ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

पानीको स्रोतलाई संरक्षण गर्नुपर्ने

२७ पुष २०८१, शनिबार
२७ पुष २०८१, शनिबार

दाङ, २७ पुस ।

घोराही उपमहानगरपालिका –१५ भरतपुरमा रहेको भरतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको २२ औं बार्षिक साधारणसभाका सहभागिले पानीको स्रोतलाई संरक्षण गर्नुपर्ने बताएका छन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङका प्रमुख तिलक न्यौपानेले पानीको स्रोतलाई संरक्षण गर्नुपर्ने बताएका छन् उनले पानीको मुहान दिनदिनै सुक्दै गएकाले केही समयपछि न त मुहान भेटिन्छन् न त बोरिङ भेटिएलान त्यसैले पानी जोगाउन आबश्यक रहेको बताए । पानीको स्रोत संरक्षण गर्न सबै लाग्नुपर्ने पर्छ उनले भने ।

न्यौपानेले सरकारले खानेपानीमा कर असुल्ने काम बन्द गर्नुपर्ने धाराणा राखेका छन् । उपभोक्तालाई सेवा दिने संस्थालाई कर छुट दिनुको साटो करको दायरा बढाउनु राम्रो कुरा नभएको उनको भनाइ छ । उपभोक्ताले खाएको पानीमा कर लगाउनु सरकारले ब्यापार गरे जस्तो हुने बताए । यो विषयमा सरकारलाई ध्यानाकषर्ण गर्नुपर्ने उनको भनाइ छ । उनले खानेपानीले काम गर्दा टेलीफोन, विद्युत, सडक,ढल र खानेपानी कार्यालयका बिचमा समन्वय गरेर काम गर्न सुझाव दिए । खानेपानीले पाइप बिच्याएको ठाउँमा अन्य कार्यालयले बिकासका नाममा सडक खनेर पानीका पाइप काट्नेगरेका कारण उपभोक्ता मारमा पर्ने गरेको बताए । पानीमा ढल पसेर पानी दुसित हुने गरेको बताए ।

कार्यक्रममा घोराही खानेपानी उपभोक्ता समितिका वरिष्ठ उपाध्यक्ष भरतमणि पाण्डेले भरतपुर खानेपानीले राम्रो काम गरेको र अन्य खानेपानी संस्थासंग समन्वय गर्नुपर्ने बताए । उपभोक्ता नारायण तर्तालले साधारणसभामा अघिल्लो बर्षको तथ्यगत विवरण र आगामी योजनाको खोजी गर्ने काम हुने गरेको बताए । धारामा पानी निरन्तर आउने गरेको र यसलाई निरन्तरता दिन आग्रह गरे ।

संस्थाका सचिव एकेन्द्रबहादुर रानाले सचिवको प्रतिबेदन पेस गरेका थिए । घोराही उपमहानगरपालिको अनुदान सहयोगबाट कटुवा खोला रानी जरुवानेर मुहान संरक्षण कार्य सम्पन्न भएको जानकारी दिए । त्यसैगरी खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङको सहयोगमा घोराही १७ कटुवाखोलाको किरीकुलानेर नयाँ डिपबोरिङ निमार्ण कार्य सम्पन्न जानकारी दिए । उनले आगामी वर्षको कार्ययोजनामा खानेपानीका मोटर तथा प्यानलहरुको सुरक्षा तथा संचालनका लागि अटोमेटिक सेन्सर जडान गर्ने,कलेक्सन वेल तथा पम्म हाउससम्म मोटर पुराउन सिडि निमार्ण गर्ने र पानीको गुणस्तर परिक्षण गर्नका लागि प्रयोगशाला निमार्ण गर्ने जानकारी दिए ।

संस्थाका कोषाध्यक्ष डोमाकान्त अधिकारीले आर्थिक बर्ष २०८०र०८१ को आय ब्यय प्रस्तुत गरेका थिए । १करोड ६१ लाख २३ हजार १ सय ७७ रुपैया वरावरको आयव्यय प्रस्तुत गरेका थिए । संस्थाले आर्थिक बर्ष २०८० ÷०८१ मा ६४ लाख ९० हजार १९ रुपैया ३५ पैसा बचत गर्न सफल भएको जानकारी दिए ।

संस्थाका अध्यक्ष शंकर गौतमले संस्थालाई अगाडि बढाउन प्रत्यक्ष तथा अप्रतक्ष्य रुपमा सहयोग पुराउनेप्रति धन्यवाद दिदै हाल दैनिक ६ घण्टा पानी दिदै आएकोमा नयाँ डिप बोरिङ संचालन गरि गर्मीमा समेत दैनिक ६ घण्टा पानी बितरण गर्ने बताए । न्युनतम महसुल १५० लिदै आएकोमा १० रुपैया घटाइ १४० रुपैया लिने गरेको जानकारी दिए । संस्थाले १४ लाख रुपैया आए कर तिरेको जानकारी गराउदै उनले यो धेरै भएको बताए । खानेपानी संस्थाहरु नाफा रहित सेवामुलक संस्था भएकाले राज्यले संस्थाहरुबाट आएकर छुटको व्यवस्था मिलाइदिए उपभोक्ताहरुलाई सहज हुन आग्रह गरे । सबै आ आफ्नो तर्फबाट खवरदारी गर्न आग्रह गरे । साधारण सभामा सचिव र कोषाध्यक्षको प्रतिबेदन पारित गरिएको छ ।

कार्यक्रममा तीनजना पत्रकारलाई सम्मान गरिएको छ । दाङमा बसेर खानेपानीको क्षेत्रमा कलम चलाएकोमा बुटबल टुडेकर्मी पत्रकार रञ्जिता अधिकारी, हेमराज शर्मा र गोबिन्द खड्कालाई नगद सहित सम्मान गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?