© २०२३
नवलपरासी, २४ कातिक ।
जिल्लाको सरावल गाउपालिका १ खोखरपुरामा मानसिक सन्तुलन गुमाएकी एक महिलाको गाउँपालिकाले उद्दार गरी मानव सेवा आश्रमलाई हस्तानान्तरण गरेको छ । इस्लामपुरघर बताउँदै आएकी उतm अन्दाजी ३५ बर्षीय महिलालाई सस्थासँग समन्वय गरेर गाउपालिकाले उद्दार गरेको हो ।
स्थानीयबासीले अलपत्र अस्थामा रहेकी महिलाको अवस्थाबारे जानकारी गराएपछि गाउँपालिकाको पहलमा मानव सेवा आश्रम बुटवलको जिम्मा लगाइएको गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले जानकारी गराए । मानसिक संतुलन गुमाएकी महिलाको पहिलो स्वास्थ्य उपचार गर्ने आवश्यकता महशुस गरेर सो क्षेत्रमा काम गर्दै आएको सस्थासँग समन्वय गरिएको अध्यक्ष चौधरीले बताए । उपचारपछि आवश्यक थप सेवाका लागि गाउँपालिकाले समेत पहल गर्ने उनको भनाई थियो । गाउँपाािलकाले गाउँपालिका भित्र सबै भन्दा पहिला मानविय सेवालाई नै प्राथमिकतामा राखेर काम गर्दै आएको जनाएको छ ।