© २०२३
बुटवल, २४ पुस । विभागिय टिमहरु नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ मा उपाधिको लागि भिड्ने भएका छन । मंगलबार भएको पहिलो सेमीफाईनल खेलमा नेपाल पुलिस क्लबले भारतको गुजरात भलिबल क्लब र बुधबार भएको दोस्रो सेमीफाईनल खेलमा त्रिभुवन आर्मी क्लबले बुटवलको मणिमुकुन्द भलिबल क्लबलाई पाखा लगाउदै उपाधि दाबेदारी पेश गरेका हुन । आर्मीले मणिमुकुन्दलाई २५–१८, २५–१३ र २५–१९ को सोझो सेटमा पराजित गरेको हो ।
प्रतियोगितामा नेपाल र भारतका ८ टिमको सहभागीता रहेका थिए । समुह ‘ए’ मा नेपाल पुलिस प्रहरी, मणिमुकुन्द भलिवल क्लब, रुकुम पश्चिम भलिवल प्रशिक्षण केन्द्र र मदन भण्डारी एकेडेमी रहेका छन् भने समुह ‘बि’ मा नेपाल एपिएफ क्लब, नेपाल आर्मी, गल्कोट भलिवल क्लब, र गुजरात प्रदेश भलिवल एशोसियसन, भारत रहेका थिए ।
बिहीबार बिहान गुजरात र मणिमुकुन्दबिच तेस्रो स्थानको खेल हुनेछ भने दिउँसो १ बजे फाईनल खेल हुने आयोजक मदन भण्डारी स्पोट्र्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले बताए । प्रतियोगितामा विजेताले ७ लाख रुपैया, रनिङ शिल्ड, उपविजेताले नगद ३ लाख ५० हजार, तेस्रोले १ लाख ७५ हजार र चौथो हुने टोलीले १ लाख रुपैयाँ नगद पाउनेछ ।