© २०२३
नवलपरासी, २४ कातिक ।
जिल्ला अदालतबाट विभिन्न कसुरमा दण्ड जरिवाना फैसला भइ फरार रहेका एउटै वडाका ८ जना अभियुतmलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालतलाई बुझाएको छ । सुस्ता गाउँपालिकास्थित प्रहरी चौकी कुडियाका प्रहरी सहायक निरीक्षक राजाराम यादवको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरी अदालतलाई बुझाएको हो ।
पक्राउ पर्नेमा सुस्ता २ का ४५ बर्षीय छेदी थारुलाई चोरी मुद्दामा ४ बर्ष १६ दिन कैद सजाय भएका अभियुतm हुन् भने बाँकी सोही वडा नं. २ कै हदालत मिया, तसिबुन निसा, सहिम मिया, चन्द्रभान दुसाद, जलालुदिन मिया, मैनुदिन मिया र नन्दलाल तेली रहेका छन् । यी सात जना अभियुतm गाली बेइज्जती मुद्दामा रु.१ सयका दरले जरिवानामा परेका र ६० बर्षदेखि ६५ बर्ष भित्रका अभियुक्तहरु रहेको जिल्ला प्रहरी प्रवतmा भोजराज पाण्डेयले जानकारी गराका छन् ।