© २०२३
दाङ, २४ पुस ।
प्रधानमन्त्री कप लुम्बिनी प्रदेश स्तरीय महिला छनोट टी–२० क्रिकेट प्रतियोगिता दाङको लमहीमा हुने भएको छ । लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजनामा यही पुस २५ गतेदेखि २९ गतेसम्म दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुन लागेको हो ।
प्रतियोगितामा लुम्बिनीका ६ जिल्लाका महिला क्रिकेट खेलाडीको सहभागीतामा टी–२० छनोट प्रतियोगिता हुँदै छ । दुई समुहमा विभाजन गरी खेलाईने प्रतियोगिताको उद्घाटन खेलमा पुस २५ गते बिहान दाङ र पाल्पाबीच प्रतिष्पर्धा हुने लुम्बिनी प्रदेश क्रिकेट संघका सचिव एवम् छनोट प्रतियोगिता संयोजक कैलाश रोका मगरले जानकारी दिए । उनका अनुसार, उक्त दिन दिउँसो नवलपरासी र बर्दिया बीच खेल हुनेछ । पुस २६ गते बाँके र पाल्पा बीच खेल हुँदा दिउँसो नवलपरासी र रुपन्देही बीच खेल हुने छ । यसैगरी, पुस २७ गते दाङ र बाँके बीच बिहान खेल हुँदा दिउँसो रुपन्देही र बर्दिया बीच खेल हुने सचिव रोका मगरले जानकारी दिए । यसैगरी पुस २८ गते समुह ए को विजेता र समुह बी को उपविजेता बीच बिहान पहिलो सेमिफाईनलको खेल हुनेछ भने दिउँसो समुह बी को विजेता र समुह ए को उपविजेता बीच दोस्रो सेमिफाईनल खेल हुनेछ । छनोट प्रतियोगिताको फाईनल खेल पुस २९ गते हुने आयोजकले जानकारी दिएका छन् ।
महिला क्रिकेट छनोट प्रतियोगितामा समुह ए मा रुपन्देही, नवलपरासी र बर्दिया रहेका छन् भने समुह बी मा दाङ, बाँके र पाल्पा रहेका छन् । प्रतियोगिताको मिति र तालिका सार्वजनिक भएसँगै क्रिकेट रंगशालामा तयारी तीव्र पारिएको छ । क्रिकेट मैदानको पीच मर्मतदेखि आवश्यक तयारी तीव्र पारिएको छ ।
क्यानको क्यालेन्डर अनुसार प्रदेश क्रिकेट संघले आयोजना गर्न लागेको छनोट प्रतियोगितामा प्राविधिक सहयोग दाङ क्रिकेट संघले गर्ने बताईएको छ । छनोट प्रतियोगिताका लागि दाङ क्रिकेट संघले केही दिन अघि सरस्वती जिएमको कप्तानीमा जिल्लाको टीम घोषणा गरेको छ । लमहीमा हुने छनोट प्रतियोगिताबाट लुम्बिनी प्रदेशको टीम घोषणा हुनेछ ।
प्रधानमन्त्री कप महिला छनोट टी–२० क्रिकेट प्रतियोगिता माघ १ देखि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुने जनाइएको छ । प्रतियोगितामा सात प्रदेश र एक विभागीय टोली एपीएफसहित ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा ८ वटै टोलीले एकअर्कासँग खेल्ने छन् र अंक तालिकामा शीर्ष चारमा रहने टोली प्लेअफ पुग्नेछन् । जसमा शीर्ष दुईमा रहने टोलीले पहिलो क्वालिफायर खेल्नेछन् । विजेता टोली सिधै फाइनल पुग्नेछन् ।।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी