Butwal Today

सानिमा बैंकले ४९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

३ माघ २०८१, बिहीबार
अ+
अ-

काठमाडौं ।

सानिमा बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ४९ हजार ५० कित्ता सेयर बिक्रीमा ल्याएको छ। यस सेयर बिक्रीमा विद्यमान संस्थापक सेयरधनीहरूका साथै अन्य व्यक्ति र संस्थाले पनि आवेदन दिन सक्नेछन्।

सेयर खरिदका लागि आवेदन दिने म्याद १५ दिनको रहेको छ, र इच्छुक लगानीकर्ताले तोकिएको समयसीमा भित्र काठमाडौंको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा आवेदन पेस गर्नुपर्नेछ।

यस सेयरको न्यूनतम मूल्य १४५ रुपैयाँ तोकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?