© २०२३
बुटवल, २८ पुस । ज्यालादारी मजदुरहरुलाई आईतबार बुटवलमा न्यानो कपडा वितरण गरिएको छ । कक्षपति बिल्डर्स प्रालि, काठमाडौं र भगवती कन्सट्रक्सन प्रालिको सहयोगमा रोटरी क्लब अफ बुटवल डाउनटाउनमार्फत सामाजिक उत्तरदायित्व अन्तरगत न्यानो कपडा वितरण गरिएको हो ।
एक समारोहका बिच नेपाल निर्माण ब्यवसायी संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष नवराज श्रेष्ठ, सुन्दरनगर खानेपानी तथा उपभोक्ता संस्थाका अध्यक्ष बिरमान लामा, रोटरी क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष शिव ज्ञवाली, प्रालिका जबिन कक्षपति, निर्माण ब्यवसायी दिपक खड्गी, समाजसेवी राजकुमार भट्टराईले बुटवल ८ मा काम गरिरहेका ३ दर्जन बढी मजदुरहरुलाई कपडा हस्तान्तरण गरे ।
कार्यक्रममा प्रालिका जबिन कक्षपतिले हरेक ब्यक्ति समाजमा ब्यवसायसंगै सामाजिक उत्तरदायित्वमा अग्रसर हुन जरुरी रहेको भन्दै देशभित्र दक्ष कामदारको अभाव ठुलो संकटका रुपमा देखिएको बताए ।
कार्यक्रममा संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष नवराज श्रेष्ठले देश विकाससंग जोडिएको महत्वपुर्ण पाटोका रुपमा निर्माण क्षेत्रमा कार्यरत मजदुरहरुलाई उचित ज्यालासंगै सहयोगको खाचो रहेको बताए । सबै ब्यवसायीहरु यसरी नै सामाजिक क्षेत्रमा समेत अग्रसर रहन समेत उनले सुझाव दिए ।