ट्रेंडिंग:

>> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी

सम्बोधन भएन दूध किसानको पीडा

४ माघ २०८१, शुक्रबार
४ माघ २०८१, शुक्रबार

भारतबाट तरकारी मात्रै होइन, दूध समेत निर्वाधरूपमा आउँदा नेपाली किसान मारमा पर्नुपरेको छ । भारतबाट आउने खुला दूध नेपालको भन्दा सस्तोमा पाईने भएकोले नेपाली दुग्ध उत्पादक किसानहरूले उत्पादन गरेको दूध विक्री नभएको किसानहरूको गुनासो छ । नेपाल भारत खुला सिमाका कारण भारतबाट सस्तो दूध बुटवल लगायतका बजारमा आउँदा आफूहरूले उत्पादन गरेको दूध विक्री तथा बजारीकरणमा समस्या भएको किसानहरूको गुनासो छ । किसानहरूले धेरै बर्षदेखि यो समस्या भोग्दै आएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन तर सरकार भने किसानको समस्याप्रति बेखबर छ । आफूहरूले गुणस्तरयुक्त दूध बजारमा विक्रीका लागि पठाएपनि उपभोक्ताले दूधको गुणस्तर चिन्न नसक्ने लगायतका कारण रूपन्देहीको सैनामैना क्षेत्रका दूध उत्पादक किसानलाई मर्का परेको किसानहरूको गुनासो छ । सालझण्डी क्षेत्रका किसानले यो समस्या सम्बोधनका लागि प्रदेशको कृषि मन्त्रालयदेखि संघीय मन्त्रीसम्मको ध्यानाकर्षण गराएका हुन तर समस्या समाधानमा कुनैपनि सरकारको ध्यान पुगेको छैन । भारतबाट आउने सस्तो गुणस्तर नभएको दूध बजारमा आउँदा नेपाली दूध उत्पादक किसान मर्कामा परेको अवस्था एकातिर छ भने अर्कोतर्फ त्यही कारण नेपाली किसान बिस्थापित हुनुपर्ने देखिएको छ । किसानले उत्पादन गर्ने दूध बजारमा धेरै जाने तर विक्री नहुने अवस्थामा किसानको रोजीरोटीमै समस्या पर्ने अवस्था छ । दूध उत्पादक किसानहरूले किसानको समस्या बर्षौंदेखि यथावत रहेको बताउँदै अहिलेसम्म कुनैपनि सरकारले सुनुवाई नगरेको गुनासो गरेका छन । किसानलाई राज्यले हेला गर्दा नेपाल बाहिरको दूधले बजार लिने अवस्था समेत उत्पन्न हुनु चिन्ताको कुरा हो । सरकारले किसानलाई प्रोत्साहन दिने नीति ल्याउनुपर्ने हो । उल्टो प्रदेश सरकारले यसअघि लिटरमा दुई रूपैयाँ दिदै आएको अनुदान पनि रोकेको छ । यसबाट किसानहरू निरास बन्नुपर्ने अवस्था छ ।
दुग्ध उत्पादनमा जोडिएका धेरै किसानले एउटै समस्या भोग्दै आएका छन् । एकातिर दूधको उत्पादन लागत बढ्दै गएको छ भने अर्कोतर्फ मूल्य नपाउने समस्यासंगै दानाको मूल्यमा बृद्धि हँुदा लागत उठाउन समेत मुस्किल पर्ने अवस्था देखिएको छ । दूध उत्पादक किसानलाई कुनैपनि खालको प्रोत्साहन नदिनु भनेको सरकारले कृषकलाई विस्थापित गराउने प्रयास हो भन्ने भन्दा अतिसयोक्ति हुँदैन । उत्पादन लागत बढ्दै गएको, पशु विमा गरेपनि बिमाको एक बर्षसम्म भुक्तानी नपाएको, प्रदेश र पालिकाले दिने अनुदान समेत रोकिएको अवस्थाले रूपन्देहीका दुग्ध उत्पादक किसान मारमा परेका छन् । किसानको समस्या सम्बोधन गर्नेतर्फ सरकारको ध्यान गएन भने दूध उत्पादक किसानले उही बिकल्प बैदेशिक यात्रा तय गर्नुपर्ने अवस्था आउनेछ । सरकारले नै त्यो अवस्था ल्याउने प्रयास गरिरहेको छ । करिब ७० प्रतिशत नेपाली कृषि पेसामा आश्रित रहेका छन । तर, सरकार किसानको पीडामा कहिल्यैपनि सहयात्री बन्न सकेन् । त्यसमाथि पछिल्लोसमय दूध किसानको समस्या सम्बोधनमा सरकारले कुनैपनि प्रकारको पहल गरेको छैन् । संघीय सरकारले मात्रै होइन, प्रदेश सरकारले समेत दूध किसानको समस्या सम्बोधनमा वेवास्ता गरिरहेका छन । किसानहरूले धेरैपटक मन्त्रीलाई समस्या समाधानका लागि ध्यानाकर्षण पनि गराएका छन तर मन्त्रीको आश्वासनमात्रै आउँछ, किसानको अवस्था ज्यूँका त्यूँ छ । पछिल्लोसमय रूपन्देहीका किसानलाई भारतबाट दूध आउँदा धेरै नै समस्या परेको छ । परिक्षण विना गुणस्तरहीन दूध आउँदा एकातिर मानिसको स्वास्थ्यमा असर पर्ने अवस्था छ । रूपन्देहीका किसानहरूले विद्यमान अवस्थाप्रति सजग रहन र भारतीय दूध विना परिक्षण बजारमा विक्री नगर्न नगराउन स्थानीय पालिकाहरूलाई पनि सुझाव दिएका छन तर किसानहरूको सुझाव टोकरीमा फाल्ने गरिएको छ । मानौं किसानको समस्या सुन्ने र त्यस अनुरूप अघि बढ्ने फुर्सदसम्म पालिकाहरूलाई छैन् । अवपनि किसानको समस्या सम्बोधनमा ध्यान नदिने हो भने किसानहरू विस्थापित हुन बाध्य हुनेछन् । तसर्थ सरकारले किसानका समस्या सम्बोधनमा ढिलाई नगरोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?