेको थियो ।
बिशेषगरी रिडी मेलामा बाग्लुङ्को ढोरपाटनदेखि रोल्पा, पूर्वी रुकुम र जुम्लादेखि मानिसहरू राडीपाखी, काम्लो ओखरका घाँजी बोकेर व्यापारका लागि वर्षेनी आउने गरेका छन । यस पटक पनि उनीहरूले यो व्यावसायलाई निरन्तरता दिएको स्थानीय सुन्दर कशजुले बताएका छन । ‘उनीहरू मेलामा सधै आआफ्ना समुहहरू बनाएर आउने र एक सातासम्म बसेर आफूले बोकेर ल्याएको सबै सामान बिक्री गरेरमा मात्र फर्कने गर्दछन’ उनले भने ।
बर्ष दिनसम्म आफूले उत्पादन गरेका सामग्रीहरू सङ्कलन गरेर रिडी मेलामा ल्याउने र उक्त सामग्रीहरू बिक्रि गरेर घर खर्च चलाउने गरेको पुर्बी रुकुमबाट रिडी आएका ५५ वर्षीय मानबहादुर बिकले बताए । बिगत वर्षहरूमा भन्दा यसपटकको मेलामा राम्रो व्यापार भएको उनको भनाइ छ । मेलामा गिठीको काठबाट कुँदेका ठेका, फलामजन्य सामग्रीहरू हँसिया, कोदालो, खुकुरी, बञ्चरो लगायतका सामग्रीहरूको पनि यसपटक राम्रो व्यापार भएको बताइएको छ ।
बाग्लुङ्को जलजलादेखि ल्याएका निगालो र बासवाट बुनेका डोका, नाम्ला, सुपा र डाला किन्नेहरूको पनि उत्तिकै भीड लागेको थियो । ग्रामिण क्षेत्रमा यी वस्तुहरूको उपयोग बढी हुने भएका कारण मानिसहरू यस्ता बस्तु खरिद गर्नका लागि रिडी मेलामा आउने गर्दछन । पछिल्लो समयमा बजारमा आएका तयारी बस्तुहरूले पुराना हस्तकलाका सामग्रीहरूको बिक्रि कम हुँदै जान थालेको व्यापारका लागि रिडी आईपुगेकी रुकुमकी मनकली श्रीपालीले बताईन । हातबाट बुनेका कम्मल, काम्लो र राडीपाखीहरूको मूल्य केही महङ्गो भए पनि लामो समयसम्म टिकाउ र न्यानो हुने उनको भनाइ छ ।
यस्ता प्रकारका सामग्री खरिद गर्नेहरूमा अधिकांस पाका पुस्ताका मानिसहरू बढी देखिने गरेका छन् । घरेलु उत्पादित हस्तकलाका सामको बिशेषता र महत्व बुझेका मानिसहरूले यस्ता बस्तुहरू खोजीखोजी किनेर लैजाने गर्दछन । रिडी मेलामा रुरुक्षेत्रको दर्शनसँगै घरेलु सामग्रिहरू खरिद गर्नका लागि बुटवल, पोखरा, दाङ, नवलपरासी, चितवन र काठमाण्डौदेखि मानिसहरू आउने गर्दछन । उद्योग वाणिज्य संघ रिडी शाखा, रुरु फ्रेन्डस क्लब र फ्रेन्डस क्लब रिडीको संयुक्त आयोजनामा रुरुक्षेत्रमा माघ एक गतेदेखि छ दिनसम्म धार्मिक एवं साँस्कृतिक कार्यक्रम सहित रिडी मेलाको आयोजना गरिएको थियो ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी