आजको कारोबारमा फाइनान्स सेक्टरमा ठूलो गिरावट आए पनि अन्य विभिन्न क्षेत्रहरूमा वृद्धि भएको छ। हाइड्रोपावर, लगानी, जीवन बीमा, उत्पादन, लघुवित्त, निर्जीवन बीमा, बैंक, विकास बैंक र अन्य सेक्टरमा वृद्धि भएको छ भने होटल तथा पर्यटन र म्युचुअल फण्डमा गिरावट आएको छ।
आइतबार १ सय ७१ कम्पनीको सेयर मूल्य बढेको छ भने ६८ कम्पनीको घटेको छ। चार कम्पनीका सेयर मूल्य भने स्थिर रहेका छन्।
नेप्सेका अनुसार आइतबार कुल १ करोड २९ लाख ८२ हजार ६ सय १९ कित्ता सेयर खरिद-बिक्री भएको छ, जसको कुल कारोबार रकम ६ अर्ब २५ करोड ७२ लाख ३५ हजार ६ सय २४ रुपैयाँ पुगेको छ।
आज बोटलर्स नेपाल बालाजुको सेयर १० प्रतिशतले वृद्धि भएको छ। यसका अतिरिक्त, विन नेपाल लघुवित्त, सामलिङ पावर कम्पनी, नेपाल रिपब्लिक मिडिया र एनएमबी डिबेन्चरको पनि मूल्य क्रमशः ९.०९%, ७.४६%, ७.३७% र ७.३५% ले वृद्धि भएको छ।
त्यस्तै, सबैभन्दा धेरै घटेको सेयर सुपरमादी हाइड्रोपावरको १० प्रतिशतले घटेको छ। एनआईसी एसिया सेलेक्ट फन्ड, रिभर फल्स पावर, ११ प्रतिशत केबीएल डिबेन्चर र अपर हेवाखोला हाइड्रोपावरको पनि क्रमशः ६.९३%, ६.४५%, ५.२५% र ४.४२% ले मूल्य घटेको छ।
आइतबार सबैभन्दा धेरै कारोबार भएको सेयर एनआरएन इन्फ्रास्ट्रक्चरको भएको छ, जसको कुल कारोबार २६ करोड ८५ लाख रुपैयाँ पुगेको छ। त्यसपछि सुपर मादी हाइड्रोपावरको २४ करोड ४५ लाख र सानिमा मिडिल तमोर हाइड्रोपावरको १५ करोड १५ लाखको कारोबार भएको छ।