ट्रेंडिंग:

>> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते >> ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो >> तिलोत्तमा व्यापार संघद्वारा शुभकामना आदानप्रदान >> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ

गाउँलाई मुकामसँग जोड्दै सरकार

१९ पुष २०८१, शुक्रबार
१९ पुष २०८१, शुक्रबार

चन्द्रौटा, १९ पुस ।
कपिलवस्तु समथर भुभाग भएपनि विकासमा पछाडि परेको तराईको जिल्ला मध्ये एक हो । जहाँ एक गाउँले अर्को गाउँलाई जोड्न पुलको आवश्यकता पर्दछ । त्यहि पुल बन्न र बनाउन पछिल्लो समय तिनै तहका सरकार कसरतमा लागेको देखिन्छ । जसको प्रभाव कपिलवस्तुमा पनि देख्न सकिन्छ । लुम्बिनी प्रदेश सरकार करौडोँ लगानी गरेर एकगाउँदेखि अर्को गाउँ हुँदै जिल्ला जोड्ने योजनाका साथ अघि बढेको छ । जिल्लामा ३६ करोड बढी लागतमा तीन वटा पक्की पुल निर्माण हुना थालेको छन् ।
यस्तै कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर–३, खरेन्द्रपुर–भितरिया सोनवागढ सडक खण्डमा पर्ने मैनार खोलमा पक्की पुल बन्ने भएपछि स्थानीय हर्षित भएको भितरिया गाउँका अगुवा सुरेश थारुले बताए । ९ करोड ४६ लाखमा पक्की पुल निर्माण हुने ठेक्का लागेर पहिलो चरणको कामको सुरुवात भएपछि स्थानीयबासी उत्साहित भएको उनले जनाए । उनले भनेः “आवतजावतमा निकै समस्या हँदै आएको थियो । झुलुंगे पुलले केहि सहज भएपनि बर्षयामको मौसममा सवारीसाधन वारपार गर्न निकै कठिनाइ हुन्थ्यो । अब भने पक्की पुल बनेपछि सहज हुने छ प्रदेश सरकारलाई धन्यवाद ।”
खरेन्द्रपुर–भितरिया सडक खण्डको मैनार खोलामा निर्माण हुना लागेको ३५ मिटर लामो र १० मिटर चौडा उक्त सडकको ठेक्का लागिसकेको छ । ११ करोड ५७ लाख लागत अनुमान रहेको पुलको ठेक्का १८ प्रतिशत कम अर्थात् ९ करोड ४६ लाखमा ठेक्का लागेको छ । गत असार २० गते निर्माण सम्झौता भएको पुलको निर्माण कार्य २०८३ असार १९ गते सक्नुपर्ने छ । बिटी निर्माण सेवा काठमाडौंले ठेक्का पाएको सडक पूर्वाधार विकास कार्यालय कपिलवस्तुले जनाएको छ ।
लुम्बिनी प्रदेश सभा सदस्य एवं वन तथा वातावरण पूर्व मन्त्री अर्जुन कुमार केसीले सोनवागढ मन्दिर लगायतका क्षेत्र ऐतिहासिक रहेकोले संरक्षण गर्न आवश्यक रहेको बताए । कपिलवस्तु समथर ठाउँ पनि ओझेमा परेसँगै एक गाउँबाट अर्को गाउँ जोडन समेत असहज भएको हुनाले प्राथमिकतामा राखेको उनले जनाए । उनले भने– “करिब एक हजार बढी ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थलको संरक्षण गर्न स्थानीय आदिवासीलाई रोजगारीको पाटोसँग जोडन् पुल निर्माणको योजना ल्याइएको हो ।”
यस्तै अर्को ठूलो पुल विजयनगर गाउँपालिका–२ स्थित पडरिया–धर्मनगर सडक खण्डको चिरई खोलामा बनाउन थालिएको छ । १ सय ५ मिटर लामो उक्त पुल १० मिटर चौडा छ । १७ करोड ५३ लाख लागत अनुमान रहेको पुल २० प्रतिशत कम अर्थात् १४ करोड ९४ लाख ठेक्का लागेको हो । गत असार २० गते ठेक्का सम्झौता भएको पुल ०८३ पुस १९ भित्र (३० महिनामा) निर्माण भइसक्नुपर्ने छ । बिटी निर्माण सेवा काठमाडौंले ठेक्का पाएको यो पुलको निर्माण सुरु गर्न तयारी थालिएको छ ।
गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले आफैमा पछाडि परेको गाउँपालिका विजयनगर गाउँपालिका रहेको बताए । उनले भने, “मानव विकास सुचाङ्कमा पछाडि परेको भएपनि स्थानीय तहको विकाससँगै विजयनगर गाउँपालिका पनि यो पुल निर्माण भइरहेको छ । प्रदेश सरकारको सहयोगमा गुगौली घाटमा पक्की पुल निर्माण हुँदैछ । जसले हजारौँ जनताहरूलाई विद्यालय, बजार, अस्पताल लगायत आवतजावतको हिसावले सुबिधा हुनेछ ।”
यसैगरी वाणगंगा नगरपालिका वडा नम्बर–९, कोइली खोला (ख) मा पनि पुल निर्माण थालिएको छ । झण्डा–बनगाई–मोतीपुर–डोहोटे सडक खण्डअन्तर्गत कपिलधाम नजिक पुल धमाधम निर्माण भइरहेको छ । गत असार २० गते सम्झौता भई काम सुरु भएर २०-२० मिटर गहिरा ४५ वटा पाइल गर्ने काम सकिन थालेको छ । पुल ७० मिटर लामो र १० मिटर चौडा रहेको छ ।
११ करोड ४९ लाख लागत अनुमान रहेको पुल २१ प्रतिशत कम अर्थात् ९ करोड ३ लाखमा ठेक्का लागेको हो । रूपन्देहीस्थित बुटवलमा रहेको श्रेष्ठ एनबी जेभीले ठेक्का लिएर काम गरिरहेको छ । २०८३ असार १९ सम्म निर्माण पूरा गरिसक्नु पर्नेछ । यो बाटो अन्र्तगत कपिलवस्तुमा निर्माण हुने पुलले अर्घाखाँचीको शितगंगा नगरपालिकालाई समेत जोड्छ ।
यता सडक पूर्वाधार विकास कार्यालय कपिलवस्तुका निमित्त प्रमुख हरिप्रसाद पौडेलले शिवराज नगरपालिका, विजयनगर गाउँपालिका र बाणगंगा नगरपालिकामा गरी ३६ करोड बढी लागतमा निर्माण हुन लागेको बताए । अहिले तीन वटै स्थानमा पुल निर्माण कार्य तीब्र गतिमा भैरहेको बताउँदै उनले भने, ‘अहिलेकै गतिमा काम हुँदै गएर सम्झौताअघि नै पुल निर्माण हुनेछ ।’ कपिलवस्तुको शिवराज नगरपालिका, वाणगंगा नगरपालिका, विजयनगर गाउँपालिकामा पाइल फाउन्डेसनमा प्रि–स्ट्रेस प्रविधिमा आधारित पुल निर्माण भइरहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%